चितवन, १४ गते
भरतपुर महानगरपालिका वडा नं-२४, गुम्बा चोकमा बसको ठक्करबाट एक महिला घाइते भएकी छन् ।
घाइते हुनेमा साइकलयात्री भरतपुर-२५ बस्ने ५४ वर्षीया विष्णुमाया रानामगर रहेकी छन् ।
बाग्मती प्रदेश ०६-००१ ख ०१७७ नम्बरको बसले ठक्कर दिएको हो । घाइते रानामगरको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।
बस र चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।