Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
आइतबार, जेठ ०३, २०८३
☰
Logo आइतबार, जेठ ०३, २०८३
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

मेट्स स्टडी एक्स्पो तथा आईईएलटीएस/पीटीई मास्टरक्लास आयोजना गर्दै मेट्स इन्टरनेशनल चितवन

राष्ट्रिय युवा संघ नेपाल चितवनद्वारा शैक्षिक तथा खेलकुद सामग्री सहयोग

एसईईको परीक्षामा कति विद्यार्थीले ल्याए ४ जीपीएसम्म ?

आरम्भ कलेजका विद्यार्थीले टपे चितवन, गुणस्तरीय शिक्षाको केन्द्रका रूपमा स्थापित हुँदै

ग्रीनल्याण्ड स्कुलले एसईई सकेका विद्यार्थीलाई दियो नि:शुल्क सिपमूलक तालिम

कक्षा १२ परीक्षा आजदेखि: ४ लाख १८ हजारभन्दा बढी विद्यार्थी सहभागी

सार्वजनिक यातायातमा विद्यार्थीलाई ४५ प्रतिशत छुट दिन सरकारको निर्देशन

विद्यालय शुल्क निर्धारणसहितको विवरण पेस गर्न निर्देशन

बिदाको सदुपयोग गर्न चितवनमा निःशुल्क ‘सेसन ब्रेक क्याम्प २०८३’ आयोजना

लोकप्रिय समाचार

  • १. यस्तो रहने छ आजको राशिफल

  • २. सुन तोलाको चार हजार ४ सयले बढेर तीन लाख २ हजार ९ सय रुपैयाँमा कायम

  • ३. धादिङको बैरेनीमा तीन वटा सवारी साधन एकैठाउँ ठोक्किँदा ३७ जना घाइते

  • ४. यस्तो छ आजको राशिफल

  • ५. चितवनका दूग्ध उत्पादक किसानले अझै पाएनन् भुक्तानी

  • ६. स्मार्ट टेलिकम अनियमिततामा मेरो कुनै संलग्नता छैनः सांसद खरेल

  • ७. ‘मोबाइल’को निउँमा भनाभन हुँदा छुरा प्रहार गरी हत्या,दुई जनालाई पक्राउ

  • ८. मलेसियामा डुङ्गा डुब्दा १४ जना वेपत्ता

  • ९. चितवनका एकसहित आठ जना पक्राउ

  • १०. पुँजी बजारमा १५–१६ अर्ब रुपैयाँको दुरुपयोग भएको अर्थमन्त्री डा.वाग्लेको आरोप

चितवनमा राष्ट्रिय आर्थिक गणना २०८२ को स्थलगत तथ्यांक संकलन सुरु, पहिलो दिन प्रभातफेरी कार्यक्रम

चितवन, बैशाख ३ –
राष्ट्रिय आर्थिक गणना २०८२ को स्थलगत तथ्यांक संकलन वैशाख २०८३ देखि ७ असार २०८३ सम्म चितवन जिल्लामा सुरु भएको छ। यसै क्रममा चितवन जिल्लामा प्रभातफेरी कार्यक्रमको आयोजना गरिएको छ ।

गणनाले उद्योग, व्यापार, सेवा क्षेत्र, निजी व्यवसाय, सहकारी तथा सार्वजनिक संस्थानहरूको संख्या, रोजगारी, उत्पादन र सेवा प्रवाह सम्बन्धी तथ्यांक संकलन गर्ने छ।

स्थलगत तथ्यांक संकलनका लागि १ सय ३३ जना गणक तथा १७ जना तालिम प्राप्त सुपरिवेक्षक खटिएका छन् र ७५ मा जस्तै यसपटक पनि अनलाइनबाट विवरण भर्न सकिने व्यवस्था गरिएको छ।

जिल्ला आर्थिक गणना कार्यालयका आर्थिक गणना अधिकारी रेणु कुमारी घिमिरेका अनुसार ‘अर्थतन्त्र मापनका लागि आर्थिक गणना’ भन्ने मूल नारासाथ देशको समग्र आर्थिक अवस्थाको तथ्यांकीय माध्यमबाट यथार्थ चित्र प्राप्त गर्न राष्ट्रिय आर्थिक गणना गर्न लागिएको हो ।

कार्यालयका अनुसार राष्ट्रिय आर्थिक गणनाबाट उद्योग, व्यापार, सेवा क्षेत्र, निजी व्यवसाय, सहकारी तथा सार्वजनिक संस्थानहरूको संख्या, भौगोलिक वितरण, रोजगारी, उत्पादन र सेवा प्रवाह सम्बन्धी विवरण संकलन हुनेछ । यसले देशको आर्थिक संरचना बुझ्न, रोजगारीको अवस्था थाहा पाउन र भविष्यका आर्थिक योजनाहरू बनाउन आर्थिक गणना गर्न लागेको जनाएको छ ।

