काठमाडाैं चैत १२,
नेपाल भ्रमणमा रहेको आयरल्यान्ड ‘ए’ले टी–२० क्रिकेटको पहिलो खेलमा नेपाललाई १२२ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा साेमवार बिहान टस जितेर पहिले ब्याटिङ रोजेको आयरल्यान्डले २० ओभरमा सबै विकेट गुमाउँदै नेपाललाई १२१ बनाएको हाे ।
आयरल्यान्डका लागि स्टेफन दोनीले ४६ रनको उच्च योगदान दिए । यस्तै थोमस मयस र लियाम म्याकार्थीले दुवैले १६–१६ रनको बनाए ।
नेपालका लागि गुल्सन झा, ललित राजवंशी र कुशल भुर्तेल तीनै जनाले दुई–दुई विकेट लिए ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार