देवघाट, तनहुँ बैशाख १२ –
नेकपा एमाले तनहुँले देवघाट गाउँपालिकाको अध्यक्षमा पुनः दुर्गबहादुर थापालाई उम्मेद्वार बनाएको छ ।
हाल अध्यक्ष थापाले पुनः अध्यक्षमा दोहोरिनका लागि आजै अध्यक्ष पदबाट राजीनामा दिएका थिए । जनता माझ लोकप्रीय रहेका थापा २०७४ सालको निर्वाचनमा कांग्रेसलाई पराजित गरी विजयी भएका थिए । अहिलेको निर्वाचनमा समेत थापाले नै बाजी मार्ने अड्कल गरिएको छ ।
यस्तै एमालेले देवघाट गाउँपालिकाको उपाध्यक्षमा सावित्री न्यौपानेलाई उठाउने भएको छ । २०७४ सालको स्थानीय तहको निर्वाचनमा न्यौपाने उपाध्यक्षमा एक मतले कांग्रससँग पराजित भएकी थिइन् ।