भरतपुर, २३ पुस
चितवनको भरतपुरमा बोराभित्र पोको पारेर फालेको अवस्थामा भेटिएको दुईवटा शवको सनाखत भएको छ । घटनाको ४६ दिन पछि मृतकको पहिचान भएको स्रोतले जानकारी दिएको छ ।
मृतक दुवै जना भारतीय हुन् ।
हत्यामा संलग्न आरोपीबारे केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले अनुसन्धान गरिरहेको छ ।
गत मंसिर ६ गते भरतपुर महानगरपालिका १२ स्थित मिलनचोकको कल्भर्ट मुनि बोरा भित्र बाँधिएको अवस्थामा एक पुरुष र महिलाको शव फेला परेको थियो । शवको पहिचान लामो समयसम्म नभएपछि प्रहरीले पहिलोपटक हुलिया र दोस्रोपटक उनीहरुको स्केच सार्वजनिक गरेको थियो ।