Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
आइतबार, पुष २७, २०८२
☰
Logo आइतबार, पुष २७, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित

ब्रिटिस कलेजमाथि मानव तस्करीको आरोप, इन्टर्नसिपको नाममा दुबईमा विद्यार्थी अलपत्र

राष्ट्रिय स्तरीय “Public Speaking Rhetoric” अनलाइन वक्तृत्व प्रतियोगिताको घोषणा

अत्यधिक चिसोपछि तीन दिन विद्यालय बन्द

एक्सपर्ट स्टडी फेस्टमा विद्यार्थीले पाए वैदेशिक अध्ययनको जानकारी

भ्याली स्टेट कलेजमा वित्तीय साक्षरता तथा आईटी सचेतना कार्यक्रम आयोजना हुँदै

लक्ष्मीवैकुण्ठनाथ मन्दिर एवम् गुरुकुलको साधारण सभा तथा अधिवेशन सम्पन्न

लोकप्रिय समाचार

  • १. हेर्नुस् आज मिति २०८२ पौष २५ गते शुक्रवारको राशीफल

  • २. हेर्नुस आज मिति २०८२ पौष २६ गते शनिबारको राशीफल

  • ३. चितवन उवासंघ : कसले कति मत पाए ? (मत परिणाम सहित)

  • ४. चितवन २ मा रवि लामिछानेसँग भिड्न एमाले नेता राम कार्की तयार

  • ५. युवा विद्यार्थीमा राजनीतिक चेतनाको विकासका लागि अनेरास्ववियु चितवनको संगठन विस्तार अभियान सुरु

  • ६. चितवनमा घाँसदाउरा काट्न जंगल गएका व्यक्तिको गैँडाको आक्रमणबाट मृत्यु

  • ७. आज सोमबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् आजको राशिफल

  • ८. नवलपुरमा बसभित्रै डिजिटल प्रविधि तालिम, २० जना युवाको सहभागिता

  • ९. देशभर पश्चिमी वायुको आंशिक प्रभाव, यी चार प्रदेशमा हल्का वर्षाको सम्भावना

  • १०. हेर्नुस आज मिति २०८२ पौष २२ गते मंगलवारको राशीफल

संरक्षणको पर्खाइमा चितवनको बाल्मीकि आश्रम : भारत हुँदै जानुपर्ने बाध्यता

– राधेश्याम विश्वकर्मा
भैरहवा (रुपन्देही), १७ माघ
बाल्मीकि आश्रम जान त्रिवेणी हुँदै गण्डक ब्यारेजबाट पारिपट्टि भारतको बाल्मीकि नगर हुँदै जानुपर्छ । नेपालतर्फबाट बागमती प्रदेशमा रहेको चितवन राष्ट्रिय निकुञ्जको नियन्त्रणमा रहेको बाल्मीकि आश्रममा जाने बाटो नभएकाले गण्डकी प्रदेशबाट गण्डक ब्यारेज हुँदै भारतको बाल्मीकि नगर पुग्नुपर्ने बाध्यता रहेको छ ।

गण्डक ब्यारेजको छेउ हुँदै बाल्मीकि नगरबाट केहीबेर हिँडेपछि बाल्मीकि रिजर्भ टाइगर रिसोर्ट आउँछ । पहिलो सोधपुछ त्यहीँ हुन्छ । त्यहाँ एक सय रुपैयाँ गाडी प्रवेश शुल्क तिरेपछि प्रवेश गर्न पाइन्छ । त्यहाँबाट भित्र छिरेर पाँच÷छ किलोमिटर जङ्गलको बाटो अगाडि बढेपछि भारतीय सीमा सुरक्षा बल (एसएसबी) को पोस्ट आउँछ । एसएसबीको सोधपुछ पछि पाँच÷सात मिनेटको बाटो हिँडेपछि पञ्चभद्र (ताम्रभद्र) नदी आउँछ । उक्त नदी तरेपछि आउने अर्को नदी सोनभद्र (सोना) पनि तरेपछि मात्र नेपाल टेकिन्छ । सोनभद्र नदी तरेपछि बाल्मीकि आश्रम नेपालमा स्वागत गर्दछ भनेर लेखिएको बोर्ड भेटिन्छ ।