यस गणनाले देशभरिका सबै उद्योग, व्यापार, सेवा क्षेत्र र साना–ठूला व्यवसायको विवरण संकलन गर्ने कार्यालयले जनाएको छ । देशभरिका उद्यमी तथा व्यवसायीले दिएको तथ्यांकले नै देशको समृद्धिको बाटो तय गर्ने हुनाले सही र पूर्ण विवरण उपलब्ध गराउन कार्यालयले सबैलाई अनुरोध पनि गरेको छ ।

गणनामा संकलन हुने व्यक्तिगत वा व्यावसायिक विवरणहरू तथ्यांक ऐन २०७० अनुसार पूर्णरूपमा गोप्य रहने र त्यसलाई केवल योजना तर्जुमा र सांख्यिकीय प्रयोजनका लागिमात्र प्रयोग गरिने पनि कार्यालयले जनाएको छ । आर्थिक गणना तथ्यांकले नीतिनिर्माता, लगानीकर्ता र समुदायलाई तथ्यांकमा आधारित निर्णय गर्न मद्दत गर्ने कार्यालयको भनाइ छ ।

गणनाका आधारमा देशको कुल गार्हस्थ उत्पादन (जीडीपी) अनुमान अझ सुदृढ हुने, राष्ट्रिय लेखाका आधार वर्ष परिवर्तन गर्न आवश्यक तथ्यांक उत्पादन गर्ने र सरकारले तय गर्ने नीति निर्माण र योजना तर्जुमा गर्न तथा नीतिमार्फत लिएका लक्ष्य मापनमा सहयोग गर्ने उद्देश्य समेत राखिएको छ ।

राज्यले लिने अल्पकालीन तथा दीर्घकालीन आर्थिक योजना, लगानी प्रवर्द्धन र रोजगारी सिर्जनामा अति आवश्यक विवरण समेत यस गणनाका माध्यमबाट प्राप्त हुनेछन् ।

कार्यालयका अनुसार गणना देशको आर्थिक तथ्यांकको विश्वसनीय पद्धति विकासको आधारस्तम्भका रूपमा रहने छ ।

राष्ट्रिय आर्थिक गणनामा ती २१ वर्गीकरणमध्ये १८ क्षेत्रको आधारभूत विवरण संकलन गरिँदै छ । जसमा दर्ता भएका र नभएका ठूला वा साना व्यापार/प्रतिष्ठान, रोजगारीका हिसाबले धेरै रोजगारी दिएका वा स्वरोजगारमा सञ्चालन रहेका, उद्योग, कलकारखाना, व्यापार-व्यवसाय, गैरसरकारी संघसस्था, सरकारी संस्थान, सरकारी वा निजी विद्यालय, अस्पताल लगायत आर्थिक क्रियाकलाप सञ्चालन गरिरहेका एकाइमा यो गणना सञ्चालन हुँदैछ ।

स्थानीय तहमा नगर प्रमुख / अध्यक्षको संयोजकत्वमा स्थानीय तह आर्थिक गणना समन्वय समिति र वडा अध्यक्षको संयोजकत्वमा वडा सहजीकरण समिति गठन गरी सक्रिय बनाउन कार्यालयले सबै स्थानीय तह र वडा कार्यालयमा सहयोग, समन्वय र सहजीकरणका लागि भेट्घाट एवं पत्राचार गरेका छन् ।

कार्यालयले आर्थिक गणना सफल पार्न आपसी सहयोग, आगामी दिनमा तथ्यांक कार्यमा बिश्वासनियता र यथार्थपरक बनाउन जिल्ला आर्थिक गणना समन्वय समितिको सदस्यमा उद्योग बाणिज्य संघ र उद्योग संघ र विभिन्न विषयगत समितिका सदस्य सहित ५ सदस्यमा मनोनीत गरिएको कार्यालयले जनाएको छ।

यस्ता तथ्यांक सामूहिक रूपमा तथ्यांकीय प्रयोजनका लागिमात्र प्रयोग गरिने समेत कार्यालयले स्पष्ट पारेको छ । तथ्यांक येन २२०७९ अनुसार व्यक्तिगत वा संस्थागत पहिचान खुल्ने गरी गणनामा लिइएको तथ्यांकको विवरण सार्वजनिक गरिँदैन । साथै, कुनै पनि निकायलाई उपलब्ध नगराइने समेत कार्यालयले जनाएको छ ।

कार्यालयले यसअघि प्रथम आर्थिक गणना २०७५ सालमा गरेको थियो । त्यसबेला देशभरि ९ लाख २३ हजार ३ सय ५६ प्रतिष्ठान रहेको देखिएको थियो । जसमध्ये ४ लाख ६२ हजार ६ सय ५ प्रतिष्ठान मात्र दर्ता थिए ।कुल १८ वटै क्षेत्रमा आर्थिक गणना गरिएको थियो । देशभरि विनादर्ता सञ्चालनमा रहेका प्रतिष्ठान ४९.९ प्रतिशत रहेको देखिएको थियो ।

उक्त गणनाले सबैभन्दा धेरै प्रतिष्ठान थोक तथा खुद्रा व्यापार, मोटरगाडी र मोटरसाइकल मर्मतमा रहेको देखाएको थियो । कुल प्रतिष्ठानमध्ये पुरुषले सञ्चालन गरेका ७०.२६ प्रतिशत देखिएको थियो ।

Chitwan Aaja चितवन आज
बिहिबार, बैशाख ०३, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
अण्डाको उत्पादन घट्यो, मूल्य बढ्यो
मदन–आश्रितप्रति दासढुङ्गामै पुगेर श्रद्धाञ्जली अर्पण
प्रधानमन्त्री शाहद्वारा कीर्तिमानी आरोही शेर्पाद्वयप्रति सम्मान

ताजा समाचार

सबै

अण्डाको उत्पादन घट्यो, मूल्य बढ्यो

मदन–आश्रितप्रति दासढुङ्गामै पुगेर श्रद्धाञ्जली अर्पण

प्रधानमन्त्री शाहद्वारा कीर्तिमानी आरोही शेर्पाद्वयप्रति सम्मान

मत्स्यनारायण मन्दिरमा एकमहिने मेला सुरु

कांग्रेसलाई समाजमुखी बनाउँदै सबै नेतालाई साथमा लिएर अघि बढ्न तयार छुः सभापति थापा

सरकारका पछिल्ला गतिविधिले लोकतन्त्र कमजोर पार्ने संकेत देखिएको छ : नेता ज्ञवाली

म्याग्दीको गाजनेमा व्यावसायिक स्याउखेती

कस्तो छ पोखराको सुकुम्बासी बस्तीहरु

चितवनमा जङ्गली च्याउ खाँदा गम्भीर बिरामी परेका दुई बालबालिका मध्य थप एक जनाको मृत्यु

कोहलपुरमा अतिक्रमण गरिएका सात सय घरटहरा हटाइए

मदन–आश्रितप्रति पूर्वराष्ट्रपति भण्डारीद्वारा श्रद्धाञ्जली

सिरहामा ४० लाखभन्दा बढी मूल्यको अवैध सामानसहित ट्रक नियन्त्रणमा, दुई जना पक्राउ

सरकारको नियत सही देखिएन, प्रतिवाद गर्छौं : प्रचण्ड

सुनको मूल्यमा भारी गिरावट: एकैदिन तोलामा ४ हजार ५०० रुपैयाँले घट्यो

आज ३३ औँ मदन-आश्रित स्मृति दिवस

आदर्श गृह नेपालको १८औँ साधारणसभा भव्य रूपमा सम्पन्न, संस्थाले आफ्नै भवन निर्माण गर्दै

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    वन डढेलोको उच्च जोखिममा रहेको चितवनमा यसवर्ष लाग्दै लागेन डढेलो

  • २.
    चितवनमा बिगौं बिगाहामा गरिन्छ गाँजा र अफिम खेती

  • ३.
    चितवनमा ९ महिनामा २६ जना महिला बलात्कृृत, ३ जनामाथि बलात्कारको प्रयास

  • ४.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • ५.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ६.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ७.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ८.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ९.
    सुनको मूल्य फेरि घट्यो

  • १०.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ११.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • १२.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

साताको चर्चित

  • १.
    यस्तो रहने छ आजको राशिफल

  • २.
    सुन तोलाको चार हजार ४ सयले बढेर तीन लाख २ हजार ९ सय रुपैयाँमा कायम

  • ३.
    धादिङको बैरेनीमा तीन वटा सवारी साधन एकैठाउँ ठोक्किँदा ३७ जना घाइते

  • ४.
    यस्तो छ आजको राशिफल

  • ५.
    चितवनका दूग्ध उत्पादक किसानले अझै पाएनन् भुक्तानी

  • ६.
    स्मार्ट टेलिकम अनियमिततामा मेरो कुनै संलग्नता छैनः सांसद खरेल

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  ParadiseInfoTech