Chitwan Aaja SKIP THIS
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
बुधबार, चैत १५, २०७९
☰
बुधबार, चैत १५, २०७९
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

    भर्खरै

    बैंकर ढकालको ‘जौवा’ सार्वजनिक

    एसईईको परीक्षा ‘होम सेन्टर’मा गर्ने व्यवस्था मिलाउन सांसदको माग

    जनक शिक्षाका प्रबन्ध निर्देशक भन्छन्– चैतभित्र विद्यार्थीको हातहातमा पुस्तक पुग्छ

    चितवनबाट यो बर्ष १० हजार ८ सय ८५ जना बिद्यार्थी एसईईमा सहभागी

    स्थगन भएका क्याम्पसमा चैत १२ गतेभित्रै स्ववियु निर्वाचन सम्पन्न गर्न त्रिभुवन विश्वविद्यालयको निर्देशन

    एसईईमा पाँच लाख १६ हजार सहभागी हुँदै, दुई हजार बढी परीक्षा केन्द्र

    चितवनका २ क्याम्पसमा मात्रै स्ववियु निर्वाचन, १८ क्याम्पसमा रोकियो : चुनाव गराउन माग गर्दै अनेरास्ववियुको प्रदर्शन

    स्ववियु निर्वाचन तोकिएकै मितिमा नगरेको भन्दै अमर जनशक्ति बहुमुखी क्याम्पस पटिहानीमा विरोध प्रदर्शन

    स्ववियु निर्वाचन : कीर्तिपुरसहित केहीमा मतदान, अधिकांश ठूला क्याम्पसमा स्थगित

    लोकप्रिय समाचार

    • १. कालिकामा पानी खुवाएको एक घण्टामा गोठका सबै पशु मरे

    • २. जापानमा रहेकी भरतपुरकी आरती एक हप्तादेखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

    • ३. चितवनमा विक्रमबाबा मेला सुरु

    • ४. चितवन २ उपनिर्वाचन : रवि लामिछाने दोहोरिने, अन्य पार्टीमा उम्मेद्वार बन्न खोज्नेहरुको लर्काे

    • ५. भरतपुरमा जारी जुत्ता चप्पल मेलामा एक लाख २५ हजार बढीले गरे अवलोकन

    • ६. यस्ता छन् हरेक दिन काजु खानुका चार फाइदा

    • ७. ८ महिनामा ४३ करोडको काजु भित्रियो

    • ८. रत्ननगर प्रहरीद्वाराहराएका मोबाइल फोन फेला पारी धनीलाई हस्तान्तरण

    • ९. अनेरास्ववियुद्वारा अमर जनशक्ति बहुमुखी क्याम्पसका छात्रालाई प्याड वितरण

    • १०. अब चितवनबाटै बन्ने भयो लाइसेन्स, आइतबारदेखि फाराम भर्ने तयारी

    नसुधारिएको बालसुधारगृह

    रुपन्देही, वैशाख २७ –

    कानुनी विवादमा परेका बालबालिकालाई सुधार गर्न २०७५ भदौ ५ गते भैरहवामा बालसुधारगृह स्थापना भयो । सङ्घीय सरकार, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सहयोगमा सिद्धार्थनगर-७ गार्गी पथमा स्थापित बालगृह ६० जना क्षमताको भए पनि १०२ बालक सो गृहमा छन् । साविकको महिला तथा बालबालिका कार्यालयका तीन कोठामा जबर्जस्ती कोचिएर बस्नुपर्ने बाध्यता बालबालिकालाई छ ।

    खासगरी बालबालिकाका मुद्दा १२० दिनभित्र फैसला गरिसक्नुपर्ने कानुनमा उल्लेख भए प नि समयमा फैसला नभएकाले यहाँका ४० बालकले कष्टकर दिन गुजारेका छन् । सो सुधारगृहमा खुला ठाउँ छैन, शौचालयसमेत सफा छैन, खाना खाने र पकाउने ठाउँ उस्तै भद्रगोल छ । पेटभरी खानासमेत उपलब्ध नहुँदा आफूहरूले कष्टकर जीवनयापन गरिरहेको सजाय भोगिरहेका बालबालिकाले आआफ्ना अभिभावकसमक्ष बताउने गरेका छन् । क्षमताभन्दा बढी कोचिएर बस्नुपरेपछि अधिकांश बालकलाई छालासम्बन्धी रोग लागेको छ । तीमध्ये बाह्र बालकलाई क्षयरोग लागेको छ । तीन जनाले अहिले पनि औषधि सेवन गरिरहेका छन् । सानाठूला सबै बालकलाई एकै ठाउँमा भद्रगोल अवस्थामा राखिएको एडभोकेसी फोरमका सदस्य तथा बालकल्याण संस्थाका अध्यक्ष शिवप्रसाद गौडेल बताउनुहुन्छ ।

