चितवन, १५ वैशाख
भरतपुर ११ स्थित कमलादेवी मन्दिर प्रांगणमा कमलादेवी मन्दिर योग साधना केन्द्रको उद्घाटन गरिएको छ । आजदेखि नै सञ्चालनमा आउने गरि पतंजली योग समिति चितवनको समन्वय एवम पोखरीचोक योगसाधना केन्द्रको सक्रियतामा उद्घाटन गरिएको हो ।
मन्दिर व्यवस्थापन समितीका उपाध्यक्ष राजु पौडेलको प्रमुख आतिथ्यतामा उद्घाटन कार्यक्रम गरिएको हो । उक्त उद्घघाटन कार्यक्रममा गाईखर्क टोल,कमलादेबी टोल, प्रगतीपथ टोल, नौरङ्गे टोल,पतन्जलि योग समिति चितवन, महानगर योगसमीति तथा पोखरीचोक योगसाधना केन्द्र लगायतका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
मन्दिरका अध्यक्ष पुन्य प्रसाद शर्माको संयोजकत्वमा ७ सदस्यीय व्यवस्थापन समिति गठन गरिएको छ भने उपाध्यक्ष राजु पौडेलको संयोजकत्वमा ९ सदस्यीय सल्लाहकार समिती गठन गरिएको छ ।
नवगठित समितिको बैठकले पतंजली योग समिति चितवनको समन्वय मा २२ गते देखी निःशुल्क योग विज्ञान शिविर सञ्चालन गर्ने, आवस्यक स्वास्थ्य शिविर राख्ने, रक्तदान कार्यक्रम गर्ने लगायतको निर्यण गरेको छ ।