चितवन, वैशाख ४—
भरतपुर–११, मालपोत चोकस्थित स्टार्स मन्टेश्वरी एकेडेमीले साना बालबालिकाका लागि निःशुल्क ‘सेसन ब्रेक क्याम्प २०८३’ आयोजना गर्ने भएको छ।
बैशाख ६ गतेदेखि १७ गतेसम्म सञ्चालन हुने क्याम्प दैनिक बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म चल्नेछ। २ देखि ६ वर्ष उमेर समूहका जुनसुकै विद्यालय वा मन्टेश्वरीमा अध्ययनरत बालबालिकाले क्याम्पमा सहभागिता जनाउन सक्नेछन्।
सरकारले बैशाख २१ गतेसम्म विद्यालय सञ्चालन नगर्न निर्देशन दिएको सन्दर्भमा सो अवधिको सदुपयोग गर्ने उद्देश्यले क्याम्प आयोजना गरिएको प्रबन्ध निर्देशक गणेश राना मगरले जानकारी दिए। उनका अनुसार लामो बिदाका कारण विशेषगरी कामकाजी अभिभावकलाई बालबालिकाको व्यवस्थापनमा समस्या हुने गरेको छ।
सिंगल फ्यामिली बढ्दै जाँदा बालबालिकालाई घरमै सक्रिय राख्न चुनौती थपिएको भन्दै उनले मोबाइल र टेलिभिजनमा निर्भरता कम गर्दै सिर्जनात्मक गतिविधिमा जोड दिन क्याम्प उपयोगी हुने बताए।
क्याम्पमा ध्यान तथा योग, फेस पेन्टिङ, आर्ट क्लास, संगीत, नृत्य, तेक्वान्दो, घोडा सवारी, माटोका सामग्री बनाउने, बोल्ने कला तथा विभिन्न खेलकुद गतिविधि समावेश गरिनेछन्। सहभागी बालबालिकालाई खाजाको व्यवस्था समेत गरिनेछ।
करिब १६ वर्षदेखि मन्टेश्वरी शिक्षा क्षेत्रमा क्रियाशील संस्थाले साना बालबालिकाको समग्र विकासमा टेवा पुर्याउने उद्देश्यले कार्यक्रम ल्याएको जनाएको छ। सिट सीमित भएकाले इच्छुक अभिभावकलाई अग्रिम दर्ता गर्न आग्रह गरिएको छ।
सम्पर्क नम्बरहरू:
०५६–४९००३७, ९८५५०६१०३७, ९८०१३६१०३७, ९८५५०११०३८, ९८५५०११०३९, ९८५५०८६०३७