    नेपालको संविधान, बालअधिकारसम्बन्धी महासन्धि १९८९ र बालबालिकासम्बन्धी ऐन २०७५ अनुकूल राज्यले बालबालिकाका लागि सुनिश्चित गरेका अधिकार समावेश गरेर बालगृहलाई सुधारगृहका रूपमा विकसित गर्नुपर्नेमा कारागारको विकल्पका रूपमा सुधारगृहलाई राख्ने काम भएको उहाँको भनाइ छ । “त्यहाँ न खेल्ने ठाउँ छ न उनीहरूले घाम देख्न पाउँछन् । पढ्न, खेल्न हिँडडुल गर्न, शारीरिक अभ्यास गर्न पाउने अवस्थासमेत छैन जसले गर्दा बालकहरू अधिकारबाट वञ्चित भएका छन्”, उहाँ भन्नुहुन्छ । यसको सुधारका लागि तीनै तहका सरकारको समन्वय हुनुपर्ने उहाँको भनाइ छ । “प्रदेशमा रहेका बालसुधारगृहलाई बालमैत्री बनाउने दायित्व प्रदेश सरकारको पनि हो, यसमा सबै जिम्मेवार बन्नुपर्छ”, उहाँँ भन्नुहुन्छ, “स्थानीय तहका पालिकामा बालकल्याण अधिकारी नियुक्त गर्नुपर्ने व्यवस्था भए पनि अहिलेसम्म हुन सकेको छैन ।”

    जुनसुकै समाजमा पनि विभिन्न विकृति एवम् कानुन विपरीतका अपराधजन्य गतिविधि कुनै न कुनै रुपमा हुने गर्छन् । यस्ता गतिविधिमा बालबालिकाको संलग्नता पनि हुने गर्छ । सामान्यतयाः बालबालिका आफैँले कानुन विपरीतका अपराधजन्य कार्य गर्दैनन् । यसमा वरिपरिको वातावरण, सङगत एवम् कतिपय अवस्थामा लोभ, लालच, दबाबजस्ता कुराले प्रभावित पार्ने हुनाले यस्ता कार्यमा संलग्न बालबालिकालाई कडा सजाय नदिई सुधारका उपाय अपनाउनुपर्छ भन्ने मान्यता रहिआएको छ ।

    सो सुधारगृह सञ्चालनमा आएपछि विभिन्न जिल्लाबाट कानुनको विवादमा परेका बालबिज्याइँमा संलग्न बालकलाई सुधारका लागि राख्न सुरु गरिए पनि क्षमताभन्दा बढी बालक हुँदा व्यवस्थापनमा समस्या भएको छ । शिक्षा, स्वास्थ्य, पौष्टिक आहार जस्ता नैसर्गिक अधिकारबाट उनीहरू वञ्चित भएका छन् ।

    भौतिक संरचनाको कमीले उनीहरू राम्रोसँग बस्ने र हिँडडुल गर्न पाउने अवस्था छैन । भौतिक पूर्वाधार मात्र नभई तिनको समग्र विकास प्रक्रिया प्रभावित भएको छ । सरकारी पक्षबाट बेवास्ता हुँदा सुधारगृह सुधारगृहजस्तो नभइ भद्रगोल अवस्थामा छ ।

    बालकहरूलाई राख्न पर्याप्त संरचना नभएकाले व्यवस्थापनमा कठिनाइ भएको सुधारगृहका प्रमुख बाल संरक्षण अधिकृत सुभद्रा गौतम गुनासो गर्नुहुन्छ । “ठाउँ साँघुरो छ, बालकहरू खेल्न र राम्रोसँग हिँडडुल गर्नसमेत पाउँदैनन्”, उहाँ भन्नुहुन्छ, “संरचना पर्याप्त नहुँदा केही गर्न सकिएको छैन ।” बालकहरू पठनपाठनसँगै मनोरञ्जनात्मक क्रियाकलापबाट समेत वञ्चित छन् । पन्ध्र बालकले स्वाध्ययन गरे पनि शिक्षकको व्यवस्था गरेर अध्यापन गराउन नसकिएको उहाँको भनाइ छ । “अहिले मनोपरामर्शको काम पनि रोकिएको छ, दरबन्दी नभएपछि निरन्तर मनोपरामर्श दिन सकिएको छैन”, गौतम भन्नुहुन्छ ।