बाल्मीकि आश्रम पुग्ने जोसुकैलाई पनि त्यहाँँको सुनसात स्थिति र अव्यवस्थाले आश्चर्यचकित तुल्याउँछ । यही माघ ८ गते भगवान् रामको जन्मभूमि अयोध्यामा श्रीराम मन्दिरको भव्य प्राणप्रतिष्ठा भयो । विश्वभरिका हिन्दू धर्मावलम्बीको आस्थाको केन्द्र राममन्दिरको प्राणप्रतिष्ठाले विश्वभरि चर्चा पायो । भगवान् राम जन्मेको अयोध्यामा विश्वभरिका हिन्दूको ध्यान केन्द्रित हुँदा रामकै अर्धाङ्गिनी सीता बसेको तथा उहाँका छोराहरु लव र कुश हुर्किएको बाल्मीकि आश्रममा भने कुनै चहलपहल भएन ।

रामायणको महत्वपूर्ण पाटोका रुपमा रहेको हाल नेपालमा पर्ने बाल्मीकि आश्रम संरक्षणको पर्खाइमा रहेको छ । चितवन जिल्लाको माडी नगरपालिका–१ मा पर्ने यस आश्रमबारे धेरै नेपाली नै अनभिज्ञ रहेका छन् । नेपालमै रहेको बाल्मीकि आश्रम पुग्नलाई भारत हुँदै जानुपर्ने बाध्यता अहिले पनि रहेको छ ।

महर्षि बाल्मीकिले तपस्या गरेर ज्ञान प्राप्त गरेका र यहाँ बसेर रामायण लेखेको विश्वास गरिन्छ । त्रेतायुगमा रामको अविश्वासपछि सीता दोस्रोपटक वनबास जाँदा यहाँ पुगेको तथा लब र कुशलाई जन्म दिएको विश्वास गरिन्छ । यहाँ महर्षि बाल्मीकि, सीता र लब–कुशसँग जोडिएका धेरै प्रमाणहरु यत्रतत्र छरिएर रहेका छन् तर त्यसको संरक्षणको प्रयास भएको देखिँदैन । बाल्मीकि आश्रमलाई भारतीयले ठूलो तीर्थस्थलको रुपमा मान्ने गरेका छन् ।

नेपालमा रहेको बाल्मीकि आश्रममा ठूलो सङ्ख्यामा भारतीयहरु आउँदा नेपालीहरु भने नगण्य रुपमा पुग्ने गरेका छन् । “यहाँ आउने ९९ प्रतिशत श्रद्धालु भारतीय रहने गर्दछन् भने फाटफुट रुपमा नेपाली पुग्ने गरेका छन्”, स्थानीय रामशरणले भन्नुभयो, “यसको प्रमुख कारण भारत हुँदै आश्रम जानुपर्ने बाध्यता नै मुख्य हो ।”

हालै मात्र त्रिवेणीधाममा बाल्मीकि आश्रमलाई लक्षित गरी झोलुङ्गे पुलको निर्माण भएको छ तर बाटो नै नभएको ठाउँमा निर्माण भएको पुल सदुपयोग हुने कि नहुने भन्नेमा नै अन्यौल रहेको छ । राम बनवास बसेर अयोध्या आएपछि माता सीतालाई पुनः दोस्रो पटक बनवास पठाइएको स्थान हो बाल्मीकि आश्रम । आश्रममा रहनुभएका पुजारी शेखर सुवेदीका अनुसार आश्रम वरिपरि त्रेतायुगकालीन विभिन्न अवशेषहरु देख्न सकिन्छ । सीता माताको सिलौटो, उहाँले कन्दमूल खाने स्थान, अमृत कुवा, लब–कुश जन्मिएको स्थान, उनीहरुले पढेको स्थान, विश्वमित्रले देहत्याग गरेको स्थान, लब–कुशले अश्वमेध यज्ञको घोडा बाँधेको स्थानदेखि माता सीता पाताल गएको स्थानहरु यहाँ रहेका छन् ।

जङ्गलमा यत्रतत्र छरिएर रहेका यी महत्वपूर्ण ऐतिहासिक सम्पदाको भने संरक्षणको अभाव देखिएको छ । आश्रममा आउने श्रद्धालुको प्रत्यक्ष पहँुचमा रहेका यी सम्पदाहरु कुनै पनि बेला नासिएर जाने खतरा रहेको छ । आश्रमका पुजारी सुवेदीका अनुसार तत्कालीन राजा महेन्द्रले बाल्मीकि आश्रमका लागि १२ बिगाहा जमिन छुट्याउनु भएको थियो । तर हाल वन क्षेत्रमा रहेको भन्दै त्यहाँ आश्रमले कुनै पनि काम गर्न पाएको छैन ।

आश्रमको वरिपरि तीनवटा पुरानो घर, सशस्त्र प्रहरीको बिओपी रहेको छ । बाल्मीकि आश्रममा दुईवटा नयाँ मन्दिर बनाइएको छभने एउटा पुरानो मन्दिर रहेको छ । त्यहाँ फूल प्रसाद बेच्ने मान्छे मात्र देखिन्छन् ।

बाल्मीकि आश्रममा भौतिक पूर्वाधार र सञ्चार सुविधा राम्रो छैन । यस ऐतिहासिक ठाउँको संरक्षण र प्रचारप्रसार हुन सकेको छैन । विद्युत् लाइन विस्तार नहुँदा सोलारबाट केही उज्याले भने देख्न सकिन्छ । आश्रममा भएको सशस्त्र प्रहरीलाई मोबाइल चार्ज गर्न पनि अन्यत्र जानुपर्छ भने सञ्चार सेटले पनि काम गर्दैन । विद्यालय, स्वास्थ्य चौकीदेखि प्राथमिक आवश्यकतामा पर्ने शौचालयहरुको समेत अभाव रहेको छ । खानेपानी तथा बाटोको समस्या पनि त्यस्तै रहेको छ ।

नेपालतर्फ बाटो खुलेको भए बाल्मीकि आश्रम जान पैसा तिरेर दुःख झेलेर भारतीय भूमि प्रयोग गर्नु नपर्ने आश्रमका पुजारी सुवेदी बताउनुहुन्छ । गजेन्द्र मोक्ष धाम क्षेत्रबाट बाटो खोल्न सके तीन किलोमिटर दूरीमै नेपालतर्फबाट बाल्मीकि आश्रम पुग्न सक्ने उहाँको भनाइ छ । “भारतीय पर्यटकको लर्को लाग्ने बाल्मीकि आश्रममा नेपाल सरकारले भने बेवास्ता गरेको छ, भारत हुँदै आउँदा नेपालीले अनेक समस्या झेल्नुपर्छ ।”

गजेन्द्रमोक्ष क्षेत्रमा बनेको लब कुश झोलुङ्गे पुलबाट बाल्मीकि आश्रम जाने बाटो नबनाइएकाले उक्त झोलुङ्गे पुल फोटो खिच्न मात्र प्रयोग भएको उहाँको भनाइ छ । “गजेन्द्रमोक्ष धामबाट कि त पक्की पुल बनाएर बाल्मीकि आश्रम जाने मोटर बाटो बनाउनु प¥यो कि त झोलुङ्गे पुल हुँदै आश्रमसम्म पुग्ने पैदल मार्ग बनाउनु प¥यो अनि मात्र बाल्मीकि आश्रम जानका लागि नेपालीलाई सहज पहुँच हुने देखिन्छ” सुवेदीले सुझाव दिनुभयो

पश्चिम नवलपरासीबाट पूर्व सांसद रहनुभएका देवेन्द्रराज कँडेलले बाल्मीकि आश्रममा धेरै नेताहरुले आश्वासन दिए पनि व्यवहारमा लागू हुन नसकेको गुनासो गर्नुभयो । उहाँले रामायण सर्किटको विकास गरी त्यसमा बाल्मीकि आश्रमलाई पनि समेटनुपर्ने धारणा राख्नुभयो । यसका लागि सरकारले कूटनैतिक तवरले पहल गर्नुपर्ने उहाँको भनाइ छ । “रामको जन्मस्थल अयोध्या आउने पर्यटकहरुलाई लब–कुशको जन्मस्थल र माता सीता पाताल गएको स्थानबारे पनि जानकारी हुनु आवश्यक छ”, कँडेलले भन्नभयो, “तर हामीले यसलाई संरक्षणको अभावमा पहिचान दिलाउन सकेका छैनौँ ।”

बाल्मीकि आश्रमसम्म आउने झोलुङ्गे पुल तयार भए पनि चितवन राष्ट्रिय निकुञ्जको कारण यसको सदुपयोग हुन नसकेको उहाँले बताउनुभयो । पर्यटकको प्रचुर सम्भावना रहेको बाल्मीकि आश्रममा सबैको सहकार्यले रामायण परिपथ (सर्किट)कै रुपमा अगाडि बढाउनु पर्ने उहाँ बताउनुहुन्छ ।

भारतमा राम मन्दिरको प्राणप्रतिष्ठासँगै नेपालमा रहेको बाल्मीकि आश्रमबारे नेपालीको चासो बढेको छ । भैरहवाबाट बाल्मीकि आश्रम पुग्नुभएका सिद्धार्थ अग्रवालले बाल्मीकि आश्रमको अवस्था दयनीय रहेको बताउनुहुन्छ । “अयोध्यामा भएको राम मन्दिरको प्राणप्रतिष्ठापछि बाल्मीकि आश्रम हेर्ने इच्छा थियो तर यहाँ आउँदा धेरै दुःख पाएँ”, उहाँले भन्नुभयो “नेपालतर्फ निकुञ्जले बाटो दिएको छैन रे, विकाससँगै संरक्षण नै नपाएर महत्वपूर्ण सामग्रीहरु लोप हुने, हराउने अवस्था रहेको छ ।”

