काठमाडौं फागुन,२०
भोलि ९फागुन २१० हुने प्रतिनिधिसभा निर्वाचनमा मतदान गर्न काठमाडौं उपत्यकाबाट साढे ७ लाख जना बढी बाहिरिएका छन् ।
काठमाडौंमा रहेका मतदाता मतदान गर्न आफ्नै निर्वाचन क्षेत्रमा जानुपर्ने भएकाले उनीहरू गृहजिल्ला पुग्दा यहाँ भने सुनसान बनेको छ ।
भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका कारण तत्कालीन केपी शर्मा ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए ।
त्यसपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भयो । कार्कीले प्रतिनिधिसभा विघटन र निर्वाचनका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेकी थिइन् । सोही सिफारिसअनुसार राष्ट्रपतिले निर्वाचनका लागि फागुन २१ को मिति घोषणा गरेका थिए ।
सरकारले पनि निर्वाचनको तयारी पूरा भइसकेको जनाएको छ । आज मध्यरातिदेखि भोलि मतदान सम्पन्न नहुन्जेलसम्म सार्वजनिक र निजी सवारी सञ्चालनमा रोक लगाइएको छ ।