    एडभोकेसी फोरम नेपाललगायत अन्य स्थानीय सङ्घसंस्थाले बालबालिकाको सूचनामाथि पहुँच, मनोरञ्जन, शिक्षा, स्वास्थ्योपचारलगायतका लागि सरसामग्रीको सहायता दिएको भए पनि स्थानाभावका कारण सहयोग गर्ने सङ्घसंस्था पनि खुम्चिनुपरेको उहाँ बताउनुहुन्छ ।

    कानुनी विवादमा परेका १८ वर्षमुनिका बालकलाई यहाँको बालगृहमा राखिँदै आएको छ । कैद सजाय भुक्तान गरिरहेका र पुर्पक्षका लागि अदालतले पठाएका बालक सो सुधारगृहमा छन् । नाबालकहरू कानुनी राज्यको पूर्ण ज्ञान हासिल गर्ने क्षमता राख्न नसक्दा कानुनको विवादमा पर्न सक्छन् । यसरी विवादमा आउने बालबालिकालाई सुधार गरी उनीहरूको सुन्दर भविष्य निर्माणका लागि राज्यले लगानी गर्ने हेतुले बालसुधारगृहको परिकल्पना गरिए पनि सो सुधारगृहको अवस्थामा अझै पनि सुधार हुन नसक्नु तथा क्षमताभन्दा बढी बालबालिका राखेर यातनागृह जस्तो बनाउनु विडम्बना भएको एड्भोकेसी फोरम लुम्बिनी प्रदेश संयोजक अधिवक्ता इन्दिरा आचार्य बताउनुहुन्छ ।

    सरकारले थुनुवामा रहेका बालबालिकालाई दैनिक सात सय ग्राम चामल र ६० रुपियाँ दिन्छ । यसले बालबालिकाको दैनिक खर्च धान्नसमेत मुस्किल हुने गरेको छ । सो उमेरमा पर्याप्त पोषणयुक्त खानाको व्यवस्था त कता हो कता, पेटभरी खान पाउने अवस्थासमेत छैन । सरकारले दिएको रकमले साँझबिहान तरकारीलगायत अन्य आवश्यक खाद्यवस्तु किन्न र खाजा खुवाउन अपुग हुने गरेको छ । यहाँ उनीहरू आफूहरूलाई दिइनुपर्ने आवश्यक सबै सुविधाबाट वञ्चित हुँदा तिनमा कान नसुन्ने र आँखा नदेख्ने समस्या पनि देखिएको छ ।

    अहिले गर्मीका कारण सुधारगृहका बालकहरू झन् बिरामी हुन थालेका छन् । टाउको दुख्ने, ज्वरो आउने जस्ता समस्याले अस्पताल पुर्‍याइरहनुपर्ने अवस्था आएको गृहका प्रमुख गौतम बताउनुहुन्छ । क्षमताभन्दा बढी बालक एउटै ठाउँमा लामो समय कोचिएर बस्नुपर्ने अवस्था आएपछि यही वैशाख ४ गते तिनले सुधारगृहमा होहल्ला गर्नाका साथै सामान तोडफोड गरेका थिए । “संस्थाले सहयोग गरेको टिभी थियो त्यही पनि बालकहरूले रिसाएर तोडफोड गरे, आजभोलि उनीहरू रिसाउन र चिढिन थालेका छन्, यस्तै अवस्था रहे बालकमा मानसिक समस्या देखा पर्न सक्छ”, प्रमुख बाल संरक्षण अधिकृत गौतमले ध्यानाकर्षण गराउनुभयो ।

    देशभरका सुधारगृहमा राखिएका बालबालिकाको अवस्था दयनीय रहेको जनाइएको छ । बाल इजालासबाट फैसला गर्दा बाल न्याय कार्यविधि र बालबालिकासम्बन्धी ऐन, २०७५ अनुकूल तोकिएको समयमा फैसलासमेत नहुँदा कतिपय बालबालिका लामो समय सुधारगृहका नाममा खोलिएका यस्तै ‘थुनागृह’मा बस्नुपरेको छ । “क्षमताभन्दा बढी भइसकेका स्थानमा पुनः बालबालिका राख्नका लागि आदेश हुनु फेरि अर्को अन्यायपूर्ण आदेश हो । यसरी अन्देखा भई आदेश गर्नु कति न्यायसङ्गत आदेश वा फैसला हुन सक्ला ?”, अधिवक्ता आचार्यको प्रश्न छ ।

    कानुनी विवाद र समस्यामा परेका बालबालिकालाई राखिने सो सुधारगृहमा लागूऔषध, कर्तव्य ज्यान, चोरी, जबर्जस्ती करणीलगायत मुद्दामा सजाय पाएका र पुर्पक्षका लागि थुनामा बसेका बालक छन् । अर्कातर्फ मुलुकका अधिकांश जिल्लाका कानुनी झमेलामा परेका बालकलाई पनि भैरहवाको सुधारगृहमा ल्याइने र बालबालिकामै लागेको मुद्दाको फैसला हुँदा कैद सजाय भएमा बालसुधारगृहमै सजाय भुक्तान गर्नुपर्ने व्यवस्थाले पनि सुधारगृहमा क्षमताभन्दा बढी बालक राखिएको छ । बाल इजलास हुँदा पनि बालबालिकाका मुद्दाको फैसला समयमा हुँदैन । अहिले स्थानीय तहको निर्वाचनका लागि सरकारले बाल इजलास हेर्ने न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत तोकेकाले बाल इजलासका मुद्दा स्थगन भएको अधिवक्ता गौडेल बताउनुहुन्छ ।

    बालबालिकाको सर्वोत्तम हितलाई विचार गरी तिनीहरू कसुरदार भएका मुद्दामा १० वर्ष उमेरसम्मका लागि कुनै सजाय हुँदैन । दशभन्दा माथि १४ वर्षसम्मका लागि अरू बालकलाई हुने कैदको आधा अर्थात् ६ महिना बालसुधारगृहमा राख्नुपर्ने व्यवस्था छ । सोह्रदेखि १८ वर्षसम्मका बालबालिकाले अपराध गरेमा उमेर पुगेकालाई हुने सजायको दुई तिहाइ सजाय हुने व्यवस्था छ । सजाय तोकिएमा बालसुधारगृहमा राख्नुपर्ने कानुनी व्यवस्था भए पनि भौतिक संरचना र कर्मचारी पर्याप्त नहुँदा बालकको बानी व्यवहार सुधार्न, पारिवारिक तथा सामाजिक पुनर्मिलन र पुनःस्थापनाका लागि चाहिने वातावरण, शिक्षा, स्वास्थ्य, खेलकुदको सुविधा अपुग भएको छ ।

    क्षमताभन्दा दोब्बर बालकलाई कोचाकोच गरेर राखिएको सुधारगृहको उचित व्यवस्थापनका लागि कसैले चासो दिएका छैनन् । बालसुधारगृह सञ्चालनका लागि स्थानीय तहलाई कानुनी अधिकार छैन । कानुनका अभावमा प्रदेश सरकारले समेत केही गर्न सक्ने अवस्था नरहेको कानुन, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव राजेन्द्र थापा बताउनुहुन्छ । “हामी बालसुधारगृहका लागि काम गर्न इच्छुक छौँ तर कानुन नहुँदा गर्न सकिएको छैन”, थापा भन्नुहुन्छ ।

    रुपन्देहीको सो बालसुधारगृहमा हालसम्म २९० बालकलाई राखिएको संस्थाको तथ्याङ्क छ । अन्य बालक कतिपय फैसला भई अभिभावकको जिम्मामा गएका छन् भने कतिपयलाई स्थानान्तरण गरी व्यवस्थापन गरिएको छ ।

    स्थानको पर्याप्तता र जनशक्तिको राम्रो व्यवस्थापन हुन नसके यसरी राखिएका बालकको भविष्य उज्ज्वल हुने अवस्था नदेखिएको मनोविमर्शकर्ता सुष्मा अर्यालको ठम्याइ छ । त्यहाँ रहेका बालकमध्ये ८० प्रतिशतलाई मनोविमर्शको जरुरी छ । सोका अभावमा कुनै पनि समय सुधारगृहभित्र अप्रिय घटना निम्तिन सक्ने हुँदा राज्यले तत्काल यसको स्तरवृद्धिमा ध्यान पुर्‍याउन उहाँको सुझाव छ । मनोविमर्श सेवाको उपलब्धताले सबैभन्दा पहिला प्रत्येक बालबालिकाको मनोसामाजिक अवस्था र समस्याको लेखाजोखा गरिनुपर्ने, सुधारगृहमा रहेकाहरूका अभिभावकसँग सम्पर्क र भेटघाट तथा महिनामा एक पटक फोनबाट कुराकानी गर्ने एवं इमेल तथा पत्राचार गर्ने व्यवस्था मिलाइदिनुपर्ने उहाँको आग्रह छ ।

