चितवन, माघ ७ –
लियो क्लब अफ नारायणगढ दियालोले लमजुङ्गका ४० जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ ।
क्लबले शनिवार लमजुङ्गको दोर्दी गाउँपालिका बडा नम्वर २ मा रहेको लक्ष्मीनारायण नारायण माध्यमिक विद्यालयका कक्षा ५ सम्मका ४० जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको हो ।
विद्यार्थीहरुका लागि प्रोजेक्ट न्यानो अर्न्तगत न्यानो कपडा वितरण कार्यक्रम गरेको लियो क्लब अफ नारायणगढ दियालोका अध्यक्ष रमन वाग्लेले बताए ।
कार्यक्रमलाई ब्रिज एजुकेशन, एएस इन्टेरियर, मुक्तिनाथ अटो ट्रेडिङ्ग र लियो क्लवका सदस्यहरुले सहयोग गरेका थिए ।