• चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
सोमबार, भदौ १६, २०८२
☰
सोमबार, भदौ १६, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

गैँडाकोटमा रहेको लुम्बिनी ICT क्याम्पस परिसरमा ह्याकाथन महोत्सव, १६ कलेजका विद्यार्थीबीच प्रतिस्पर्धा

भदौ १८ गतेबाट विद्यालय बन्द गर्ने निजी विद्यालय सञ्चालकको घोषणा

चितवनमा ग्रेस इन्टरनेशनलको ‘एडुभर्स २०२५’

सकियो तीन दिने अङ्कुरम्–नमुना राष्ट्रसंघ कार्यक्रम

अर्किड स्कुलद्वारा अन्तर विद्यालय स्तरीय तीज गीत प्रतियोगिता सम्पन्न

फोर्ब्स कलेज भरतपुर चितवनले बिबिए कार्यक्रमका लागि एक करोड भन्दा बढिको छात्रबृति प्रदान गर्ने

अर्बिट स्कुलमा कक्षा ११ का विद्यार्थीलाई कक्षा १२ का विद्यार्थीले गरे स्वागत

पूर्वाग्रही सोचसहित ल्याउनलागिएको शिक्षा विधेयक अस्वीकार्य : प्याब्सन

ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते भरतपुरमा हुने

लोकप्रिय समाचार

  • १. हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

  • २. हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

  • ३. कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

  • ४. आज शुक्रबार कस्तो रहनेछ तपाईंको भाग्य ? हेर्नुस् आजको राशीफल

  • ५. कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

  • ६. चितवनबाट दिदीबहिनी बेपत्ता

  • ७. चितवनमा कार अनियन्त्रित भई रुखमा ठोक्किँदा एक जनाको मृत्यु

  • ८. मुग्लिन सडकमा बस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

  • ९. रौतहटकी रुबी हत्याका आरोपी लक्ष्मण पासवानको मृत्यु

  • १०. प्रधानमन्त्रीलाई बालेनको आग्रह–लिपुलेक हाम्रो हो भन्ने कुरा चीनलाई सम्झाउन नबिर्सनु होला

सुपरस्टार मेसीको कतार विश्वकपमा कीर्तिमानै कीर्तिमान

काठमाडौं, पुष ४-
सुपरस्टार लिओनल मेसीले विश्वकपमा आफ्नो खेल जित्दै पहिलो पटक विश्वकप ट्रफी उचाल्दै करियरलाई सार्थक बनाए ।

आइतबार कतारको लुसेस आइकोनिक स्टेडियममा साविक विजेता फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४-२ ले पराजित गर्दै अर्जेन्टिनाले ३६ वर्षपछि पहिलो पटक विश्वकप उपाधि जित्यो ।

समग्रमा अर्जेन्टिनाले जितेको यो तेस्रो विश्वकप उपाधि हो भने मेसीले पाँचौ पटक विश्वकप खेल्दा पहिलो पटक ट्रफी उचाल्ने अवसर पाए ।

क्लब फुटबल सबैखाले उपाधि र व्यक्तिगत अवार्ड जितिसकेका मेसीका लागि यस विश्वकपअघि जित्न बाँकी एउटै ट्रफी थियो । जुन ६४ खेल र एक महिना चलेको २२औं संस्करणको उपाधि जित्दै उनले पूरा गरे ।

फाइनलपछि मेसीले सानैदेखि आफूले देखेको सपना पूरा भएको बताए । साथै उनले राष्ट्रिय टिमबाट तत्कालन सन्यास नलिने र च्याम्पियन प्लेअरको रुपमा अझै केही समय खेल्ने समय बताइसकेका छन् ।

फ्रान्ससँग खेल्नुअघि विश्वकपमा भने यही फाइनल नै आफ्नो अन्तिम विश्वकप खेल हुने मेसीले बताएका थिए ।

३५ वर्षीय मेसीले विश्वकप ट्रफी चुम्लाई १६ वर्ष मिहिनेत गरे । यस क्रममा उनले एक पटक फाइनल खेले पनि जर्मनीसँग पराजित भएपछि उपाधि जित्न सकेका थिएनन् । दोस्रो पटक फाइनल पुर्‍याउँदा भने उनी भाग्यमानी सावित भए र मिहिनेतको फल पाए ।

