भरतपुर, बैशाख १७
चितवनमा रगतको अभाव भएको छ ।
नेपाल रेडक्रस सोसाइटी चितवनले रगतको अभाव भएपछि रक्तदान गर्न अपिल गरेको छ ।
रेडक्रसले सूचना प्रकाशित गर्दै रक्तदान गर्ने अपिल गरेको हो ।
भरतपुर अस्पताल, वी.पी.कोइराला मेमोरियल क्यान्सर अस्पताल, कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल, चितवन मेडिकल कलेज शिक्षण अस्पताल लगायत नीजि÷प्राइभेट, सामुदायिक अस्पतालहरुमा उपचारार्थ आउने विरामीहरुको संख्या दिनहुँ बढ्दो भएकोले र हाल गर्मी मौसमका कारणले रक्तदान कार्यक्रमहरुको आयोजना कम हुनु गएकोले रगतको मागमा हाल अत्याधिक वृद्धि भई माग अनुसार रगत आपूर्ति गर्न कठिनाई भएको सोसाइटीका सभापति हरिप्रसाद पौडेलले जानकारी दिए ।
रगतको अभावमा पीडित मानवलाई जीवनदान दिन सम्पूर्ण रक्तदाता महानुभावहरु, रक्तदान गर्ने संघसंस्थाहरु, रेडक्रसकर्मीहरुमा रक्तदान कार्यक्रमको आयोजना गर्ने रेडक्रस सोसाइटीले आग्रह गरेको छ ।
साथै इच्छुक रक्तदाता महानुभाव एवं रेडक्रसकर्मीहरुले नेरेसो प्रादेशिक रक्तसञ्चार केन्द्र भरतपुर लगायत मातहतका रक्तसञ्चार युनिटहरु ९क्यान्सर अस्पताल युनिट, चितवन मेडिकल कलेज युनिट, वघौडा अस्पताल आकस्मीक रक्तसञ्चार इकाई, रत्ननगर नगरपालिका अन्र्तगत नेरेसो रक्तसञ्चार इकाई० मा गई रक्तदान गरी सहयोग गर्ने आग्रह गरेको छ ।