काठमाडाैं बैशाख ११,
मलेसियामा अभ्यासका क्रममा दुइटा सैनिक हेलिकप्टर ठोक्किँदा १० जनाको मृत्यु भएको छ । दुर्घटना मलेसियाको लुमुटमा भएको हो, जहाँ नौसेना आधार छ ।
दुर्घटनामा परेका एउटा हेलिकप्टरमा ७ र अर्कामा ३ जना सवार थिए । हेलिकप्टर स्टेडियममा खस्नुअघि एक अर्कासँग ठोक्किएको बीबीसीले जनाएको छ । बीबीसीका अनुसार हालसम्म दुर्घटनामा कोही बाँचेको जानकारी प्राप्त भएको छैन।
मलेशियन नौसेनाका यी हेलिकप्टरहरू रोयल मलेशियन नौसेना उत्सवको लागि प्रशिक्षण गरिरहेका थिए ।