पुस २७,नारायणगढ–
मुग्लिन सडकखण्ड अन्तर्गत सिमलतालबाट केही तल त्रिशूली नदीको तनहुँतर्फको किनारमा बसजस्तो देखिने धातुजन्य वस्तु देखिएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी रविन्द्र खनालका अनुसार चितवनतर्फबाट हेर्दा त्रिशूली नदीको पारिपट्टी झाडीभित्र बालुवाले पुरिएको अवस्थामा उक्त वस्तु देखिएको हो।
घटनास्थल दुर्गम र पुग्न कठिन भएकाले हालसम्म उक्त वस्तु वास्तवमै बस हो वा होइन भन्ने यकिन हुन सकेको छैन। जानकारी प्राप्त भएपछि घटनास्थलतर्फ तनहुँ र चितवन दुवै जिल्लाबाट प्रहरी टोली परिचालन गरिएको डीएसपी खनालले बताए। प्रहरीले स्थलमै पुगेर वस्तुको पहिचान र थप विवरण यकिन गर्ने तयारी गरिरहेको छ।






