Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
शुक्रबार, बैशाख ०४, २०८३
☰
Logo शुक्रबार, बैशाख ०४, २०८३
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

बिदाको सदुपयोग गर्न चितवनमा निःशुल्क ‘सेसन ब्रेक क्याम्प २०८३’ आयोजना

शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

सप्तगण्डकी क्याम्पस र उद्योग वाणिज्य संघ चितवनबीच शैक्षिक-औद्योगिक सहकार्यको लागि सम्झौता

स्टार्स मन्टेश्वरीको १४औँ दीक्षान्त समारोहमा पूर्व मिस नेपाल माल्भिका सुब्बा आउँदै

‎बान्जाइ एजुकेसन कन्सल्टेन्सीको आयोजनामा नयाँ वर्ष २०८३ लक्षित खुल्ला नकआउट फुटसल प्रतियोगिता हुँदै

अङ्कुरम् एकेडेमीमा ‘ओपन हाउस २०८२’: विद्यार्थी र समुदायको उल्लेख्य सहभागिता

वैशाख १५ देखि नयाँ शैक्षिक सत्र सुरु गर्ने सरकारको निर्णय

सर्लाहीमा एसईई परीक्षा हलमा मोबाइलबाट चिट चोर्दै गरेका तीन परीक्षार्थी पक्राउ

मकवानपुरमा एसईईको अङ्ग्रेजी विषयको कपी जाँच सुरु

लोकप्रिय समाचार

  • १. “अहिलेको बैंकिङ क्षेत्र: चुनौती र अवसर दुवै छन् – शाखा प्रमुख सतीश महर्जन”

  • २. रवि विरुद्धको आरोपपत्र संशोधनमा जटिल कानुनी प्रश्न देखियो : सर्वोच्च अदालत

  • ३. चितवन निकुञ्जमा आर्मीले चलाएको गोली लागेर गैँडाको मृत्यु

  • ४. नेपालको कडाइपछि भारतको प्रतिक्रिया : नेपाली सवारी इन्धनविहीन, सीमावर्ती बासिन्दा मारमा

  • ५. चितवनमा राष्ट्रिय आर्थिक गणना २०८२ को स्थलगत तथ्यांक संकलन सुरु, पहिलो दिन प्रभातफेरी कार्यक्रम

  • ६. गाजामा भएको इजरायली आक्रमणमा ७ जनाको मृत्यु

  • ७. नवलपुरमा दूषित पानीका कारण गैँडा मर्ने घटनाप्रति गृहमन्त्री गुरुङको ध्यानाकर्षण

  • ८. आगलागीमा घाईतेहरुलाई उपचारका लागि हेलिकोप्टरबाट नेपालगन्ज पठाइयो

  • ९. जनतालाई तरकारीमा लाउने लसुन छैन, नेताहरूसँग सुन नै सुन: सांसद साम्पाङ

  • १०. भरतपुरको अमृतचोकमा छाला, यौन तथा कुष्ठरोग सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर

बिआइटिएम र बिएचएममा आरम्भ कलेज निरन्तर चितवन टप

चितवन, फागुन ८ –
अघिल्ला वर्षहरूमा झैँ यस वर्ष पनि आरम्भ कलेज पुनः चितवन प्रथम एवं चितवन द्वितीय हुँदै उत्कृष्ट नतिजा प्रदर्शन गर्न सफल भएको छ । शैक्षिक हबको रुपमा विकासित हुँदै गरेको चितवन जिल्लाको भरतपुरमा रहेको आरम्भ कलेजले स्थापनाको छोटो समयमा नै उत्कृष्ट नतिजा ल्याएर आफूलाई अब्बल कलेज साबित गरिरहेको छ । आरम्भ कलेजको बिएचएम (ब्याचलर अफ होटल म्यानेजमेन्ट) र बिआइटिएम (ब्याचलर अफ इन्फर्मेसन टेक्नोलोजी म्यानेजमेन्ट) तर्फ सेकेन्ड सेमेस्टर (ब्याच २०२४) का तीन जना विद्यार्थीले उत्कृष्ट नतिजा ल्याउन सफल भएका छन् ।

आरम्भ कलेजले बिआइटिएमतर्फ चितवन जिल्ला प्रथम र जिल्ला द्वितीय तथा बिएचएमतर्फ जिल्ला द्वितीय स्थान हासिल गरेको छ । बिआइटिएमकी छात्रा सेजल खड्गी ३.८४ एसजिपिए ल्याई चितवन टपर हुन सफल भएकी छन् भने छात्र सौरभ पौडेल ३.७६ एसजिपिए ल्याएर चितवन सेकेन्ड टपर भएका छन् । यसैगरी, बिएचएमका छात्र सबिन श्रेष्ठ ३.८३ एसजिपिए ल्याएर चितवन सेकेन्ड टपर भएका छन् । कलेजका प्राचार्य सुरज शिवाकोटीले आरम्भ कलेज यसअघि त्रिविको बिएचएमतर्फ नेपाल पाँचौँ, नेपाल चौथो हुँदै नेपाल तेस्रो बन्न सफल भएको जानकारी दिए ।

त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस कलेजले व्यवस्थापन संकायतर्फ ब्याचलर अफ इन्फरमेसन टेक्नोलोजी म्यानेजमेन्ट (बिआइटिएम) र ब्याचलर अफ होटेल म्यानेजमेन्ट (बिएचएम) को पढाई संचालन गरेको छ । गत वर्ष बिएचएमको पहिलो सेमेस्टरकोे परीक्षामा सबिन श्रेष्ठ ३.९८ एसजिपिएसहित चितवन जिल्ला प्रथम र त्रिवि तेस्रो भएका थिए । बिआइटिएमकी छात्रा सेजल खड्की अघिल्लो वर्ष पनि ३.८४ एसजिपिएसहित जिल्ला प्रथम भएकी थिइन् ।

कलेज स्थापनाको वर्ष पहिलो सेमेस्टरको परीक्षामा बिएचएमकी छात्रा ङवाङ बम्जन तामाङ ३.९२ एसजिपिए ल्याएर नेपाल पाँचौँ र चितवन प्रथम भएकी थिइन् । दोस्रो सेमेस्टरको परीक्षामा पनि उनले ३.९४ ल्याई नेपाल चौथो र चितवन दोस्रो भएकी थिइन् ।

उत्कृष्ट विद्यार्थीहरूको पहिलो रोजाई आरम्भ कलेज, अबको यात्रा गोल्डमेडल तिर

स्थापनाकालदेखिनै फरक शैली एवं उद्देश्यका कारण विद्यार्थी एवं अभिभावकको भर्ना एवं चासो प्रक्रिया हेर्दाखेरि पहिलो रोजाई आरम्भ भइरहेको देखिन्छ । चारवर्षे स्नातक तहको पाठ्यक्रममा आधारित बिएचएम र बिआइटिएम विषयमा वर्षका दुई सेमेस्टरका दरले कुल आठ सेमेस्टर पढाई हुने प्राचार्य शिवाकोटीले जानकारी दिए । माध्यमिक शिक्षा परीक्षा (एसइई) मा कम्तीमा डी ग्रेड (एक दशमलव आठ जिपिए) ल्याएका विद्यार्थीले १२ कक्षा सकेपछि सिम्याट परीक्षा उत्तीर्ण गरेर यस कलेजमा सहजै भर्ना हुन पाउने उनले बताए । कलेज स्थापनादेखि अहिलेसम्मको नतिजाले आफूहरु निकै उत्साहित भएको र अबको यात्रा आफ्ना विद्यार्थीलाई त्रिवि प्रथम बनाएर स्वर्णपदक दिलाउने रहेको प्राचार्य शिवाकोटीले बताए ।

उनले बिएचएमको अन्तिम वर्षका दुई वटा सेमेस्टरमा इन्टर्नसीपको व्यवस्था गरिएको र त्यस्तो इन्टर्नसीपका लागि अमेरिकामा ४३ वटा पाँचतारे होटेलसँग सहकार्य गरिरहेको कम्पनीसँग सहकार्य गरिरहेको नेपाली कम्पनीसँग आरम्भले सम्झौता गरिसकेको प्राचार्य शिवाकोटीले जानकारी दिए ।

आरम्भ कलेजको बिएचएमका विभागीय प्रमुख दीपेन्द्र सुवेदी कलेजले क्रमशः नतिजामा सुधार गर्दै त्रिवि प्रथम हुने दिशामा अगाडि बढिरहेको बताए । उनले अहिलेको नतिजाको क्रमलाई हेर्दा भावी दिनमा सहजै त्रिवि प्रथम हुने सम्भावना रहेको दाबी गरे ।

