Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
बिहिबार, फागुन २१, २०८२
☰
Logo बिहिबार, फागुन २१, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

बिआइटिएम र बिएचएममा आरम्भ कलेज निरन्तर चितवन टप

निर्वाचन १८ दिन बाँकी: आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

आज चितवनमा ‘मेट्स इडु एक्स्पो २०२६’ हुँदै, सम्पूर्ण तयारी पूरा

कक्षा ११–१२ लक्षित ‘आरम्भ कप २०८२’ बास्केटबल प्रतियोगिता माघ १८ देखि

एसईई चैत १९ देखि २९ सम्म

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

आजबाट लागू भयो निर्वाचन आचारसंहिता

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

लोकप्रिय समाचार

  • १. निर्वाचन प्रहरीसहित दुई जनाको मृत्यु

  • २. संखुवासभा र ताप्लेजुङको सीमा क्षेत्रमा ४.७ म्याग्निच्युडको भूकम्प

  • ३. इरानमाथि ठूलो आक्रमण, राष्ट्रपति भवनसहित प्रमुख स्थलमा बम वर्षा

  • ४. सामाजिक सञ्जालमा अड्केर नबस्नुस् : गगन थापा

  • ५. सोधपुछपछि तारेखमा छुटे प्रकाउ परेका टिकटकर रतन कार्की

  • ६. मौन अवधि सुरु भएसँगै रवि लामिछानेको आधिकारिक फेसबुक ‘गायब’

  • ७. इरानले खाडी मुलुकमा गरेको हमलाको साउदी अरबद्वारा निन्दा

  • ८. अफगानिस्तानका ३७ स्थानमा हवाई आक्रमण गरेको पाकिस्तानको दाबी

  • ९. नागरिकहरूलाई घरभित्रै सुरक्षित रहन युएई सरकारको विशेष अपील

  • १०. चुनावी रन्कोबीच महोत्तरीमा पानीको चिन्ता

नसुधारिएको बालसुधारगृह

रुपन्देही, वैशाख २७ –

कानुनी विवादमा परेका बालबालिकालाई सुधार गर्न २०७५ भदौ ५ गते भैरहवामा बालसुधारगृह स्थापना भयो । सङ्घीय सरकार, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सहयोगमा सिद्धार्थनगर-७ गार्गी पथमा स्थापित बालगृह ६० जना क्षमताको भए पनि १०२ बालक सो गृहमा छन् । साविकको महिला तथा बालबालिका कार्यालयका तीन कोठामा जबर्जस्ती कोचिएर बस्नुपर्ने बाध्यता बालबालिकालाई छ ।

खासगरी बालबालिकाका मुद्दा १२० दिनभित्र फैसला गरिसक्नुपर्ने कानुनमा उल्लेख भए प नि समयमा फैसला नभएकाले यहाँका ४० बालकले कष्टकर दिन गुजारेका छन् । सो सुधारगृहमा खुला ठाउँ छैन, शौचालयसमेत सफा छैन, खाना खाने र पकाउने ठाउँ उस्तै भद्रगोल छ । पेटभरी खानासमेत उपलब्ध नहुँदा आफूहरूले कष्टकर जीवनयापन गरिरहेको सजाय भोगिरहेका बालबालिकाले आआफ्ना अभिभावकसमक्ष बताउने गरेका छन् । क्षमताभन्दा बढी कोचिएर बस्नुपरेपछि अधिकांश बालकलाई छालासम्बन्धी रोग लागेको छ । तीमध्ये बाह्र बालकलाई क्षयरोग लागेको छ । तीन जनाले अहिले पनि औषधि सेवन गरिरहेका छन् । सानाठूला सबै बालकलाई एकै ठाउँमा भद्रगोल अवस्थामा राखिएको एडभोकेसी फोरमका सदस्य तथा बालकल्याण संस्थाका अध्यक्ष शिवप्रसाद गौडेल बताउनुहुन्छ ।