क्लब फुटबलमा दर्जनौं कीर्तिमान बनाइसकेका मेसीलाई यस अघि विश्वकप जित्न नसक्ने, विश्वकपको नकआउट चरणमा गोल गर्न नसक्ने लगायत विभिन्न किसिमको आलोचना हुने गर्थ्यो ।

तर अहिले यो सबैको जवाफ मात्र प्राप्त भएको छैन मेसीले विश्वकप फुटबलमै पनि दर्जन बढी कीर्तिमान बनाए । कति कीर्तिमान तोडिएलान् कति कीर्तिमान तोडिन असम्भव जस्तै छ । यसलाई लिएर फुटबलका भावी पुस्ताले पनि गर्व गर्नेछन् ।

कतार विश्वकपपछि मेसीले विश्वकप फुटबलमा बनाएका कीर्तिमानहरू ।

१, सर्वाधिक खेल :

मेसीले विश्वकपमा सर्वाधिक २६ खेल खेलेका छन् । कतारमा सबै ७ खेल खेल्दै उनले सर्वाधिक २५ खेल खेलेका जर्मनीका लोथार माथाउसको कीर्तिमान तोडेका हुन् । जर्मनीकै मिरोस्लाभ क्लोजले २४ खेल खेलेका छन् भने इटलीका पाउलो माल्दिनीले २३ र पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले २२ खेल खेलेका छन् ।

२, दुई पटक विश्वकप गोल्डेन बल :

विश्वकपको ९२ वर्षे इतिहासमा मेसी दुई पटक गोल्डेन बल जित्ने पहिलो खेलाडीसमेत बनेका छन् । यसअघि सन् २०१४ मा फाइनल पुग्दा पनि मेसीले गोल्डेन बल जितेका थिए । कतारमा अर्जेन्टिनालाई च्याम्पियन बनाउँदा प्रतियोगिताकै उत्कृष्ट खेलाडी बन्दै मेसीले दोस्रो पटक गोल्डेन बल जितेका हुन् ।

फाइनलमा फ्रान्सविरुद्ध दुई गोल गरेका मेसी ७ गोलसहित सर्वाधिक गोल गर्नेमा भने दोस्रोमा रहे । फाइनलमा ह्याट्रिक गरेका किलिएन एमबाप्पेले ८ गोल सहित गोल्डेन बुट अवार्ड जिते ।

३, पाँच फरक विश्वकपमा असिस्ट :

मेसी पाँच फरक विश्वकपमा गोलका लागि असिस्ट गर्ने पहिलो र एक मात्र खेलाडी हुन् । उनले सन् २००६ देखि २०२२ सम्म खेलेका पाँच वटै विश्वकपमा असिस्ट गरेका छन् ।

४, विश्वकपको हरेक चरणमा गोल गर्ने पहिलो खेलाडी :

मेसीले कतार विश्वकपअघि नकआउट चरणमा गोल गर्न सकेका थिए । तर यस विश्वकपमा आफ्नो जादुबाट उनले चमत्कार नै गरे भन्दा फरक पर्दैन । मेसीले खेलेका ७ मध्ये ६ खेलमा गोल गरे । त्यसमा पनि उनले समूह चरण देखि हरेक चरणमा गोल गरे । मेसी समूह चरण, अन्तिम १६, क्वाटरफाइनल, सेमिफाइनलमा र फाइनलमा गोल गर्ने एक्लो खेलाडी बने ।

५, विश्वकपमा सर्वाधिक खेल जित :

मेसीले विश्वकपमा सर्वाधिक १७ खेल जित्ने जर्मनीका मिरोस्लाभ क्लोजको कीर्तिमान बराबरी गरेका छन् ।

६, कप्तानको रुपमा धेरै खेल :