कलेजको बिआइटिएमका विभागीय प्रमुख झविलाल भुसालले कलेज स्थापनाको वर्ष, गत वर्ष र यस वर्ष बिआइटीएमका विद्यार्थीले जिल्ला प्रथम भएकाले भावी दिनमा त्रिविकै उच्च स्थानमा नतिजा ल्याउन सक्ने प्रशस्त सम्भावना रहेको बताए । उनले आरम्भ कलेजमा बिआइटीएमतर्फ त्रिविको पाठ्यक्रमका अतिरिक्त आर्टिफिसियल इन्टिेलिजेन्सी, साइबर सेक्युरिटी, मेसिन लर्निङलगायत विषयमा पढाइ भइरहेको विभागीय प्रमुख भुसालले जानकारी दिए ।

शैक्षिक नेतृत्व लिँदै आरम्भ कलेज

आरम्भ कलेजले त्रिभुवन विश्वविद्यालयबाट बिएचएमतर्फ ६६ र बिआइएमतर्फ ६६ गरी कुल १३२ जना विद्यार्थी पढाउन अनुमति पाएको छ । देशको मध्यभागमा रहेको चितवनको केन्द्र भरतपुरमा २०८० साल भदौ महिनाबाट आरम्भ कलेजले आफ्नो सेवा आरम्भ गरेको थियो । भरतपुर महानगरपालिका वडा नम्बर ११, नहरचोक नजिकै रहेको आरम्भ कलेजको स्थापना चितवनका पाँच र काठमाडौँका पाँच जना शिक्षाप्रेमीले २०७९ सालमा गरेका हुन् । कलेजको व्यवस्थापन र संचालनमा संलग्न व्यक्तिहरु दुई दशकभन्दा बढी शैक्षिक क्षेत्रमा काम गरिसकेका अनुभवी छन् । शिक्षकहरु पनि अनुभवी र ऊर्जावान छन् ।

व्यवस्थापन संकाय अन्तर्गतका बिआइटिएम र बिएचएम शैक्षिक कार्यक्रमले प्रविधि र होटल व्यवस्थापनमा विद्यार्थीहरुलाई पूर्णरुपमा योग्य, सक्षम र सफल तुल्याउने प्राचार्य शिवाकोटी बताउँछन् । उनले भने, ‘व्यावहारिक, सैद्धान्तिक र समयसापेक्ष अन्तर्राष्ट्रिय स्तरको सीप प्रक्षेपण गराई यस क्षेत्रका उद्योगहरुका लागि एक प्रमुख विकल्प बनाउने हुँदा यस संस्थाको समाजमा अलग पहिचान हुने र यसले चितवनको शैक्षिक नेतृत्व लिने कुरामा समेत हामी विश्वस्त छौँ ।’

उत्कृष्ट नतिजा, सन्तुष्ट अभिभावक

आरम्भ कलेजको परिचयलाई कलेजमा अध्ययनरत विद्यार्थीको उत्कृष्ट नतिजाले अझ फराकिलो बनाएको छ । आरम्भको यो स्तरको शैक्षिक प्राप्तिले अभिभावक पनि सन्तुष्ट छन् ।

आरम्भ कलेज सुरू भएकै वर्ष बिएचएम पहिलो सेमेस्टरको परीक्षामा कलेजकी छात्रा ङवाङ बम्जन तामाङले जिपिए ३।९२ ल्याएर जिल्ला टप गरिन् । देशैभरिमा उनले पाँचौँ स्थान हासिल गरिन् । यो प्राप्तिले आरम्भलाई उचाइमा पुर्‍याउने काम गरेको प्रिन्सिपल शिवाकोटी बताउँछन् ।

बिएचएम पहिलो सेमेस्टरमा आरम्भकी नेबिका मैनालीले जिपिए ३।९१ ल्याएर जिल्लामा दोस्रो स्थान हासिल गरिन् । उनकै ब्याचका ओजस्वी आचार्यले जिपिए ३।८१, अंगीता अधिकारीले जिपिए ३।७८, सन्ध्या गोलेले जिपिए ३।७५ र अर्सिया बानुले जिपिए ३.६९ ल्याएका छन् । यो नतिजाबाट अभिभावकहरू खुसी भएका छन् ।

