चितवन – चितवनमा लागुऔषध गाँजासहित एक युवक पक्राउ परेका छन् । प्रहरिले राप्ती नगरपालिका वडा नम्बर ३ स्थित मुडेबासका २४ बर्षका ज्ञान बहादुर प्रजालाई १० केजी गाँजासहित पक्राउ गरेको हो ।
प्रजाले आफ्नै घरटहरोमा लागुऔषध गाँजा लुकाईछिपाई राखेको छ भन्ने सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय भण्डाराबाट प्रहरी नायब निरिक्षक पदम बास्ताकोटीको कमाण्डमा टोलि खटिई उनको घरटहरोमा लुकाई छिपाई राखेको गाँजासहित पक्राउ गरेको हो । प्रजालाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।