काठमाडौँ, १६ असोज
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद अशिम शाहले क्रिकेट खेलाडीलाई दिने भनिएको पुरस्कार रकम नदिएको भन्दै सरकारको आलोचना गरेका छन् ।
‘नेपाली क्रिकेट टीमले आज पनि भारतविरुद्ध शानदार खेल खेले, बधाई दिन कसैले बिर्सेन होला, पुरस्कार दिन सरकारले बिर्सेको छ । सरकारले बिर्सेको कुरा पटक–पटक संसद्मा उठाउँदा मलाई लाज लाग्यो,’ सांसद शाहले भने, ‘ठेकेदार, दलाल र बिचौलियाको भए अग्रिम भुक्तानी दिन्थ्यो होला, खेलाडीको दिएन ।’
मंगलवार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा सांसद शाहले सरकारले खेलाडीलाई पुरस्कार दिन बिर्सेको विषय उठाउनु पर्दा आफूलाई लाज लागेको बताएका छन् ।