काठमाडौँ, १४ वैशाख
चौधरी ग्रुपले उत्पादन गरेको वाईवाई चाउचाउको गुणस्तर फेल भएको भेटिएको छ । काठमाडौं महानगरपालिकाको बजार अनुमगन समितिले गरेको अनुगमन पछिको परीक्षणबाट वाईवाईमा गुणस्तर नभएको पुष्टि भएको हो ।
नेपाल राजपत्रको गुणस्तर भन्दा अधिक मात्रामा एसिड प्रयोग भएको पाईएको महानगरपालिकाले जनाएको छ ।
महानगरको बजार अनुगमन समितिका अनुसार चाउचाउमा प्रयोग गरिने एसिड भ्यालु अफ एक्स्ट्रयाक्टेड फ्याट एनएमटी १ एम जी हुनुपर्नेमा चाउचाउमा १३.९३४ मिलिग्राम एसिड भ्यालु भेटिएको हो ।
महानगरको अनुगमन निरीक्षक डा.अवधेश झाका अनुसार चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना तिराउँदै गुणस्तरहीन चाउचाउ सबै फिर्ता गर्न निर्देशनसमेत दिइएको छ ।