सुविधासम्पन्न भवन

दस हजार वर्गफुटमा फैलिएको पाँचतले आरम्भ कलेजका सबै कक्षाकोठा पूर्ण वातानुकुलित छन् । दस हजार वर्गफुटकै अर्को भवन छ । कलेजमा सेमिनार हल, ल्याब र पुस्तकालय छन् । फुटसल, बास्केटबल र स्वीमिङ पुल निर्माणको योजना रहेको प्राचार्य शिवाकोटीले जानकारी दिए । इन्टर्नसिपका लागि स्थानीय र अन्तर्राष्ट्रिय तहमा पहल भइरहेको उनले बताए । उनले भने, ‘पढ्दै कमाउँदै भन्ने कलेजको लक्ष्य छ । अहिलेको समय सूचना प्रविधिसहितको व्यवस्थापनको हो । त्यसैले विद्यार्थीहरुसामु आरम्भ कलेज एउटा अवसरका रुपमा आएको छ ।’

आरम्भ कलेज संचालक समितिका अध्यक्ष सुरेन्द्र सुवेदी काठमाडौँ मोडल कलेजका प्राचार्यसमेत हुन् । आरम्भ कलेजले विद्यार्थीहरुलाई मनोवृत्ति, सीप र ज्ञानको सम्मिश्रणबाट शिक्षा दिने उनको दाबी छ । चितवनमा उच्चशिक्षा लिन चाहनेलाई काठमाडौँ वा विदेश जान नपरोस् भन्ने उद्देश्यले भरतपुरमा कलेज संचालनमा ल्याइएको अध्यक्ष सुवेदीले बताए । कलेजले शैक्षिक, नैतिक पक्षसँगै अतिरिक्त क्रियाकलाप अन्तर्गत विद्यार्थीहरुको बौद्धिक र शारीरिक विकासका लागि खेलकुद, साहित्य र सिर्जनात्मक कार्यक्रमहरु अगाडि सारेको उनले जानकारी दिए ।

बिआइटिएम र बिएचएममा आरम्भ कलेज निरन्तर चितवन टप

आरम्भ कलेजले वडा, गाउँपालिका वा नगरपालिका वा महानगरपालिकासँगको सहकार्यमा जोड दिँदै छात्रवृत्तिको व्यवस्था गरेको छ । स्थानीय निकायले तोकेको छात्रवृत्तिलाई पूर्णरुपमा लागू गरिएको कलेजले जनाएको छ । स्वदेशमा नै प्रभावकारी शिक्षासँगै स्वरोजगारमा जोड दिन कलेज प्रतिबद्ध रहेको प्राचार्य शिवाकोटी बताउँछन् । कलेजले अभिभावकहरुसमक्ष पुगी सन्तानलाई विदेश पढ्न पठाउँदा हुने मानसिक तनावविरुद्ध परामर्श दिँदै आएको उनले बताए । कलेजले बिएचएम र बिआइएममा अध्ययनरत विद्यार्थीका लागि विशिष्टीकृत ल्याबको व्यवस्था गरेको एवं विद्यार्थीहरुलाई विषयगत तालिम तथा प्रशिक्षण दिँदै आएको कलेजले जनाएको छ ।

चितवन जिल्ला स्वास्थ्य तथा पर्यटनको हब बन्दै गइरहेको सन्दर्भमा अबका दिनमा यसलाई शैक्षिक हबका रुपमा विकास गरिनु पर्ने सोचका साथ आरम्भ कलेजले सरोकारवाला रोजगारदाता संघसंस्थाहरुसँग साझेदारी कायम गर्दै आएको छ । हालसम्म आरम्भ कलेजले आइडिया स्टुडियो, लिड एक्स नेपाल, फोर्थ भ्याली कन्साइज र रोबोटिक एसोसिएसन अफ नेपालसँग साझेदारी गरिएको प्राचार्य शिवाकोटीले जानकारी दिए । ‘आरम्भ कलेजले चितवनलाई आइटी हब र पर्यटकीय हब बनाउने कुरामा सहयोग पुर्‍याइरहेको छ’ उनले भने ।

फरक शिक्षा प्रणाली

वातानुकुलित कक्षामा रहेका विद्यार्थीलाई डिजिटल बोर्डमा पाठ्यसामग्री प्रस्तुत गरेर पढाउँदै आएको आरम्भ कलेजले टाढाबाट आउने विद्यार्थीलाई मध्यनजर गर्दै बसको व्यवस्था मिलाएको छ । बिहानको समयमा पढाई संचालन गरिने भएकोले दिउँसो काम गर्न चाहने विद्यार्थीहरुलाई आयआर्जनको लागि विषयगत संघसंस्थाहरुमा जोड्ने प्रयत्नस्वरुप ‘पढ्दै कमाउँदै’ भन्ने नारा तय गरिएको कलेजले जनाएको छ ।

कलेजमा आरम्भ इन्नोभेसन हब संचालनमा आएको छ, जहाँ विद्यार्थीहरुले १३ वटा समूह गठन गरी पढाइलाई बल पुग्ने विभिन्न कार्यक्रम गर्दै आएका छन् । विगतका दिनमा आरम्भ आइडिया स्टेसन अन्तर्गत सेफ सन्तोष साहलाई आरम्भ कलेजको ब्राण्ड एम्बेस्डर घोषणा गरी एकदिने कार्यक्रम गरिएको थियो । आरम्भ इन्टरप्रेनर्स फोरम अन्तर्गत चितवन उद्योग संघसँगको सहकार्यमा ‘क्रिएटिङ स्टार्टअप कल्चर’ विषयक कार्यक्रम गरिएको थियो ।

Chitwan Aaja चितवन आज
शुक्रबार, फागुन ०८, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
बिदाको सदुपयोग गर्न चितवनमा निःशुल्क ‘सेसन ब्रेक क्याम्प २०८३’ आयोजना
सभापति चयन भएपछि ढकाल भन्छन्सस्मितिमा दल भन्दा बाहिर निस्केर बहसहरु गर्नेछौं
“अव्यवहारिक नजीर हटाउँदै संसद् सुधारको पहलमा सभामुख अर्याल”

ताजा समाचार

सबै

बिदाको सदुपयोग गर्न चितवनमा निःशुल्क ‘सेसन ब्रेक क्याम्प २०८३’ आयोजना

सभापति चयन भएपछि ढकाल भन्छन्सस्मितिमा दल भन्दा बाहिर निस्केर बहसहरु गर्नेछौं

“अव्यवहारिक नजीर हटाउँदै संसद् सुधारको पहलमा सभामुख अर्याल”

मिचेको जग्गा तथा अचल सम्पत्ति ३५ दिनभित्र खाली गर्न त्रिविको निर्देशन

बृन्दाबन नगरपालिकाद्वारा अतिक्रमित संरचनामा डोजरः वर्षौँदेखि रोकिएको प्रशासनिक भवन निर्माणको बाटो खुल्यो

बागमतीमा स्वास्थ्य सेवा सुदृढीकरणः तेह्र जिल्ला अस्पताल प्रादेशिकमा रुपान्तरण हुँदै

सभापति चयन गर्न बाह्र वटा समितिका बैठक हुँदै

दुर्घटनामा परि निधन भएका इन्स्पेक्टर अभय लामाको अन्त्येष्टि

इन्डोनेसियामा हेलिकप्टर दुर्घटना, ८ जनाको मृत्यु

अछामको भैरवस्थानस्थित कर्णाली नदीमा डुङ्गा पल्टिँदा दुई जना बेपत्ता

सुनको मूल्यमा आज गिरावट

नौबिसे–मुग्लिङ सडकमा नयाँ ‘रोड सेफ्टी’ योजना, दुर्घटनामा तुरुन्त उद्धार

चितवनमा राष्ट्रिय आर्थिक गणना २०८२ को स्थलगत तथ्यांक संकलन सुरु, पहिलो दिन प्रभातफेरी कार्यक्रम

सार्वजनिक लेखा समितिको सभापतिमा काँग्रेस सांसद खड्काको उम्मेद्वारी दर्ता

मनसुन पूर्वतयारीः चौबिसै घण्टा पूर्वसूचना र बाढी पूर्वानुमान सेवा सञ्चालन गरिने

संविधान कार्यान्वयनप्रति सरकार पूर्ण प्रतिबद्ध छः मन्त्री डा. वाग्ले

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    “अहिलेको बैंकिङ क्षेत्र: चुनौती र अवसर दुवै छन् – शाखा प्रमुख सतीश महर्जन”

  • २.
    रवि विरुद्धको आरोपपत्र संशोधनमा जटिल कानुनी प्रश्न देखियो : सर्वोच्च अदालत

  • ३.
    चितवन निकुञ्जमा आर्मीले चलाएको गोली लागेर गैँडाको मृत्यु

  • ४.
    नेपालको कडाइपछि भारतको प्रतिक्रिया : नेपाली सवारी इन्धनविहीन, सीमावर्ती बासिन्दा मारमा

  • ५.
    चितवनमा राष्ट्रिय आर्थिक गणना २०८२ को स्थलगत तथ्यांक संकलन सुरु, पहिलो दिन प्रभातफेरी कार्यक्रम

  • ६.
    गाजामा भएको इजरायली आक्रमणमा ७ जनाको मृत्यु

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.