गोरखा, १० वैशाख
गोरखामा एक पुरुषको मलद्वारभित्र अड्किएको बोतल निकालिएको छ । गोरखा नगरपालिका-३, नारेश्वरका ५७ वर्षीय पुरुषको मलद्वारमा एक महिनादेखि अड्किएको बोतल शल्यक्रिया गरि निकालिएको हो । उनको आइतबार बिहान शल्यक्रिया गरिएको हो ।
स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार परीक्षणको क्रममा दूरबिनबाट हेर्दा आन्द्राको अन्य भागमा सङ्क्रमण फैलिएको नदेखिएपछि करिब तीन घण्टा लगाएर शल्यक्रिया गरिएको हो । शल्यक्रिया पश्चात् बिरामीको मलद्वारबाट ७५ सेन्टिमिटरको डब्बा निकालिएको हो ।
बोतल अड्किएर ठूलो आन्द्रा अवरुद्द भएर यसको संक्रमण शरीरमा फैलिएपछि अस्पतालको इमर्जेन्सीमा भर्ना भएका थिए । एक्सरे गर्दा मलद्वारमा किटनाशक औषधिको बोतल देखिएको थियो ।
शल्यक्रियापछि बिरामीको होस आइसकेको र आईसीयू कक्षमा उपचार भैरहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।