चितवन, ९ बैशाख
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भरतपुर–२६ ले आयोजना गरेको रक्तदान कार्यक्रम सम्पन्न भएको छ । शनिबार ज्योतिनगरमा कार्यक्रम सम्पन्न भएको हो । नेपाल रेडक्रस सोसाइटी दिव्यनगर उपशाखाको प्राविधिक सहयोगमा कार्यक्रम गरिएको रास्वपा भरतपुर २६ का सभापति नारायणप्रसाद ढकालले जानकारी दिए ।
रास्वपा भरतपुर २६ ले नयाँ वर्ष २०८१ को शुभकामना आदानप्रदान कार्यक्रमको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेको हो । प्रमुखअतिथि पार्टीको केन्द्रिय सदस्य सबिना बिक रहेको रक्तदान कार्यक्रममा ५१ जनाले रक्तदान गरे। कार्यक्रम ईश्वरीराज निर्दोषीले सञ्चालन गरेका थिए ।
कार्यक्रममा रास्वपा चितवनका सभापति कृष्णप्रसाद भूषाल, वडा नं–२६ का उपसभापति राजेन्द्रराज सुवेदी, नेपाली कांग्रेसका वडा कमिटीका सभापति पुरूषोत्तम कमल ढकाल, एमाले भरतपुर–२६ की अध्यक्ष नवलक्ष्मी श्रेष्ठ, माओवादी केन्द्रका भरतपुर–२६ का अध्यक्ष गोपीलाल सेञ्चुरी, नेपाल रेडक्रस सोसाइटी दिव्यनगर उपशाखाका सभापति जीवाखर ढकाललगायतको उपस्थिति रहेको थियो ।
त्यस्तैगरि पार्टीका विभिन्न कमिटीका पदाधिकारी, पार्टीका शुभेच्छुक र सर्वसाधारणको समेत उपस्थिति रहेको थियो ।