भरतपुर,वैशाख १५ –
यूएईमा करिब ९० दिनसम्म अलपत्र परेका भरतपुर–२ स्थायी घर भएका एक युवालाई भरतपुर महानगरपालिकाको पहल तथा सहकार्यमा नेपाल फिर्ता ल्याइएको छ।
भरतपुर महानगरपालिकाका कार्यवहाक चित्रशेन अधिकारीको सचिवालयका अनुसार वैदेशिक रोजगारीका क्रममा युएई पुगेका ती युवा विभिन्न कारणले त्यहाँ समस्यामा परेर लामो समय अलपत्र अवस्थामा रहेका थिए। परिवारको अनुरोध तथा स्थानीय पहलपछि महानगरपालिकाले सम्बन्धित निकायहरूसँग समन्वय गर्दै उद्धार प्रक्रिया अघि बढाएको थियो।
आवश्यक कागजी प्रक्रिया पूरा गरी कूटनीतिक पहलमार्फत ती युवालाई सुरक्षित रूपमा नेपाल फर्काइएको हो ।
नेपाल फर्किएपछि ती युवाको स्वास्थ्य अवस्था सामान्य रहेको र परिवारसँग पुनर्मिलन गराइएको छ।










