भरतपुर, २ पुस
एक्सपर्ट एजुकेसन एण्ड भिजा सर्भिसेज चितवनले बुधबार आयोजना गरेको शैक्षिक मेला ‘ग्लोबल स्टडी फेस्टः क्यानडा–न्युजिल्याण्ड’ मा विद्यार्थीको घुइँचो लागेको छ ।
भरतपुर–१०, स्थित एक्सपर्ट बेसक्याम्पमा गरिएको मेलामा विद्यार्थीहरुको दिनभर भीड लागेको थियो ।
फेस्टमा क्यानडा र न्युजिल्याण्डका डेढ दर्जन युनिभर्सिटी तथा कलेजका प्रतिनिधिबाट विद्यार्थीले प्रत्यक्ष रुपमा जानकारी लिएको एक्सपर्टका बिजनेस डेभलपमेन्ट म्यानेजर विनोदबाबु रिजालले जानकारी दिए । बिहान १० बजेदेखि सुरु भएको मेलामा अबेरसम्म विद्यार्थी उपस्थित थिए । उनीहरुले प्रत्यक्षरूपमा युनिभर्सिटी तथा कलेजका प्रतिनिधिबाट नै प्रक्रिया र पढ्ने अवसरको बारेमा सबै जानकारी पाएकोमा खुसी व्यक्त गरे ।
एक्सपर्ट चितवनका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले मेलामा सहभागी सबै विद्यार्थीहरुलाई धन्यवाद दिए । ‘ब्याचलर्स, मास्टर्स तथा रिसर्च लेभलका विभिन्न प्रोग्राममा पढ्न विदेश जान चाहने विद्यार्थीको उल्लेख्य उपस्थिति रह्यो, केही वर्षपछि जाने तयारीमा रहेका विद्यार्थीहरु समेत उपस्थित भएर मेलाको फाइदा उठाउनुभएको छ’–अधिकारीले भने ।
फेस्टको बैंकिङ पार्टनरमा माछापुँछ«े बैंक रहेको थियो । विद्यार्थीहरुले त्यहाँबाट वैदेशिक अध्ययनमा जाँदा गर्नुपर्ने बैंकिङ प्रबन्धको बारेमा पनि जानकारी लिएका छन् ।
एक्सपर्टले २२ वर्षदेखि शैक्षिक परामर्शको क्षेत्रमा काम गर्दै आइरहेको छ । यहाँबाट अष्ट्रेलिया, क्यानडा, युके, युएसए तथा न्युजिल्याण्डका विश्वविख्यात युनिभर्सिटी तथा कलेजमा अध्ययन गर्न जानका लागि शैक्षिक परामर्श प्रदान गरिने अपरेसन म्यानेजर किरण पौडेलले जानकारी दिए ।






