Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
सोमबार, असोज २७, २०८२
☰
Logo सोमबार, असोज २७, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

त्रिविका ६ सय ५२ विद्यार्थीको उत्तरपुस्तिका जले, पुन: परीक्षा हुने

एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक, ८३ हजार विद्यार्थी उत्तीर्ण

कक्षा १२ को मौका परीक्षा सम्पन्न

लैनचौरस्थित केशरमहलबाट थाल्यो शिक्षा मन्त्रालयले सेवा

चितवन कोरिया पुनर्मिलन समाजले सिकायो नारायणी नमुना माविका विद्यार्थीलाई मार्सल आर्ट

प्याब्सन चितवनले प्रशासनलाई दियो एघार लाखबराबरका विद्युतीय उपकरण

कक्षा १२ को मौका परीक्षा असोज ७ र ८ गतेदेखि

बोस्टन कलेजले दियो ४२ लाखबराबरको छात्रवृत्ति, साथै आठ लाख रूपैयाँ बीउपुँजी प्रदान

विद्यालय खुले, पठनपाठन भोलिदेखि

लोकप्रिय समाचार

  • १. बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

  • २. कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

  • ३. आज शुक्रबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् आजको राशिफल

  • ४. भरतपुर–४ ,धर्मपथ टोलमा “हाम्रो वडा हामी बनाउँछौं” अभियानअन्तर्गत सडक मर्मत सम्पन्न

  • ५. आइतबार कुन राशिको भाग्य कस्तो ? हेर्नुहोस् आजको राशिफल

  • ६. हमाससँग रहेका ४८ बन्धकमध्ये २० जना मात्रै जीवित

  • ७. आज कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

  • ८. देशका विभिन्न राजमार्ग र सडक खण्डमा अझै यातायात अवरुद्ध, सडक खुलाउने कार्य उच्च प्रथामिकतामा

  • ९. आमाको हत्या आरोपमा जेनजी आन्दोलनका भाइरल युवा प्रकाउ

  • १०. कारले मोटरसाइकललाई ठक्कर दिँदा चितवनमा तीन जना घाइते

कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

– भीष्मराज ओझा
काठमाडौँ, २९ चैत
सामान्यतः वन्यजन्तुबाट हुने क्षतिका बारेमा बढी चर्चा हुने गरेको छ । तर मानवीय क्रियाकलापकै कारण बर्सेनि ठूलोमात्रामा हुने वन्यजन्तुको क्षतिबारे भने कम चर्चा हुन्छ । वन्यजन्तुबाट मानवीय क्षति, घरपालुवा जनावर, घरगोठ र कृषिबाली नष्ट हुने गरेको छ । त्यस्तै माननीय क्रियाकलापका साथै चोरी सिकार, पूर्वाधार निर्माण र सडक दुर्घटना परेर वन्यजन्तुको क्षति हुन्छ ।

आर्थिक वर्ष २०७९/८० मा मात्र २० वटा संरक्षित क्षेत्रहरुमा विभिन्न ४७ किसिमका ५५८ वटा वन्यजन्तु र जिवको मृत्यु भएको थियो । त्यसमध्ये प्राकृतिक कारणले १८७, सडक दुर्घटनाबाट १४१, चोरी शिकारबाट १४, करेन्ट लागेर १०, नहरमा डुबेर २०, तारजालीमा परेर १४, कुकुरको आक्रमणबाट ११३, पासो/जालमा परेर पाँच, कारण नखुलेको २९ र अन्य कारणले २५ वन्यजन्तुको मृत्यु भएको थियो ।

