कास्की, बैशाख १७
कक्षा १२ को प्रश्नपत्र आउट गरेको आरोपमा कास्की प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा शिक्षकहरू ३९ वर्षीय नारायण बास्तोला ३७ वर्षीय रामचन्द्र बास्तोला रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डीएसपी पसन्तकुमार शर्माका अनुसार पोखराको फूलबारीस्थित शिवशक्ति माविमा परीक्षा सञ्चालन भइरहेका बेला उनीहरूले विद्युतीय माध्यमबाट प्रश्नपत्र आउट गरेका थिए ।
उनीहरूलाई कक्षा १२ को आठवटा थप उत्तरपुस्तिका र तीनवटा मोबाइल फोनसहित पक्राउ गरिएको उनले बताए ।