नेपालको संविधान, बालअधिकारसम्बन्धी महासन्धि १९८९ र बालबालिकासम्बन्धी ऐन २०७५ अनुकूल राज्यले बालबालिकाका लागि सुनिश्चित गरेका अधिकार समावेश गरेर बालगृहलाई सुधारगृहका रूपमा विकसित गर्नुपर्नेमा कारागारको विकल्पका रूपमा सुधारगृहलाई राख्ने काम भएको उहाँको भनाइ छ । “त्यहाँ न खेल्ने ठाउँ छ न उनीहरूले घाम देख्न पाउँछन् । पढ्न, खेल्न हिँडडुल गर्न, शारीरिक अभ्यास गर्न पाउने अवस्थासमेत छैन जसले गर्दा बालकहरू अधिकारबाट वञ्चित भएका छन्”, उहाँ भन्नुहुन्छ । यसको सुधारका लागि तीनै तहका सरकारको समन्वय हुनुपर्ने उहाँको भनाइ छ । “प्रदेशमा रहेका बालसुधारगृहलाई बालमैत्री बनाउने दायित्व प्रदेश सरकारको पनि हो, यसमा सबै जिम्मेवार बन्नुपर्छ”, उहाँँ भन्नुहुन्छ, “स्थानीय तहका पालिकामा बालकल्याण अधिकारी नियुक्त गर्नुपर्ने व्यवस्था भए पनि अहिलेसम्म हुन सकेको छैन ।”

जुनसुकै समाजमा पनि विभिन्न विकृति एवम् कानुन विपरीतका अपराधजन्य गतिविधि कुनै न कुनै रुपमा हुने गर्छन् । यस्ता गतिविधिमा बालबालिकाको संलग्नता पनि हुने गर्छ । सामान्यतयाः बालबालिका आफैँले कानुन विपरीतका अपराधजन्य कार्य गर्दैनन् । यसमा वरिपरिको वातावरण, सङगत एवम् कतिपय अवस्थामा लोभ, लालच, दबाबजस्ता कुराले प्रभावित पार्ने हुनाले यस्ता कार्यमा संलग्न बालबालिकालाई कडा सजाय नदिई सुधारका उपाय अपनाउनुपर्छ भन्ने मान्यता रहिआएको छ ।

सो सुधारगृह सञ्चालनमा आएपछि विभिन्न जिल्लाबाट कानुनको विवादमा परेका बालबिज्याइँमा संलग्न बालकलाई सुधारका लागि राख्न सुरु गरिए पनि क्षमताभन्दा बढी बालक हुँदा व्यवस्थापनमा समस्या भएको छ । शिक्षा, स्वास्थ्य, पौष्टिक आहार जस्ता नैसर्गिक अधिकारबाट उनीहरू वञ्चित भएका छन् ।

भौतिक संरचनाको कमीले उनीहरू राम्रोसँग बस्ने र हिँडडुल गर्न पाउने अवस्था छैन । भौतिक पूर्वाधार मात्र नभई तिनको समग्र विकास प्रक्रिया प्रभावित भएको छ । सरकारी पक्षबाट बेवास्ता हुँदा सुधारगृह सुधारगृहजस्तो नभइ भद्रगोल अवस्थामा छ ।

बालकहरूलाई राख्न पर्याप्त संरचना नभएकाले व्यवस्थापनमा कठिनाइ भएको सुधारगृहका प्रमुख बाल संरक्षण अधिकृत सुभद्रा गौतम गुनासो गर्नुहुन्छ । “ठाउँ साँघुरो छ, बालकहरू खेल्न र राम्रोसँग हिँडडुल गर्नसमेत पाउँदैनन्”, उहाँ भन्नुहुन्छ, “संरचना पर्याप्त नहुँदा केही गर्न सकिएको छैन ।” बालकहरू पठनपाठनसँगै मनोरञ्जनात्मक क्रियाकलापबाट समेत वञ्चित छन् । पन्ध्र बालकले स्वाध्ययन गरे पनि शिक्षकको व्यवस्था गरेर अध्यापन गराउन नसकिएको उहाँको भनाइ छ । “अहिले मनोपरामर्शको काम पनि रोकिएको छ, दरबन्दी नभएपछि निरन्तर मनोपरामर्श दिन सकिएको छैन”, गौतम भन्नुहुन्छ ।