रामायण परिपथको कुराहरु उठिरहेको र जनकपुरसम्म रेल नै पुगेको अवस्थामा बाल्मीकि आश्रम साइकलमा समेत पुग्न सक्ने अवस्था नरहेको भन्दै उहाँले दुःख व्यक्त गर्नुभयो । नेपालका सम्बन्धित निकायहरुले यहा ध्यान दिन अग्रवालले आग्रह गर्नुभयो । ऐतिहासिक बाल्मीकि आश्रम संरक्षणको पर्खाइमा छ, नेपाल सरकार संस्कृति पर्यटन तथा नागरिक उड्डययन मन्त्रालय र वन मन्त्रालयले तत्काल कदम चालेर संसारकै प्रसिद्ध ठाउँ बाल्मीकि आश्रमलाई प्रवद्र्धन गर्न जरुरी रहेको सरोकारवालाहरुको सुझाव रहेको छ । – रासस

Chitwan Aaja चितवन आज
बुधबार, माघ १७, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
चुनाव आउँछ, जान्छ, त्योभन्दा बढी जनताको भरोसा जोगाउनु पर्नेछः महामन्त्री थापा
गैँडाकोट महोत्सवमा एकैदिन १० हजार दर्शकले गरे अवलोकन
चौथो गैँडाकोट महोत्सव : समीक्षालाई दर्शकको साथ

ताजा समाचार

सबै

चुनाव आउँछ, जान्छ, त्योभन्दा बढी जनताको भरोसा जोगाउनु पर्नेछः महामन्त्री थापा

गैँडाकोट महोत्सवमा एकैदिन १० हजार दर्शकले गरे अवलोकन

चौथो गैँडाकोट महोत्सव : समीक्षालाई दर्शकको साथ

यहाँ ‘बा’ ले नबोल भन्दैमा कोही चुप लाग्दैन : महामन्त्री थापा

६२ प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिले गरिसके हस्ताक्षर

पुरानै ढंगले नयाँ यात्रा गर्न सकिँदैन : विश्वप्रकाश शर्मा

‘प्रशान्त तामाङलाई विश्वभरको नेपालीभाषी समुदायले युगौंयुगसम्म सम्झिनेछ’

कांग्रेस विशेष महाधिवेशन सुरु

‘बेनी क्लिन लन्ड्रीबाट मासिक दुई लाख आम्दानी गर्दै २० वर्षीया राजन

सबुज बानियाँको सभापतित्वमा सुरु भयो कांग्रेस विशेष महाधिवेशन

चिसो बढेसँगै मुस्ताङमा पर्यटकीय रौनक घट्यो

अक्सफोर्ड कलेजमा दोस्रो अन्तर्राष्ट्रिय अनुसन्धान सम्मेलन भव्य रूपमा सम्पन्न

हृदयघातका कारण गायक प्रशान्त तामाङको निधन

सिमलताल नजिकै त्रिशूलीमा भेटियो सवारीको टुक्रा

धनुषामा चार हजार ५२७ निर्वाचन प्रहरी भर्ना गरिने

२८ सयले बढेपछि सुनको मूल्य २ लाख ७० हजार ६ सय कायम

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

चितवन महोत्सवमा स्काई वेलको १ करोडको गाडी बिक्री

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

लियो क्लब अफ नारायणगढ दियालोद्वारा लमजुङ्गका ४० जना विद्यार्थीलाई कपडा वितरण

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    हेर्नुस् आज मिति २०८२ पौष २५ गते शुक्रवारको राशीफल

  • २.
    हेर्नुस आज मिति २०८२ पौष २६ गते शनिबारको राशीफल

  • ३.
    चितवन उवासंघ : कसले कति मत पाए ? (मत परिणाम सहित)

  • ४.
    चितवन २ मा रवि लामिछानेसँग भिड्न एमाले नेता राम कार्की तयार

  • ५.
    युवा विद्यार्थीमा राजनीतिक चेतनाको विकासका लागि अनेरास्ववियु चितवनको संगठन विस्तार अभियान सुरु

  • ६.
    चितवनमा घाँसदाउरा काट्न जंगल गएका व्यक्तिको गैँडाको आक्रमणबाट मृत्यु

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.