काठमाडाैं जेठ १४,
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण लगायत विषयमा छलफल गर्न नेपाल सरकार मन्त्रिपरिषद्को बैठक बसेकाे छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बसेको बैठक मुख्यत प्रधानमन्त्रीको भारत भ्रमणको एजेण्डामा केन्द्रित रहेको स्रोतले बतायो ।
प्रचण्ड बुधवारदेखि भारत भ्रमणमा जाँदैछन् । बैठकमा मन्त्रालयका अन्य नियमित एजेण्डामा समेत छलफल हुँदैछ ।
बजेट लेख्न व्यस्थ अर्थमन्त्री डा. प्रकाशशरण महत भने आइतवार मन्त्रिपरिषद् बैठकमा अनुपस्थित छन् ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार