चितवन, १३ वैशाख
भरतपुर अस्पताल, यातायात कार्यालय र रेडक्रसको कार्यलयमा हुने अवैध क्रियाकलाप, बेथिति र समस्याहरुप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भरतपुर महानगरले ध्यानाकर्षण गराएको छ ।
आज महानगर सभापति सिता ज्ञावालीसहितको टोली कार्यालयमै पुगेर समस्या र सुधार गर्नु पर्ने विषयसहित ध्यानाकर्षण गराएको हो ।
अस्पताल, यातायात र रगतमा जनताले भोग्नु पर्ने समस्या र जनगुनासोको विषयमा कार्यालयमै गएर छलफल गरिएको महानगर सभापति सिता ज्ञावालीले जानकारी दिइन् ।
छलफलमा महानगर संगठन विभाग प्रमुख दिवाकर राज श्रेष्ठ, महानगर सदस्य परमेसोर चालिसे, प्रदेश विभागीय सदस्य नेत्र लामिछाने, वडा नम्बर १० का पार्टी सभापति जित पछाई, वडा सदस्यहरु खगराज आचार्य र रामप्रसाद पौडेल लगायतको उपस्थिति रहेको थियो ।
अस्पतालका सम्पूर्ण समस्या र गुनासोहरु स्वीकार गर्दै त्यसलाई सुधार गर्न आफू निरन्तर लागिरहेको अस्पतालका मेसु डा श्रीराम तिवारीले बताए ।