काठमाडौं, १४ वैशाख
काठमाडौंबाट नगद एक करोड ४३ लाख र डेढ किलो सुनसहित सातजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा गणेश दत्त बडू, आयुष बडू, दिनेश खरेल र भरतराज खरेल छन् । त्यस्तै भारतको महाराष्ट्रका अमल विभूति, सोहीका प्रकाश विभूति र गणेश सतिस बाल्टे छन् ।
उनीहरूलाई काठमाडौं महानगरपालिका–२४, दुच्छेनली टोलबाट बिहीबार पक्राउ गरिएको हो । आयुष बडू सुन व्यवसायी समेत हुन् ।
यस सम्बन्धमा थप अनुसन्धन भइरहेको प्रहरीले जनाएको छ ।