    आगामी स्थानीय तहको निर्वाचनका सिलसिलामा कुनै दल वा स्वतन्त्र उम्मेदवार कसैको पनि यस्ता सुधारगृह वा कारागारको स्तरोन्नति र विकासका लागि चुनावी घोषणापत्रमा कार्यसूचीसमेत बन्न सकेको छैन । यस्तो संवेदनशील विषयमा पनि तीन तहका सरकार र राजनीतिक दल गम्भीर नबन्नु विडम्बना भएको उहाँको गुनासो छ । अहिले नेपालमा भैरहवा बालसुधारगृहसहित आठ सुधारगृह छन् ।

     

     

      Chitwan Aaja चितवन आज
      मङ्गलबार, बैशाख २७, २०७९ मा प्रकाशित
      तपाईको प्रतिक्रिया
      सम्बन्धित समाचार
      काठमाडौंका यी क्षेत्रमा हुनेछ आजदेखि आइतबारसम्म सवारी आवगमन प्रभावित (सवारी रुटसहित)
      मन्त्रालयको भागबन्डा मिलाउन सत्ता गठबन्धनको बैठक बस्दै
      आजको मौसमः कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका बर्षा हुने

      ताजा समाचार

      सबै

      कोशी विरुद्धको आन्दोलनमा पदम लिम्बूको मृत्युबारे छानबिन समितिले थाल्यो काम

      चैतेदशैँमा चितवनको सोमेश्वरगढी र गोद्धकमा भक्तजनको घुइँचो

      काठमाडौंका यी क्षेत्रमा हुनेछ आजदेखि आइतबारसम्म सवारी आवगमन प्रभावित (सवारी रुटसहित)

      विराट गोल्डकपः एपिएफ क्लबलाई हराउँदै लुका सकर फाइनलमा

      मन्त्रालयको भागबन्डा मिलाउन सत्ता गठबन्धनको बैठक बस्दै

      आजको मौसमः कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका बर्षा हुने

      हेर्नुहोस तपाईको आजको राशिफल

      एमालेलाई कमजोर बनाउने खेल भयो : अध्यक्ष ओली

      कोरोना सङ्क्रमणलाई रुघाखोकी भनेर बेवास्ता नगर्न मन्त्रालयको आग्रह

      एमालेलाई भित्तामा पुर्‍याउँछु भन्नेहरू आफै कुनामा पुगे : पोखरेल

      अश्लील हर्कत गर्ने दत्तले प्राध्यापकबाट पनि दिए राजीनामा

      दुर्गा प्रसाईंले मिटरव्याज पीडितलाई पठाएको एक ट्रक खाद्यान्न अभियन्ताले गरे फिर्ता

      सत्ता गठबन्धनले टुंग्याउन सकेन भागबन्डा

      मतदाता सङ्ख्या बढ्दो, निर्वाचन खर्च घट्दो

      थप २४ जनामा कोरोना सङ्क्रमण पुष्टि

      मोटरसाइकल दुर्घटना : श्रीमान–श्रीमतीको मृत्यु, छोरी घाइते

      हेर्नु भयो ?

      यसरी मनाए कलाकारले दसैँ

      चितवनमा ट्याङकरले मोटरसाइकललाई ठक्कर दिँदा बुवाको मृत्‍यु, छोरी घाईते

      अर्जुन भुषाल चितवनको माडी नगरपालिकाको मेयरमा उठ्ने

      चितवनका राजनको पोर्चुगलमा पौडी खेल्ने क्रममा डुबेर निधन

      चितवनमा हावाहुरीको वितण्डा : पोलहरु ढले, भरतपुर एफएमको टावर ढल्यो, रुख ढल्दा अटो दुर्घटना

      किसान बचतका प्रमुख कार्यकारी अधिकृत पौडेलको नुहाउने क्रममा नदीमा चिप्लिएर मृत्यु

      भरतपुरमा कांग्रेसका बागी उम्मेद्वार जग्गनाथ पौडेल : जसले प्रधानमन्त्री देउवा र प्रचण्डको अफर अस्वीकार गरे

      चितवनमा प्रचण्डसँग भिड्ने सफल युवा व्यावसायी चन्द्रविलासको घोषणा

      रेनु दाहालको घर अगाडि सरकारी गाडीको लावालस्कर : मौन अवधिमा प्रचण्डसहितको टोली भरतपुरमा के गरिरहेछ ?

