Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
बुधबार, बैशाख ०९, २०८३
☰
Logo बुधबार, बैशाख ०९, २०८३
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

विद्यालय शुल्क निर्धारणसहितको विवरण पेस गर्न निर्देशन

बिदाको सदुपयोग गर्न चितवनमा निःशुल्क ‘सेसन ब्रेक क्याम्प २०८३’ आयोजना

शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

सप्तगण्डकी क्याम्पस र उद्योग वाणिज्य संघ चितवनबीच शैक्षिक-औद्योगिक सहकार्यको लागि सम्झौता

स्टार्स मन्टेश्वरीको १४औँ दीक्षान्त समारोहमा पूर्व मिस नेपाल माल्भिका सुब्बा आउँदै

‎बान्जाइ एजुकेसन कन्सल्टेन्सीको आयोजनामा नयाँ वर्ष २०८३ लक्षित खुल्ला नकआउट फुटसल प्रतियोगिता हुँदै

अङ्कुरम् एकेडेमीमा ‘ओपन हाउस २०८२’: विद्यार्थी र समुदायको उल्लेख्य सहभागिता

वैशाख १५ देखि नयाँ शैक्षिक सत्र सुरु गर्ने सरकारको निर्णय

सर्लाहीमा एसईई परीक्षा हलमा मोबाइलबाट चिट चोर्दै गरेका तीन परीक्षार्थी पक्राउ

लोकप्रिय समाचार

  • १. भरतपुर महानगरपालिका–११ अन्तर्गत रहेको कमलादेवी टोल विकास संस्थाको नयाँ कार्यसमिति  हिजो चयन

  • २. “अहिलेको बैंकिङ क्षेत्र: चुनौती र अवसर दुवै छन् – शाखा प्रमुख सतीश महर्जन”

  • ३. चितवनमा राष्ट्रिय आर्थिक गणना २०८२ को स्थलगत तथ्यांक संकलन सुरु, पहिलो दिन प्रभातफेरी कार्यक्रम

  • ४. शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

  • ५. बिदाको सदुपयोग गर्न चितवनमा निःशुल्क ‘सेसन ब्रेक क्याम्प २०८३’ आयोजना

  • ६. मनसुन पूर्वतयारीः चौबिसै घण्टा पूर्वसूचना र बाढी पूर्वानुमान सेवा सञ्चालन गरिने

  • ७. राहदानीमा गैरकानुनी टिप्पणी लेख्ने अध्यागमनका कर्मचारीमाथि छानबिन सुरू

  • ८. चितवनमा एक अर्ब ४७ करोड बढी राजस्व सङ्कलन

  • ९. दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालयमा सिल, १० विलासी गाडी नियन्त्रणमा

  • १०. सार्वजनिक लेखा समितिको सभापतिमा काँग्रेस सांसद खड्काको उम्मेद्वारी दर्ता

मध्यपूर्व युद्धः तनाव र आक्रमण बढ्दै

पेरिस, फागुन २४-
मध्यपूर्वमा जारी युद्ध दोस्रो सातामा प्रवेश गर्दा आक्रमण, विस्फोट र प्रतिकारात्मक कारबाहीहरू तीव्र हुँदै गएका छन् । इरान, इजरायल र खाडी क्षेत्रका विभिन्न देशहरूमा भएका पछिल्ला घटनाक्रमले क्षेत्रीय तनाव थप बढाएको छ भने ऊर्जा आपूर्ति, समुद्री मार्ग र सुरक्षा अवस्थामाथि गम्भीर प्रभाव परेको छ ।

अमेरिका र इजरायलको संयुक्त आक्रमणपछि इरानी राजधानी तेहरानमा इन्धन वितरण अस्थायी रूपमा रोकिएको एक अधिकारीले बताएका छन् । तेहरान र आसपासका पाँच स्थानमा रहेका इन्धन भण्डारण तथा वितरण केन्द्रमा आक्रमण भएपछि ठूला आगलागी भएका थिए । बिहानैदेखि सहरका विभिन्न भागमा बाक्लो कालो धुवाँ देखिएको एएफपीका पत्रकारहरूले बताएका छन् ।

यसैबीच इरानको सर्वोच्च नेतृत्व परिवर्तन प्रक्रियाले पनि गति लिएको छ । देशको अर्को सर्वोच्च नेता चयन गर्ने जिम्मेवारी पाएको धार्मिक निकाय ‘एसेम्बली अफ एक्सपर्ट्स’ भित्र सम्भावित उम्मेदवारबारे सहमति बनेको जनाइएको छ, तर नयाँ नेताको नाम भने अझै सार्वजनिक गरिएको छैन । इरानी अधिकारीहरूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तराधिकारी चयनमा प्रभाव पार्ने दाबी अस्वीकार गरेका छन् । उता इजरायली सेनाले भने ‘कुनै पनि उत्तराधिकारी वा त्यस्तो नियुक्ति गर्न खोज्ने व्यक्ति’ लाई लक्ष्य बनाइने चेतावनी दिएको छ ।

