काठमाडाैं जेठ २३,
काठमाडौंबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाजमा प्राविधिक समस्या आएपछि काठमाडौँ फिर्ता आएको छ।
‘प्रेसराइजेसन फेल’ भएपछि जहाजलाई काठमाडौं फर्काएर अवतरण गराइएको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।
धनगढीका लागि उडान भरेको जहाजमा प्राविधिक समस्या देखिएपछि काठमाडौंमै फिर्ता आएको कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए ।
‘जहाजको प्रेसराइजेसन फेलियर भएपछि काठमाडौँ फिर्ता भएको हो,’ उनले भने, ‘जहाज बाहिर र भित्रको अक्सिजन मेनटेन गर्ने सिस्टममा समस्या आएको थियो । जहाज सुरक्षित अवतरण भइसकेको छ ।’
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार