चितवन, १२ वैशाख
धादिङको गजुरी गाउँपालिका–६, बन्छेटारस्थित पृथ्वीराजमार्गमा गुडिरहेको एक्कासि ट्रकमा आगलागी भएको छ ।
भैरहवाको सुनौलीबाट काठमाडौँतर्फ जाँदै गरेको ना ४ ख ८६१७ नम्बरको ट्रकमा आगोलागी भएको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार ट्रकमा औषधि बनाउने केमिकल लोड गरिएको थियो ।
ट्रकमा लागेको आगो नियन्त्रणमा आउन नसक्दा ट्रकमासमेत क्षति भएको छ । घटनास्थलमा दमकल आउन ढिला भएकोले आगो नियन्त्रणमा लिन कठिन भएको चालक सुशील विकले बताए ।
औषधिजन्य केमिकलहरु एकआपसमा ठोक्किएर आगो सल्किएको हुन सक्ने चालक विकले बताए ।