लेबनानमा पनि द्वन्द्व फैलिएको छ । बेरुतस्थित एक होटलमा भएको इजरायली हवाई आक्रमणमा कम्तीमा चार जनाको मृत्यु भएको लेबनानको स्वास्थ्य मन्त्रालयले जनाएको छ । इजरायली सेनाले उक्त आक्रमण इरानको रिभोलुसनरी गार्ड्सको कुद्स फोर्ससँग सम्बन्धित कमान्डरहरूलाई लक्षित गरी गरिएको ‘सटीक कारबाही’ भएको दाबी गरेको छ ।

दक्षिणी लेबनानमा पनि इजरायलले इरान समर्थित हिजबुल्लाहसँग लडाइँ जारी राखेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार २० भन्दा बढी सहर र गाउँमा भएको हवाई आक्रमणमा आठ जनाको मृत्यु भएको छ ।

इरानभित्र पनि विभिन्न स्थानमा विस्फोटका घटना भएका छन् । आइतबार मध्य इरानको याजद प्रान्तमा विस्फोट भएको सरकारी सञ्चारमाध्यमले बताएका छन् । इरना समाचार एजेन्सीका अनुसार याजद सहरको बाहिरी क्षेत्रमा विस्फोट भएको हो, तर यसको कारण तत्काल स्पष्ट हुन सकेको छैन । यसअघि तेहरान र इस्फहानसहित देशका अन्य भागहरूमा पनि विस्फोटका खबर आएका थिए ।

समुद्री क्षेत्रमा पनि तनाव देखिएको छ । संयुक्त अरब इमिरेट्सको झण्डा बोकेको एक टगबोट शुक्रबार होर्मुज जलडमरुमा विस्फोट भएपछि डुबेको थियो । इन्डोनेसियाको विदेश मन्त्रालयका अनुसार जहाजमा रहेका सात चालक दलमध्ये तीन जना इन्डोनेसियाली सदस्य अझै बेपत्ता छन् । एक जना चालक दलका सदस्य ओमानमा उपचाररत छन् भने अन्यको खोजी कार्य जारी रहेको बताइएको छ ।

होर्मुज जलडमरु विश्वका सबैभन्दा महत्त्वपूर्ण समुद्री मार्गमध्ये एक हो, जहाँबाट विश्वको ठूलो परिमाणमा तेल तथा ग्यास पारवहन हुन्छ । युद्ध सुरु भएपछि यस मार्ग हुँदै जाने जहाजहरूमा आक्रमणका घटनाहरू बढेका छन् र समुद्री यातायात प्रभावित भएको छ ।

खाडी क्षेत्रका विभिन्न देशहरूले पनि नयाँ आक्रमणको जानकारी दिएका छन् । साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, कतार, कुवेत र बहराइनले आफ्ना क्षेत्रमा मिसाइल वा ड्रोन आक्रमण प्रयास भएको बताएका छन् ।

कुवेतको गृह मन्त्रालयका अनुसार देशमा ड्युटीमा रहेका दुई सीमा रक्षकको मृत्यु भएको छ । सेनाले ड्रोन आक्रमण देशको अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको इन्धन भण्डारण ट्याङ्कीलाई लक्ष्य बनाइएको जनाएको छ ।

साउदी अरेबियाको रक्षा मन्त्रालयले राजधानी रियादस्थित कूटनीतिक क्षेत्रमा लक्षित आक्रमण प्रयाससहित १५ वटा ड्रोन रोकेको जानकारी दिएको छ । बहराइनले मिसाइलको भग्नावशेष खस्दा तीन जना घाइते भएको र समुद्री पानीलाई पिउने पानीमा रूपान्तरण गर्ने डिसेलिनेसन प्लान्ट क्षतिग्रस्त भएको जनाएको छ ।

इरानले भने आफ्नो सैन्य क्षमता अझै बलियो रहेको दाबी गरेको छ । इरानको रिभोलुसनरी गार्ड्सका प्रवक्ताले देशको सेनाले छ महिनासम्म ‘तीव्र युद्ध’ लड्न सक्ने बताएका छन् । उहाँका अनुसार आगामी दिनहरूमा अझ उन्नत मिसाइल प्रणाली प्रयोग गर्न सकिनेछ ।

इरानी राष्ट्रपति मसुद पेजेस्कियानले पनि छिमेकी देशहरूको भूमिबाट आक्रमण भए त्यसको जवाफ दिन तेहरान बाध्य हुने बताउनुभएको छ । राज्य टेलिभिजनमा प्रसारित टिप्पणीमा उहाँले यस्तो प्रतिक्रिया कुनै देशसँग विवाद सिर्जना गर्न नभई सुरक्षाका लागि आवश्यक कदम हुने बताउनुभयो ।

एक दिनअघि पेजेस्कियानले आफ्नो देशविरुद्ध आक्रमणका लागि अमेरिकी सैन्य आधार उपलब्ध गराएका छिमेकी देशहरूसँग क्षमा याचना पनि गर्नुभएको थियो ।

यसबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको एक प्राथमिक विद्यालयमा भएको घातक आक्रमणका लागि तेहरानलाई दोष दिनुभएको छ । इरानी अधिकारीहरूका अनुसार उक्त घटनामा कम्तीमा १५० जनाको मृत्यु भएको छ ।

एयर फोर्स वनमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले आक्रमण इरानकै कारण भएको दाबी गर्नुभएको थियो । तर न्युयोर्क टाइम्सको अनुसन्धानले उक्त घटनामा सम्भवतः अमेरिकी सेना जिम्मेवार हुन सक्ने सङ्केत गरेको छ । एएफपीले भने घटनास्थलमा पहुँच नपाएकाले त्यसको स्वतन्त्र पुष्टि गर्न सकेको छैन ।

युद्धसँग सम्बन्धित अर्को घटनामा अमेरिकी पनडुब्बीसँगको ठक्करपछि डुबेको इरानी युद्धपोतका चालक दलका केही सदस्यलाई श्रीलङ्काको अस्पतालबाट डिस्चार्ज गरिएको छ । २२ जना चालक दल सदस्य उपचारपछि अस्पतालबाट बाहिरिएका छन् भने अन्य १० जनाको उपचार जारी रहेको बताइएको छ ।

श्रीलङ्काले अन्तर्राष्ट्रिय पानीमा भएको उक्त दुर्घटनापछि जहाज डुबेको स्थानबाट ८४ जनाको शव फेला पारेको जनाएको छ भने ६० भन्दा बढी व्यक्ति अझै बेपत्ता रहेको बताइएको छ । आक्रमणपछि अर्को इरानी युद्धपोतले श्रीलङ्काको समुद्री क्षेत्रमा शरण लिएको जानकारी पनि सार्वजनिक गरिएको छ । रासस

Chitwan Aaja चितवन आज
आइतबार, फागुन २४, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
स्ववियु खारेजी र विदेशी काउन्सिल सह्य हुने छैन : संयुक्त विद्यार्थी सङ्गठन
रवि लामिछानेको सांसद पद निलम्बनको माग गर्दै सर्वोच्चमा रिट पेस
भरतपुरमा विद्युत् महसुुल नतिर्ने दुईसय ७७ जना कालोसूचीमा

ताजा समाचार

सबै

स्ववियु खारेजी र विदेशी काउन्सिल सह्य हुने छैन : संयुक्त विद्यार्थी सङ्गठन

रवि लामिछानेको सांसद पद निलम्बनको माग गर्दै सर्वोच्चमा रिट पेस

भरतपुरमा विद्युत् महसुुल नतिर्ने दुईसय ७७ जना कालोसूचीमा

कञ्चनपुरमा बिहेमा गएका युवकको हत्या, दुई जना पक्राउ

युद्धविराममाथि सङ्कट, अमेरिका–इरान तनाव चुलिँदै

जापानमा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी जारी

पार्टीभित्रको फरक विचारलाई सम्मान गर्न नसके तानाशाही प्रवृत्ति बढ्छ: सांसद शाही

पार्टी निर्णयको पालना गर्छु, अनुसन्धानमा सहयोग गर्न तयार छु : गृहमन्त्री गुरुङ

राप्ती नदीमा भेटियो १७ घडियालको गुँड

अक्षय तृतीयाः पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको घुइँचो

कर्णाली नदीमा बेपत्ता बुवा–छोराको शव भेटियो

पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि फिर्ता लिन अध्यक्ष घिसिङको माग

असिनाले ७४ सवारीसाधनमा क्षति

वैशाख शुक्ल तृतीयाः आज अक्षय तृतीया पर्व मनाइँदै

कांग्रेसको क्रियाशील सदस्यता व्यवस्थित गर्न खोजेका हौं, अलमलमा नपरौं : महामन्त्री पौडेल

कांग्रेसको ‘संविधान संशोधन अध्ययन तथा सुझाव समिति’ले पायो पूर्णता

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    भरतपुर महानगरपालिका–११ अन्तर्गत रहेको कमलादेवी टोल विकास संस्थाको नयाँ कार्यसमिति  हिजो चयन

  • २.
    “अहिलेको बैंकिङ क्षेत्र: चुनौती र अवसर दुवै छन् – शाखा प्रमुख सतीश महर्जन”

  • ३.
    चितवनमा राष्ट्रिय आर्थिक गणना २०८२ को स्थलगत तथ्यांक संकलन सुरु, पहिलो दिन प्रभातफेरी कार्यक्रम

  • ४.
    शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

  • ५.
    बिदाको सदुपयोग गर्न चितवनमा निःशुल्क ‘सेसन ब्रेक क्याम्प २०८३’ आयोजना

  • ६.
    मनसुन पूर्वतयारीः चौबिसै घण्टा पूर्वसूचना र बाढी पूर्वानुमान सेवा सञ्चालन गरिने

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.