युएई, फागुन १६-
संयुक्त अरब इमिरेट्स सरकारले नागरिकहरूलाई घरभित्रै सुरक्षित रहन विशेष अपील गरेको छ।
इरानले आबुधावीको अल दाफ्रामा रहेको अमेरिकन बेस क्यापमा आक्रमण सुरु गरेपछि सरकारले सरकारले अबुधाबी क्षेत्रमा बसोबास गर्ने नागरिकहरुलाई सुरक्षित रहन विशेष अपील गरेको हो ।
सरकारले घरबाहिर नजान, झ्याल ढोकाको नजिक नबस्न अनुरोध गर्दै मोबाइलमा चेतावनी पूर्ण सन्देश पठाइरहेको त्यहाँ रहेका नेपालीहरुले बताएका छन् । आक्रमणपछि मध्यपूर्व क्षेत्रमा तनाव थप चर्किएको छ। आक्रमणका कारण बहराइनको अवस्था नाजुक भइसकेको छ ।








