चितवन, पुस ७-
राष्ट्रिय स्तरको अनलाइन वक्तृत्वकला प्रतियोगिता “Public Speaking Rhetoric” को आयोजना गरिएको छ। यसको पहिलो चरणको आधिकारिक सूचना सोमबार प्रकाशित भएको छ।
प्रतियोगिताको पहिलो चरणको लागि “अबको नेपालमा ZEN-Z को भूमिका” विषयमा ३ मिनेटको भिडियो बनाएर पेश गर्नु पर्नेछ। आयोजक समितिका अनुसार, भिडियो २०८२ साल कोजाग्रत पूर्णिमा (२०८२/०९/१०) गतेसम्म पेश गर्नुपर्नेछ। १५ देखि २९ वर्ष उमेर समूहका नेपाली भाषी युवा यस प्रतियोगितामा सहभागी हुन सक्नेछन्।
प्रतियोगिता दुई चरणमा सञ्चालन हुनेछ। पहिलो चरणमा उत्कृष्ट २० जना प्रतिस्पर्धी छनोट हुनेछन् भने दोस्रो चरणमा आयोजकले नै नयाँ विषय दिई ३ मिनेटको भिडियो बनाउन लगाउनेछ। दोस्रो चरणको मूल्याङ्कन सामाजिक सञ्जालमा प्राप्त लोकप्रियता (५०%) र निर्णायक मण्डलको निर्णय (५०%) को आधारमा हुनेछ।
उत्कृष्ट तीन जनालाई नगद राशि, ट्रफी, मेडल र सम्मानपत्रले पुरस्कृत गरिनेछ। प्रथम पुरस्कार ३० हजार, द्वितीय २० हजार र तृतीय १० हजार रूपैयाँ रकम रहनेछ।
ध्यान दिनुपर्ने मुख्य बुँदाहरू:
· भिडियो ल्यान्डस्केप मोडमा न्यूनतम ७२०पी (720p) को गुणस्तरको हुनुपर्छ।
· भिडियो अनिवार्य रूपमा नेपाली भाषामा हुनुपर्छ।
· सहभागीले आफ्नो वास्तविक नाम, ठेगाना र सम्पर्क नम्बर उल्लेख गर्नुपर्छ।
· भिडियोमा अश्लील, घृणा वा विद्वेष फैलाउने सामग्री हुनु हुँदैन।
सहभागिता दर्ता र भिडियो पेशगर्न आयोजकले तोकेको गूगल फर्म (Google Form) मार्फत गर्नुपर्नेछ। थप जानकारीको लागि कार्यक्रम संयोजक समीर लामिछाने ९७४५२९०२८३ मनिष पौडेल ९८११२६३९७३ रुपक घिमिरेलाई ९७४१७९१०३७ सम्पर्क गर्न सकिनेछ।
यस प्रतियोगिताले नेपाली युवाको वक्तृत्व क्षमता, चिन्तन र डिजिटल सञ्चार कौशललाई प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ।






