काठमाडौँ, २० वैशाख
पत्नी परपुरुषसँग बोलेको थाहा पाएपछि एक युवकले श्रीमतीको हत्या गरेका छन् । ओलखढुंगाको सिद्धिचरण नगरपालिका वडा नम्बर–३ घर भइ हाल काठमाडौँ महानगरपालिका–६ स्थित भुवलडाँडामा रहेको छिरिङ लामाको घरमा बस्ने ३५ वर्षीय सन्तोष परियारले श्रीमती अनिसा चाहारको हत्या गरेका हुन् ।
श्रीमतीको हत्या गरेपछि आफै प्रहरी वृत्त बौद्धमा पुगेर परियारले भने,‘श्रीमतीलाई मैले कुटेर हत्या गरेँ ।’ त्यसपछि डीएसपी राजु पाण्डेसहितको प्रहरी टोलि घटनास्थलमा पुगे । घरको भुईँ तलामा ढोका खोलेर हेर्दा अनिसा ओछ्यानमा मृत अवस्थामा थिइन् । उनको अनुहार, निधार, पेट तथा छातीमा चोट देखिएको प्रहरीले बताएको छ ।
पत्नीसँग शंका लागेपछि मोबाइलमा अडियो रेकर्ड सेट गरेर सन्तोषले अनिसाको गतिविधि निगरानी गरे । पर पुरुषसँग बोलेको ४ मिनेटको अडियो सुनेर आफूलाई असह्य भएपछि कुटेर हत्या गरेको सन्तोषले प्रहरीलाई बयान दिएका छन् ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।