      चितवनको नारायणी माविमा विद्यार्थी विद्यालय पुगेको र बाहिरिएको जानकारी दिने प्रविधि प्रयोग

      मौलाकालिका अस्पतालमा लापरबाहीका कारण बिरामीको मृत्यु, डक्टरलाई कारबाही गरिने

      चितवन–काठमाडौं एक घण्टाको द्रुतमार्ग : बनाउन सम्भव होला ? कसरी पारियो बजेट ?

      युवकको हत्याले भरतपुर तनावग्रस्त : आक्रोशित युवाद्वारा चुनाव प्रचारमा प्रयोग गरिएको म्याजिक तोडफोड

      एक दिनको वर्षातले भरतपुरको चौबिसकोठीमा पानीको ताल, अस्पताल रोडसम्मै पानी पुग्दा सास्ती (भिडियो)

      विशेष

      सबै
      • १.
        चितवन २ उपनिर्वाचन : रवि लामिछाने दोहोरिने, अन्य पार्टीमा उम्मेद्वार बन्न खोज्नेहरुको लर्काे

      • २.
        कमजोर विद्यार्थी संगठनलाई हेपेर ताला फुटाल्ने चितवन प्रशासन अखिल क्रान्तिकारीको पक्षमा उभियो

      • ३.
        चितवनका किसान फेरि आन्दोलित : कृषि औजारसहित कालो बेलुन लिएर सडकमा उत्रिए (फोटो/भिडियो)

      • ४.
        समाचार प्रभाव : गैंडाकोट नगरपालिकाले राजमार्गमा राखेको अबैध ढाट बन्द

      • ५.
        लुट मच्चाउँदै गैंडाकोटको ढाट : राजमार्गमा गुड्ने सवारीबाट अशुल्छ अबैध कर, लुट्ने काममा पनि नगरपालिकाको साथ

      • ६.
        गैंडाकोटका मेयर जसले आफ्ना विरोधीलाई सार्वजनिक सुनुवाईमै बोलाउँदैनन् (भिडियो)

      • ७.
        गैंडाकोटका मेयरद्वारा मनपरी नारायणी उत्खनन्, रिर्पाेटिङ्ग गर्न गएका पत्रकारमाथि धम्की र कुटपिट प्रयास

      • ८.
        चितवनको माडीमा सामुहिक खेती गर्ने भन्दै डुबाइयो राज्यको करोडौं रकम अनुदान

      • ९.
        ठेकेदारको लापरबाहीका कारण चितवनको माडीमा वर्षौंदेखि अलपत्र बने ७ वटा पुल (भिडियो)

      • १०.
        बजार मूल्य नपाएपछि चितवनका किसानहरुले सडकमा फाले तरकारी (फोटोफिचर)

      • ११.
        भरतपुर बाइपास विस्तारमा लापरबाही : वर्षाैंसम्म सडक अलपत्र पारेपछि ठेकेदारलाई कालोसूचीमा राखिँदै

      • १२.
        प्रचण्डलाई १७० जना सांसदको समर्थन

      साताको चर्चित

      • १.
        कालिकामा पानी खुवाएको एक घण्टामा गोठका सबै पशु मरे

      • २.
        जापानमा रहेकी भरतपुरकी आरती एक हप्तादेखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

      • ३.
        चितवनमा विक्रमबाबा मेला सुरु

      • ४.
        चितवन २ उपनिर्वाचन : रवि लामिछाने दोहोरिने, अन्य पार्टीमा उम्मेद्वार बन्न खोज्नेहरुको लर्काे

      • ५.
        भरतपुरमा जारी जुत्ता चप्पल मेलामा एक लाख २५ हजार बढीले गरे अवलोकन

      • ६.
        यस्ता छन् हरेक दिन काजु खानुका चार फाइदा

      चितवन आज मिडिया हाउस प्रा.लि.
      www.chitwanaaja.com
      भरतपुर, चितवन

      सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
      ३२२३-२०७८/७९

      सामाजिक संजालमा हामी

      Quick Links

      • हाम्रो बारेमा
      • सम्पर्क
      • विज्ञापन
      • डाउनलोड
      Copyright ©2023 Chitwan Aaja | All rights Reserved.
       Website By :  nwTech.