मेसीले विश्वकपमा कप्तानको रुपमा सर्वाधिक १९ खेल खेर्लेका छन् । उनीपछि मेक्सिकोमा राफा मार्क्वेजले १७ र अर्जेन्टिनाका डिएगो म्याराडोनाले १६ खेलमा विश्वकपमा कप्तानी गरेका छन् ।

७, विश्वकपमा सर्वाधिक मिनेट खेल्ने खेलाडी :

मेसीले विश्वकपमा सर्वाधिक २ हजार ३१४ मिनेट खेलेका छन् । उनले इटलीका पाउलो माल्दिनीको नाममा रहेको २ हजार २१७ मिनेट खेल्ने कीर्तिमान तोडेका हुन् । फ्रान्सविरुद्ध फाइनलमा २४ मिनेट खेलेपछि नै मेसीले कीर्तिमान तोडेका थिए ।

८, सर्वाधिक विश्वकप खेल्ने खेलाडी :

मेसी सर्वाधिक ६ पटक विश्वकप खेल्ने ६ खेलाडीमध्ये एक हुन् । मेसीसँगै मेक्सिकोका एन्टोनिओ कार्भाजल, जर्मनीङ्का लोथार म्याथाउस, मेक्सिकोकै राफा मार्क्वेज र आन्द्रेज गुअर्डाडो र पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले ६ विश्वकप खेलेका छन् ।

९, नकआउट चरणमा सर्वाधिक असिस्ट :

मेसीले नकआउट चरणमा सर्वाधिक असिस्ट गर्ने पेलेको कीर्तिमान बराबरी गरेका छन् । दुवैले समान ६ असिस्ट गरेका छन् ।

१०, अर्जेन्टिनाको सर्वाधिक गोलकर्ता :

मेसी विश्वकपमा अर्जेन्टिनाका लागि सर्वाधिक गोल गर्ने खेलाडी समेत बने । उनले विश्वकपमा १३ गोल गरेका छन् । मेसीले २००६ को विश्वकपमा १ गोल गरेका थिए भने २०१४ मा चार र २०१८ मा १ गोल नै गरेका थिए । २०१० मा भने गोल गर्न सकेनन् । यस पटक उनले विश्वकपमा ७ गोल गरे । मेसीले गाब्रीएल बाटिस्टुटालाई पछि पारेका हुन् । बाटिस्टुटाले १० गोल गरेका छन् ।

विश्वकप इतिहासमै सर्वाधिक गोल गर्नेमा मेसी फ्रान्सका जस्ट फोन्टेनसँगै संयुक्त रुपमा चौथो स्थानमा छन् ।

जर्मनीका मिरोस्ला क्लजले सर्वाधिक १६ गोल गर्दा ब्राजिलका रोनाल्डोले १५ र जर्मनीकै गर्ड मुलरले १४ गोल गरेका छन् ।

११, आफ्नो हरेक दशकमा विश्वकपमा गोल :

मेसीले आफ्नो हरेक दशकमा विश्वकपमा गोल गर्ने पहिलो खेलाडी बने । उनले टिनएज, ट्वेन्टिज र थर्ट्टिजमा गोल गरे । पेलेले भने केही महिनाले यो अवसर गुमाएका थिए ।

१२, पहिलो र अन्तिम गोलबीचको अवधि :

मेसीले विश्वकपमा पहिलो र अन्तिम गोल गर्दाको समय अवधि सबैभन्दा धेरै छ । मेसीको पहिलो र अन्तिम गोलको समयअवधि १६ वर्ष १८४ दिन छ । त्यसपछि रहेका क्रिस्टियानो रोनाल्डोको पहिलो र अन्तिम गोलको अवधि १६ वर्ष १६० दिन छ ।

१३, सर्वाधिक प्लेअर अफ दि म्याच :

मेसी विश्वकपमा सर्वाधिक ११ पटक म्यान अफ दि म्याच घोषित भएका छन् । उनी कतार विश्वकपमा खेलेका ७ मध्ये ५ खेलमा प्लेअर अफ दी म्याच भए । मेसीले एकै विश्वकपमा सर्वाधिक प्लेअर अफ दि म्याच हुने कीर्तिमान समेत बनाए । यसअघि सन् २०१० मा नेदरल्याण्ड्सका वेस्ले इनाइडर र २०१४ मा मेसीले नै चार पटक प्लेअर अफ दि म्याच अवार्ड जितेका थिए । -गोविन्दराज नेपाल, अनलाइन खबर

Chitwan Aaja चितवन आज
सोमबार, पुष ०४, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
अगस्तमा ८८ हजारभन्दा बढी पर्यटक भित्रिए
आसामसँगको टी-२० शृंखला नेपाल ‘ए’ले जित्यो
चितवन स्व सूर्यप्रसाद श्रेष्ठ स्‍मृति ब्याडमिन्टन सम्पन्न

ताजा समाचार

सबै

अगस्तमा ८८ हजारभन्दा बढी पर्यटक भित्रिए

आसामसँगको टी-२० शृंखला नेपाल ‘ए’ले जित्यो

चितवन स्व सूर्यप्रसाद श्रेष्ठ स्‍मृति ब्याडमिन्टन सम्पन्न

एससीओ शिखर सम्मेलनमा प्रधानमन्त्रीको सम्बोधन

विद्या भण्डारीको पार्टी सदस्यता रोक्न मिल्दैन, विधान महाधिवेशनमा कुरा उठाउँछु : सुरेन्द्र पाण्डे

दार्चुलाको नौगाड खोलामा खस्यो अटो, एक जनाको मृत्यु, २ बेपत्ता

मुग्लिन सडकमा बस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

अफगानिस्तानमा शक्तिशाली भूकम्प, ६०० जनाभन्दा बढीको मृत्यु

चितवनका दुई हात्ती कतार पठाइँदै

लिम्पियाधुरा, कालापानी र लिपुलेक हाम्रो भूमि हो, यसमा मित्रराष्ट्रहरूले चित्त दुखाउनुपर्दैन : गृहमन्त्री लेखक

रास्वपा उम्मेदवार थापाको पत्रकारसँगको भेटघाट स्थगित

गैँडाकोटमा रहेको लुम्बिनी ICT क्याम्पस परिसरमा ह्याकाथन महोत्सव, १६ कलेजका विद्यार्थीबीच प्रतिस्पर्धा

तोलामा २ लाख ५ हजार नाघ्यो सुनको मूल्य

राष्ट्रियसभाको बैठक आज बस्दै

कोशी ब्यारेजको ३१ ढोका खोलियो

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नु भयो ?

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

लियो क्लब अफ नारायणगढ दियालोद्वारा लमजुङ्गका ४० जना विद्यार्थीलाई कपडा वितरण

अन्तर्राष्ट्रिय उद्यमी मेलामा भाग लिन अङ्कुरम् एकेडेमीको टोली फ्रान्स प्रस्थान

चितवन महोत्सवमा स्काई वेलको १ करोडको गाडी बिक्री

रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

भरतपुरको न्यू होराइजन स्कुलले पायो आइएसओ (ISO) लोगो

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

ट्रेकिङबाट फर्केका शिक्षक दम्पती, चितवन दुर्घटनामा अस्ताए

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

चितवनका युवा व्यवसायी लामिछानेको ‘भाइरल गोर्खे’ जेठ ३० मा

कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

आज शुक्रबार कस्तो रहनेछ तपाईंको भाग्य ? हेर्नुस् आजको राशीफल

सुनको मूल्य फेरि घट्यो

विशेष

सबै
  • १.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • २.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ३.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ४.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ५.
    सुनको मूल्य फेरि घट्यो

  • ६.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ७.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ८.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • ९.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • १०.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • ११.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

  • १२.
    सडकमा दुध पोखेर आन्दोलनमा उत्रिए चितवनका किसान (फोटो/भिडियोसहित)

साताको चर्चित

  • १.
    हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

  • २.
    हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

  • ३.
    कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

  • ४.
    आज शुक्रबार कस्तो रहनेछ तपाईंको भाग्य ? हेर्नुस् आजको राशीफल

  • ५.
    कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

  • ६.
    चितवनबाट दिदीबहिनी बेपत्ता

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2025 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.