चितवन, ७ बैशाख
युवा तथा खेलकुद मन्त्री बिराज भक्त श्रेष्ठले भरतपुरस्थित कभर्डहलको निरीक्षण गरेका छन् ।
शुक्रबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)चितवनको टोलिसहित मन्त्री श्रेष्ठले हल निरीक्षण गरेका हुन् ।
मन्त्री श्रेष्ठले आगामी आर्थिक वर्षको बजेटमा ३० लाख कभर्ड हललाई विनियोजन गरिने बताए ।
कार्यक्रममा रास्वपा चितवनका सभापति कृष्ण प्रसाद भुसाल, सांसद रवि लामिछानेको सचिवालय इन्चार्ज राजेन्द्र अर्याल, बागमती प्रदेश स्वास्थ विभाग प्रमुख डा मनोहर प्रधान, नेपाल ट्रायथलन संघक केन्द्रिय सदस्य दिवाकर राज श्रेष्ठ, ट्रायथलन संघ चितवनका अध्यक्ष धुर्ब केसी लयायतका राजनीति तथा सामाजिक व्यक्तिहरुको उपस्थिति रहेको थियो ।