एडभोकेसी फोरम नेपाललगायत अन्य स्थानीय सङ्घसंस्थाले बालबालिकाको सूचनामाथि पहुँच, मनोरञ्जन, शिक्षा, स्वास्थ्योपचारलगायतका लागि सरसामग्रीको सहायता दिएको भए पनि स्थानाभावका कारण सहयोग गर्ने सङ्घसंस्था पनि खुम्चिनुपरेको उहाँ बताउनुहुन्छ ।

कानुनी विवादमा परेका १८ वर्षमुनिका बालकलाई यहाँको बालगृहमा राखिँदै आएको छ । कैद सजाय भुक्तान गरिरहेका र पुर्पक्षका लागि अदालतले पठाएका बालक सो सुधारगृहमा छन् । नाबालकहरू कानुनी राज्यको पूर्ण ज्ञान हासिल गर्ने क्षमता राख्न नसक्दा कानुनको विवादमा पर्न सक्छन् । यसरी विवादमा आउने बालबालिकालाई सुधार गरी उनीहरूको सुन्दर भविष्य निर्माणका लागि राज्यले लगानी गर्ने हेतुले बालसुधारगृहको परिकल्पना गरिए पनि सो सुधारगृहको अवस्थामा अझै पनि सुधार हुन नसक्नु तथा क्षमताभन्दा बढी बालबालिका राखेर यातनागृह जस्तो बनाउनु विडम्बना भएको एड्भोकेसी फोरम लुम्बिनी प्रदेश संयोजक अधिवक्ता इन्दिरा आचार्य बताउनुहुन्छ ।

सरकारले थुनुवामा रहेका बालबालिकालाई दैनिक सात सय ग्राम चामल र ६० रुपियाँ दिन्छ । यसले बालबालिकाको दैनिक खर्च धान्नसमेत मुस्किल हुने गरेको छ । सो उमेरमा पर्याप्त पोषणयुक्त खानाको व्यवस्था त कता हो कता, पेटभरी खान पाउने अवस्थासमेत छैन । सरकारले दिएको रकमले साँझबिहान तरकारीलगायत अन्य आवश्यक खाद्यवस्तु किन्न र खाजा खुवाउन अपुग हुने गरेको छ । यहाँ उनीहरू आफूहरूलाई दिइनुपर्ने आवश्यक सबै सुविधाबाट वञ्चित हुँदा तिनमा कान नसुन्ने र आँखा नदेख्ने समस्या पनि देखिएको छ ।

अहिले गर्मीका कारण सुधारगृहका बालकहरू झन् बिरामी हुन थालेका छन् । टाउको दुख्ने, ज्वरो आउने जस्ता समस्याले अस्पताल पुर्‍याइरहनुपर्ने अवस्था आएको गृहका प्रमुख गौतम बताउनुहुन्छ । क्षमताभन्दा बढी बालक एउटै ठाउँमा लामो समय कोचिएर बस्नुपर्ने अवस्था आएपछि यही वैशाख ४ गते तिनले सुधारगृहमा होहल्ला गर्नाका साथै सामान तोडफोड गरेका थिए । “संस्थाले सहयोग गरेको टिभी थियो त्यही पनि बालकहरूले रिसाएर तोडफोड गरे, आजभोलि उनीहरू रिसाउन र चिढिन थालेका छन्, यस्तै अवस्था रहे बालकमा मानसिक समस्या देखा पर्न सक्छ”, प्रमुख बाल संरक्षण अधिकृत गौतमले ध्यानाकर्षण गराउनुभयो ।

देशभरका सुधारगृहमा राखिएका बालबालिकाको अवस्था दयनीय रहेको जनाइएको छ । बाल इजालासबाट फैसला गर्दा बाल न्याय कार्यविधि र बालबालिकासम्बन्धी ऐन, २०७५ अनुकूल तोकिएको समयमा फैसलासमेत नहुँदा कतिपय बालबालिका लामो समय सुधारगृहका नाममा खोलिएका यस्तै ‘थुनागृह’मा बस्नुपरेको छ । “क्षमताभन्दा बढी भइसकेका स्थानमा पुनः बालबालिका राख्नका लागि आदेश हुनु फेरि अर्को अन्यायपूर्ण आदेश हो । यसरी अन्देखा भई आदेश गर्नु कति न्यायसङ्गत आदेश वा फैसला हुन सक्ला ?”, अधिवक्ता आचार्यको प्रश्न छ ।

