काठमाडाैं जेठ १०,
आगामी दुई दिन देशभरको मौसम प्रतिकुल रहने पूर्वानुमान गरिएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी दुई दिनसम्म देशव्यापी रुपमा मौसम पूर्ण रुपमा सफा हुनेछैन ।
वर्षा/चट्याङ/हावाहुरीको सम्भावना रहेको छ ।
महाशाखाले ट्वीटरमार्फत भनेको छ, ‘आगामी दुई दिन सम्मनै देशव्यापी रुपमा मौसम पूर्ण रुपमा सफा नहुने साथै वर्षा/चट्याङ/हावाहुरीको सम्भावना रहेकोले मौसमी सूचना तथा जानकारी लिएर मात्र योजनाको तय गरौं।मौसम सचेत बनौं !’
हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ।