चितवन, १० वैशाख
चितवनमा ट्रकको ठक्करबाट एक महिला गम्भीर घाइते भएकी छन् । खैरहनी नगरपालिका वडा नं-८, होलील्यान्डरोड चोकमा ना ५ ख ९९२९ नम्बरको ट्रकले महिलालाई ठक्कर दिएको हो ।
घाइते हुनेमा पैदलयात्री गोरखा बारपाक सुलिकोट गाउँपालिका सौरपानी घर भई हाल चितवनको राप्ती नगरपालिका वडा नं-८ वान ग्रुप बस्ने ५४ वर्षीया पुतली गुरूङ रहेकी छन् ।
गुरूङको अहिले नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।
ट्रक र चालक हेटौँडा उपमहानगरपालिका वडा नं-६, चौघडा पुतलीबजार बस्ने ३५ वर्षीय देवन्द्र दुलाललाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।