कानुनी विवाद र समस्यामा परेका बालबालिकालाई राखिने सो सुधारगृहमा लागूऔषध, कर्तव्य ज्यान, चोरी, जबर्जस्ती करणीलगायत मुद्दामा सजाय पाएका र पुर्पक्षका लागि थुनामा बसेका बालक छन् । अर्कातर्फ मुलुकका अधिकांश जिल्लाका कानुनी झमेलामा परेका बालकलाई पनि भैरहवाको सुधारगृहमा ल्याइने र बालबालिकामै लागेको मुद्दाको फैसला हुँदा कैद सजाय भएमा बालसुधारगृहमै सजाय भुक्तान गर्नुपर्ने व्यवस्थाले पनि सुधारगृहमा क्षमताभन्दा बढी बालक राखिएको छ । बाल इजलास हुँदा पनि बालबालिकाका मुद्दाको फैसला समयमा हुँदैन । अहिले स्थानीय तहको निर्वाचनका लागि सरकारले बाल इजलास हेर्ने न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत तोकेकाले बाल इजलासका मुद्दा स्थगन भएको अधिवक्ता गौडेल बताउनुहुन्छ ।

बालबालिकाको सर्वोत्तम हितलाई विचार गरी तिनीहरू कसुरदार भएका मुद्दामा १० वर्ष उमेरसम्मका लागि कुनै सजाय हुँदैन । दशभन्दा माथि १४ वर्षसम्मका लागि अरू बालकलाई हुने कैदको आधा अर्थात् ६ महिना बालसुधारगृहमा राख्नुपर्ने व्यवस्था छ । सोह्रदेखि १८ वर्षसम्मका बालबालिकाले अपराध गरेमा उमेर पुगेकालाई हुने सजायको दुई तिहाइ सजाय हुने व्यवस्था छ । सजाय तोकिएमा बालसुधारगृहमा राख्नुपर्ने कानुनी व्यवस्था भए पनि भौतिक संरचना र कर्मचारी पर्याप्त नहुँदा बालकको बानी व्यवहार सुधार्न, पारिवारिक तथा सामाजिक पुनर्मिलन र पुनःस्थापनाका लागि चाहिने वातावरण, शिक्षा, स्वास्थ्य, खेलकुदको सुविधा अपुग भएको छ ।

क्षमताभन्दा दोब्बर बालकलाई कोचाकोच गरेर राखिएको सुधारगृहको उचित व्यवस्थापनका लागि कसैले चासो दिएका छैनन् । बालसुधारगृह सञ्चालनका लागि स्थानीय तहलाई कानुनी अधिकार छैन । कानुनका अभावमा प्रदेश सरकारले समेत केही गर्न सक्ने अवस्था नरहेको कानुन, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव राजेन्द्र थापा बताउनुहुन्छ । “हामी बालसुधारगृहका लागि काम गर्न इच्छुक छौँ तर कानुन नहुँदा गर्न सकिएको छैन”, थापा भन्नुहुन्छ ।

रुपन्देहीको सो बालसुधारगृहमा हालसम्म २९० बालकलाई राखिएको संस्थाको तथ्याङ्क छ । अन्य बालक कतिपय फैसला भई अभिभावकको जिम्मामा गएका छन् भने कतिपयलाई स्थानान्तरण गरी व्यवस्थापन गरिएको छ ।

स्थानको पर्याप्तता र जनशक्तिको राम्रो व्यवस्थापन हुन नसके यसरी राखिएका बालकको भविष्य उज्ज्वल हुने अवस्था नदेखिएको मनोविमर्शकर्ता सुष्मा अर्यालको ठम्याइ छ । त्यहाँ रहेका बालकमध्ये ८० प्रतिशतलाई मनोविमर्शको जरुरी छ । सोका अभावमा कुनै पनि समय सुधारगृहभित्र अप्रिय घटना निम्तिन सक्ने हुँदा राज्यले तत्काल यसको स्तरवृद्धिमा ध्यान पुर्‍याउन उहाँको सुझाव छ । मनोविमर्श सेवाको उपलब्धताले सबैभन्दा पहिला प्रत्येक बालबालिकाको मनोसामाजिक अवस्था र समस्याको लेखाजोखा गरिनुपर्ने, सुधारगृहमा रहेकाहरूका अभिभावकसँग सम्पर्क र भेटघाट तथा महिनामा एक पटक फोनबाट कुराकानी गर्ने एवं इमेल तथा पत्राचार गर्ने व्यवस्था मिलाइदिनुपर्ने उहाँको आग्रह छ ।

आगामी स्थानीय तहको निर्वाचनका सिलसिलामा कुनै दल वा स्वतन्त्र उम्मेदवार कसैको पनि यस्ता सुधारगृह वा कारागारको स्तरोन्नति र विकासका लागि चुनावी घोषणापत्रमा कार्यसूचीसमेत बन्न सकेको छैन । यस्तो संवेदनशील विषयमा पनि तीन तहका सरकार र राजनीतिक दल गम्भीर नबन्नु विडम्बना भएको उहाँको गुनासो छ । अहिले नेपालमा भैरहवा बालसुधारगृहसहित आठ सुधारगृह छन् ।

 

 

Chitwan Aaja चितवन आज
मङ्गलबार, बैशाख २७, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
एमाले नेता पोखरेलद्वारा मतदान
अर्काको नाममा मतदान गर्ने पक्राउ
मतदान केन्द्रका कर्मचारीले रास्वपाका पक्षमा मत मागेपछि…

ताजा समाचार

सबै

एमाले नेता पोखरेलद्वारा मतदान

अर्काको नाममा मतदान गर्ने पक्राउ

मतदान केन्द्रका कर्मचारीले रास्वपाका पक्षमा मत मागेपछि…

चितवनमा मतदान जारी, निर्वाचन बिरोधी गतिविधि गर्ने तीन जना पक्राउ

सर्लाहीको बलरा मतदान केन्द्रमा विवाद, ढुंगामुढापछि केही बेर रोकिएको मतदान पुन: सुरु

सर्लाही ४ मा कांग्रेस र रास्वपाबीच विवाद, ढुंगामुढा भएपछि एउटा केन्द्रमा मतदान स्थगित

मतदानपछि महेश बस्नेतले भने : बालेनलाई झापालीले स्वीकार गर्दैनन्

चितवनमा भोट खसालेपछि हेलिकप्टर चढेर रुकुमपूर्व पुगे प्रचण्ड

बालेन सवार हेलिकप्टर झापामा ल्यान्ड भएन, काठमाडौंमै फर्किएर अवतरण

२ घण्टामा देशभर खस्यो साढे ८ लाख मत

हेलिकप्टरमार्फत झापा जाँदै बालेन

प्रतिनिधिसभा सदस्य निर्वाचनः आज बिहान ७ बजेदेखि मतदान

निर्वाचन सुरक्षा तयारी पूरा, हेलिकप्टरबाट पनि पेट्रोलिङ गरिने

सोधपुछपछि तारेखमा छुटे प्रकाउ परेका टिकटकर रतन कार्की

सिंहदरबारमा राष्ट्रिय सुरक्षा परिषद्को बैठक

चुनावमा साढे ७ लाख जना बढी गृहजिल्ला जाँदा सुनसान बन्यो काठमाडौं

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    निर्वाचन प्रहरीसहित दुई जनाको मृत्यु

  • २.
    संखुवासभा र ताप्लेजुङको सीमा क्षेत्रमा ४.७ म्याग्निच्युडको भूकम्प

  • ३.
    इरानमाथि ठूलो आक्रमण, राष्ट्रपति भवनसहित प्रमुख स्थलमा बम वर्षा

  • ४.
    सामाजिक सञ्जालमा अड्केर नबस्नुस् : गगन थापा

  • ५.
    सोधपुछपछि तारेखमा छुटे प्रकाउ परेका टिकटकर रतन कार्की

  • ६.
    मौन अवधि सुरु भएसँगै रवि लामिछानेको आधिकारिक फेसबुक ‘गायब’

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.