यसरी मृत्यु भएका वन्यजन्तुमा गैंडा, बाघ, हात्ती, अर्ना, गौरी गाई, हिउँ चितुवा, कृष्णसार, चरी बाघ, चौका, चित्तल, रतुवा, निलगाईलगायत छन् । तराईका संरक्षित क्षेत्रहरुमा मृत्यु हुने वन्यजन्तुको संख्या बढ्दो छ भने पहाड तथा हिमाली क्षेत्रमा यो संख्या तुलनात्मक रुपले कम देखिन्छ । सबैभन्दा बढी वन्यजन्तुको मृत्यु चितवन राष्ट्रिय निकुञ्जमा ११८ र सबैभन्दा कम मकालु बरुण र खप्तड राष्ट्रिय निकुञ्जमा एक÷एक भएको थियो ।

विश्व सम्पदा सूचीमा रहेको चितवन राष्ट्रिय निकुञ्ज र आसपास क्षेत्रमा पछिल्लोपटक पूर्वाधार विकासका कार्य तीब्र रुपमा बढेका छन् । यसै सन्दर्भमा वन्यजन्तुमैत्री पूर्वाधार निर्माणका विभिन्न मोडेलबारे बहस भएका छन् । कतिपय स्थानमा त्यस्ता निर्माणको सुरुआत समेत भएको छ । नारायणगढ–मुग्लिन सडक खण्डमा रहेकोे जलदेवी सामुदायिक वनअन्तर्गत आपटारीमा पर्ने पुलमुनि वन्यजन्तुको आहोरदोहोरका लागि बनाइएको ‘अन्डरपास’ प्रभावकारी देखिएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रवक्ता उमेशविन्दु श्रेष्ठका अनुसार सरकारले संरक्षण क्षेत्रमा ‘वन्यजन्तुमैत्री पूर्वाधार निर्माण निर्देशिका, २०७८’ अनुसार नै पूर्वाधार निर्माण गरिरहेको छ । उहाँ भन्नुहुन्छ, “नारायणगढ–हेटौडा–पथलैया सडक खण्ड विस्तार गर्ने योजनामा पनि निकुञ्ज र मध्यवर्ती क्षेत्रमा वन्यजन्तुमैत्री पूर्वाधार डिजाइन गर्ने काम सुरु भएको छ । दुई स्थानमा दुई÷दुई किलोमिटर लामो सवारी साधनका लागि ‘फ्लाईओभर’ सडकको प्रस्ताव गरिएको छ ।” जैविक मार्गमा निर्माण हुने यस्ता ‘फ्लाईओभर’ सडकबाट वन्यजन्तुलाई ओहोरदोहोर गर्न सहज हुन्छ ।

वन्यजन्तुमैत्री पूर्वाधार निर्माण गर्न तुलनात्मक निकै खर्चिलो छ । तैपनि जैविक विविधता र वन्यजन्तुको बासस्थान संरक्षण गर्न आवश्यक स्थानमा आर्थिक अवस्थाले धान्न सक्ने जति वन्यजन्तुमैत्री पूर्वाधार बनाउन लागिएको उहाँको भनाइ छ । “हाल निर्माणाधीन नारायणगढ–बुटवल सडक खण्डमा समेत जैविक मार्ग पर्ने विभिन्न १३ स्थानमा पुल कल्भर्टलाई केही माथि उठाएर वन्यजन्तुलाई आवतजावत गर्न मिल्ने गरी ‘अन्डरपास’ बनाउने काम भइरहेको छ” प्रवक्ता श्रेष्ठ भन्नुहुन्छ ।

वन्यजन्तुुको आवतजावतलाई सुरक्षित तुल्याई वन्यजन्तु दुर्घटना कम गर्न तथा मानव र वन्यजन्तु बीचको द्वन्द्व न्यूनिकरण गर्न वन्यजन्तुको बासस्थान र हिँडडुलका क्षेत्रमा निर्माण हुने रेखात्मक प्रकृतिका पूर्वाधार संरचनालाई वन्यजन्तुमैत्री बनाउन उक्त निर्देशिका बनाईएको हो । निर्देशिकामा राष्ट्रिय निकुन्ज, आरक्ष, जैविक मार्ग वा रामसार सूचिमा सुचीकृत सिमसार क्षेत्रलाई अति संवेदनशील क्षेत्र भनी परिभाषित गरिएको छ । यस्तो क्षेत्रमा पर्ने सडक, रेलमार्ग, नहर, नदी नियन्त्रणसम्बन्धी बाँध, तटबन्ध, ग्यास तथा तेलका पाइप लाइन, विद्युत् आयोजनाका बाँधलगायत पूर्वाधार निर्माण गर्दा निर्देशिका लागू गर्नुपर्ने प्रावधान छ ।

विश्व वन्यजन्तु कोष (डब्लुुडब्लुएफ) नेपालका राष्ट्रिय प्रतिनिधि डा घनश्याम गुरुङ वन्यजन्तुमैत्री पूर्वाधार निर्माणमा सरकारले लागू गरेको नीति सकारात्मक प्रयत्न भएको बताउनुहुन्छ । युएसआइडीको सहयोगमा डब्लुडब्लुएफ नेपालले पनि यस सम्बन्धमा काम गरिरहेको छ । “वन्यजन्तुमैत्री पूर्वाधार निर्माण वन्यजन्तुका लागि मात्र होइन, यो त मानिस र घरपालुवा जनावरको सुरक्षाका लागि पनि हो”, उहाँ भन्नुहुन्छ, “मानिसले गर्ने यातायातको सुरक्षाका लागि पनि यस्ता पूर्वाधार आवश्यक छन् ।”

वन्यजन्तुमैत्री पूर्वाधार भविष्यमा सस्तो हुन जान्छ :

विश्वलगायत छिमेकी मुलुक भारतमा पनि यस्ता धेरै वन्यजन्तुमैत्री पूर्वाधार निर्माण भइसकेका छन् । नेपालले भर्खरै सुरु गर्न लागेकाले त्यस्ता अनुभवबाट नेपालले लाभ लिन सक्ने राष्ट्रिय प्रतिनिधि डा गुरुङको भनाइ छ । वन्यजन्तुमैत्री पूर्वाधार निर्माण सुरुमा अलिकती महङ्गो देखिए पनि वन्यजन्तु र संरक्षण क्षेत्रको दिगो व्यवस्थापनले भविष्यमा सस्तो हुन जान्छ । बाघ, गंैडा हात्तीजस्ता वन्यजन्तु विश्वकै सम्पत्ती भएकाले यसमा लाग्ने थप खर्च दातृ निकायबाट अनुदानका रुपमा पनि लिन सकिन्छ ।

भायडक्ट, पुल, फ्लाइओभर, कल्भर्ट वा यस्तै प्रकृतिका पूर्वाधारको मुनिबाट वन्यजन्तु आवतजावत गर्न सक्ने अण्डसपास संरचना बनाउन सकिन्छ । त्यस्तै भिलेज रोड ब्रीज, इको ब्रीज, क्यानोपी ब्रीज वा यस्तै प्रकृतिका पूर्वाधारको माथिबाट वन्यजन्तु आवतजावत गर्ने ओभरपास संरचना बनाउनुपर्ने निर्देशिकामा उल्लेख छ ।

नेपालमा रहेका ११८ किसिमका पारिस्थिकीय प्रणालीहरुमध्ये हालसम्म ८० किसिमका पारिस्थिकीय प्रणालीहरु संरक्षित क्षेत्रभित्र पर्दछन् । यी पारिस्थिकीय प्रणालीहरुको संरक्षण तथा व्यवस्थापन गर्ने उद्देश्यले १२ राष्ट्रिय निकुञ्ज, एक वन्यजन्तु आरक्ष, एक शिकार आरक्ष, छ संरक्षण क्षेत्र र १३ मध्यवर्ती क्षेत्र घोषणा भई संरक्षण तथा व्यवस्थापकीय कार्यहरु सञ्चालन हुँदै आएका छन् ।

चितवन राष्ट्रिय निकुञ्ज कार्यालयका प्रमुख डिलबहादुर पुर्जा पुन पनि पूर्वाधारमैत्री निर्माणबाट मात्र जैविक विविधताको दिगो संरक्षण गर्न सकिनेमा जोड दिनुहुन्छ । उहाँका अनुसार पूर्वपश्चिम राजमार्गको स्तरोन्नति गर्न निकुञ्जको टिकौलीमा पर्ने सडक खण्डमा वन्यजन्तु ओहोरदोहोर गर्नका लागि दुई किमी लामो ‘फ्लाईओभर’ राख्ने सहमति भएको छ ।

टिकौली र बरण्डाभारलगायत क्षेत्र मुलुककै लाइफ लाइन सडकखण्ड पनि हो । यस क्षेत्रमा भारतको बाल्मिकी निकुञ्जदेखि महाभारतसम्म जोड्ने जैविक मार्ग करिडोर पनि पर्छ,” प्रमुख पुन भन्नुहुन्छ, “यस खण्डको विकासलाई पनि रोक्न सकिदैन । जैविक विविधताको संरक्षणका लागि करिडोर जोगाउन वन्यजन्तुमैत्री पूर्वाधार निर्माण पनि अपरिहार्य छ ।” यसले गर्दा वन्यजन्तुको निरन्तर ओहोरदोहोर हुने र यातायातका साधन पनि २४सै घण्टा निर्वाध सञ्चालन गर्न सकिन्छ ।

चितवन निकुञ्ज क्षेत्रमा पर्ने हुलाकी राजमार्गका सन्दर्भमा पनि कसरादेखि बनकट्टा क्षेत्रमा पर्ने धु्रवा पोष्ट छेउबाट पनि यस्तै करिब दुई किमी लामो ‘फ्लाईओभर’ बनाउन सके जैविक विविधतालाई कम असर पर्ने आफूले सुझाव दिएको उहाँ बताउँनुहुन्छ ।

नेपालले जैविक विविधता संरक्षणको क्षेत्रमा अवलम्बन गरेको विभिन्न नीति तथा योजना अन्तर्राष्ट्रिय मञ्चहरुमा उच्च प्रशंसा हुँदै आएको छ । त्यसका बाबजुद जैविक विविधता संरक्षणमा केही चुनौतीको सामना गर्नु परिरहेको छ । निकुञ्ज वरपर बढ्दो जनघनत्व र प्राकृतिक स्रोत माथिको निर्भरता, वातावरणीय व्यवस्थापन योजना विनाका विकास निर्माण, जलवायु परिवर्तनको प्रभाव, मानव वन्यजन्तु द्वन्द्व तथा अव्यवस्थित भू–उपयोगका कारण संरक्षित क्षेत्रमा पर्न गएको असर मुख्य चुनौती हुन् ।

निकुञ्जको मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिका निवर्तमान अध्यक्ष वासु ढुङ्गाना संरक्षण क्षेत्रमा वन्यजन्तुमैत्री पूर्वाधार नबनाउँदा संरक्षणका लागि प्रत्युपादक हुने गरेको बताउँनुहुन्छ । जैविक विविधतामा असर पर्छ भनेर हाम्रो जस्तो विकासोन्मुख मुलुकले विकास निर्माणका काम रोक्नु पनि हुदैन, तर जैविक विविधताको संरक्षणलाई नजरअन्दाज पनि गर्नुहुँदैन, उहाँ भन्नुहुन्छ, “वन्यजन्तुको ओहोरदोहोरका लागि ‘अन्डरपास’ र ‘ओभरपास’ आवश्यकताअनुसार बनाएर निर्माणको काम गर्नुपर्छ ।”

क्षति न्यून गर्न वन्यजन्तुमैत्री पूर्वाधार आवश्यक :

संरक्षित क्षेत्रका राजमार्ग, सडक वा अन्य स्थानमा मानव र वन्यजन्तुबीचको द्वन्द्वबाट हुने क्षति न्यूनीकरण गर्न वन्यजन्तुमैत्री पूर्वाधार आवश्यक पर्ने एक अध्ययनले समेत देखाएको छ । रेखीय वा लामो प्रकृतिको पूर्वाधार (सडक, सिँचाइ, प्रसारणलाइन, रेलका लिङ्कलगायत) निर्माण गर्दा अपनाउनुपर्ने सावधानी र वातावरणीय पक्षप्रति ख्याल नगर्दा मानव–वन्यजन्तु द्वन्द्वका घटना बढेका छन् । यस्ता दुर्घटनाबाट जैविक विविधता संरक्षणमा गरेको खर्च खेर जाने र संरक्षणमा प्राप्त उपलब्धि मासिने देखिएको छ ।

नेपाल वातावरण पत्रकार समूह (नेफेज)ले केही समयअघि यस विषयमा सरोकारवाला निकायको ध्यानाकर्षण गराउने उद्देश्यले स्थलगत अध्ययन गरेको थियो । तराईका बारादेखि कैलालीबीचका सबै जिल्लाको स्थलगत अध्ययन गरेर प्रतिवेदन तयार गरिएको छ । प्रतिवेदनमा तराईका जिल्लामा भइरहेका भौतिक पूर्वाधारको अवस्था, प्रभावित क्षेत्र, पूर्वाधार निर्माणका सकारात्मक तथा नकारात्मक पक्ष, वन्यजन्तुमैत्री निर्माणका आधार, निर्माणका क्रममा सम्बोधन गर्नुपर्ने विषय तथा क्षेत्रलाई समेटिएको छ ।

अध्ययनमा पूर्व पश्चिम सडक विस्तार, हुलाकी मार्ग, सिँचाइ आयोजना (सिक्टा र रानीजमरा–कुलेरिया), मोतीहारी–अमलेखगञ्ज पाइपलाइन, चुरेमा निर्माणाधीन मदन भण्डारी राजमार्ग, ललितपुर–निजगढ फास्ट ट्रर्याक, प्रस्तावित निजगढ विमानस्थललगायतका निर्माण आयोजनाहरुलाई समेटिएको छ । वन्यजन्तुमैत्री पूर्वाधार निर्माणका केही काम भए पनि ती पर्याप्त नभएको र हाल निर्माण भएकाभन्दा अझ स्तरीय र प्रभावकारी निर्माण आवश्यक देखिएको प्रतिवेदनको निष्कर्ष छ ।

वन्यजन्तु सजिलै र स्वतन्त्ररूपमा ओहोरदोहोर गर्नसक्ने खालका पूर्वाधार निर्माण गर्नुपर्ने, भौतिक पूर्वाधार निर्माण गर्नुपूर्व जैविक मार्ग, वन्यजन्तुको वासस्थान र संवेदनशील अवस्थामा रहेका ‘बोटलनेक’ (वन्यजन्तु ओहोरदोहोर गर्ने साँघुरो जैविक क्षेत्र) को नक्सा तयार गर्नुपर्ने प्रतिवेदनमा सुझाव दिइएको छ ।

प्रतिवेदनमा चितवनको बरण्डाभारस्थित राजमार्गमा वन्यजन्तु ओहोरदोहोर गर्न बनाइएको ‘अन्डरपास’ प्रभावकारी भएको पाइएको उल्लेख छ । वन्यजन्तुको बासस्थान, गतिविधिलगायत अध्ययन गरेर मात्र ‘अन्डरपास’ र ‘ओभरपास’ बनाउनुपर्ने सुझाव दिइएको छ । यसका लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, सडक विभाग, केन्द्रीय तथा प्रादेशिक सम्बन्धित मन्त्रालय, मध्यवर्ती क्षेत्र विकास परिषद्, संरक्षण क्षेत्र तथा वन उपभोक्ता समूहबीच सहकार्य तथा समन्वय अनिवार्य छ ।

