काठमाडौं , माघ ५ –
सोमबार सुनचाँदीको भाउले नयाँ रेकर्ड बनाएको छ ।
सुनको भाउ तोलामा ४ हजार २ सय रुपैयाँ बढेर २ लाख ८२ हजार रुपैयाँ तोकेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अघिल्लो दिन २ लाख ७७ हजार ८ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।
यसअघि गत बुधबार सुनको मूल्यले प्रतितोला २ लाख ७८ हजार रुपैयाँको अधिकतम रेकर्ड बनाएको थियो । सो रेकर्ड आज सोमबार तोडिएको हो ।
त्यस्तै , चाँदीको भाउले पनि नयाँ रेकर्ड बनाएको छ । अघिल्लो दिन प्रतितोला ५ हजार ६२५ रुपैयाँमा कारोबार भएको चाँदी आज १८५ रुपैयाँ बढेर ५ हजार ८१० रुपैयाँ पुगेको छ । यसअघि चाँदीको भाउ गत बुधबार ६ हजार ६५५ रुपैयाँको अधिकतम रेकर्ड बनाएको थियो ।
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार






