काठमाडौँ, २० वैशाख
सहकारी काण्डमा फरार गितेन्द्रबावु (जीबी) राईको ‘हत्या’ भएको दाबी गर्ने डिल्लीराम खनाललाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीका अनुसार खनाललाई काठमाडौँबाट पक्राउ गरिएको हो ।
खनालले जीबी राईको हत्या भएको दाबी गरेर सामाजिक सञ्जाल ‘युट्युब’मा अन्तर्वार्ता दिएका थिए । विद्युतीय अपराधअन्तर्गत झुटा अफवाह फैलाउन नहुने कसुरमा म्याद लिएर खनालविरुद्द अनुसन्धान भइरहेको एसपी अधिकारीले जानकारी दिए ।