स्थानीय तहमा तीव्र गतिमा भइरहेका सडक, सिँचाइ, रेलमार्गलगायतका निर्माण कार्यलाई जैविक विविधतामैत्री बनाउनुपर्ने, ठूला सिँचाइ, नहर र कुलोको दुवै किनारमा फेन्सिङ गरी वन्यजन्तु स्वतन्त्ररूपमा ओहोरदोहर गर्न मिल्ने गरी उपयुक्त र वैज्ञानिक पूर्वाधार निर्माण गर्नु आवश्यक छ । – रासस

Chitwan Aaja चितवन आज
बिहिबार, चैत २९, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
मंसिर अन्तिम साता ११ औँ महाधिवेशन गर्ने एमालेको निर्णय
सर्वोच्च अदालतमा २८ गतेदेखि रिट दर्ता र सुनुवाइ हुने
जीवित रहेका बन्धकमध्ये एकमात्र नेपाली विपीन जोशी

ताजा समाचार

सबै

मंसिर अन्तिम साता ११ औँ महाधिवेशन गर्ने एमालेको निर्णय

सर्वोच्च अदालतमा २८ गतेदेखि रिट दर्ता र सुनुवाइ हुने

जीवित रहेका बन्धकमध्ये एकमात्र नेपाली विपीन जोशी

यूएईमाथि नेपालको १ रनको रोमाञ्चक जित

भरतपुर-४ ले निर्वाचन लक्षित जनचेतना कार्यक्रम सञ्चालन गर्ने

पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ

सबै मिलेर देशको संकट टार्नु पर्छ: प्रधानमन्त्री

भ्रष्टाचार नियन्त्रण गर्न दुई वर्ष पनि लाग्नसक्छः सञ्चारमन्त्री खरेल

विदेशमा दुःख गर्नुभन्दा गाउँमै तरकारी फलाउँदा सुख

धानबालीमा फड्के कीराको सङ्क्रमण

बिपी राजमार्गः ‘ट्र्याक’ खुलाएसँगै मर्मत थालियो

सामाजिक सञ्जालमा आतङ्क मच्चिएको छः सञ्चारमन्त्री खरेल

शिक्षा विकास तथा समन्वय इकाइ चितवनलाई प्याब्सन र हिसानको सहयोग

मन्त्री घिसिङद्वारा झापाका बाढी प्रभावित क्षेत्रको अवलोकन

राप्ती नगरपालिकाको तालाबन्दी खुल्यो

बालेन र सुदनविरुद्ध नेविसंघले दियो प्रहरीमा उजुरी

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

चितवन महोत्सवमा स्काई वेलको १ करोडको गाडी बिक्री

लियो क्लब अफ नारायणगढ दियालोद्वारा लमजुङ्गका ४० जना विद्यार्थीलाई कपडा वितरण

अन्तर्राष्ट्रिय उद्यमी मेलामा भाग लिन अङ्कुरम् एकेडेमीको टोली फ्रान्स प्रस्थान

भरतपुरको न्यू होराइजन स्कुलले पायो आइएसओ (ISO) लोगो

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस आज मिति २०८२ असोज महिनाको ११ गते शनिबारको राशीफल

ट्रेकिङबाट फर्केका शिक्षक दम्पती, चितवन दुर्घटनामा अस्ताए

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज शुक्रबार कस्तो रहनेछ तपाईंको भाग्य ? हेर्नुस् आजको राशीफल

कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

  • २.
    कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

  • ३.
    आज शुक्रबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् आजको राशिफल

  • ४.
    भरतपुर–४ ,धर्मपथ टोलमा “हाम्रो वडा हामी बनाउँछौं” अभियानअन्तर्गत सडक मर्मत सम्पन्न

  • ५.
    आइतबार कुन राशिको भाग्य कस्तो ? हेर्नुहोस् आजको राशिफल

  • ६.
    हमाससँग रहेका ४८ बन्धकमध्ये २० जना मात्रै जीवित

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2025 Chitwan Aaja | All rights Reserved.
 Website By :  Paradise  InfoTech