भक्तपुर, १८ वैशाख
भक्तपुरबाट गाईको बाच्छो काटेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काभ्रे घर भएका ४२ वर्षीय वीर बहादुर रानामगर, ३५ वर्षीय काशीराम लोप्चन र सिन्धुपाल्चोक घर भएका ३४ वर्षका च्याङ्बा तामाङ रहेका छन् । प्रहरी प्रभाग सुडाल र वृत्त जगातीबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेका हुन् ।
आरोपीहरुले वैशाख १४ मा चाँगुनारायण नगरपालिका–९ ताथली स्थित भद्र कुमारी खोलामा बाच्छो काटेका हुन् ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।