काठमाडौँ १६ भदौ
सोमबार सुनको मूल्य थप बढेको छ । आइतबारको तुलनामा सोमबार सुनको मूल्य थप वृद्धि हुँदै तोलामा २ लाख ५ हजार रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य तोलामा २ लाख ३ हजार ६०० रुपैयाँ कायम भएको थियो । सोमबार फेरि बढ्दै २ लाख ५ हजार ३०० रुपैयाँ पुगेको हो । जुन मूल्य हालसम्मकै उच्च भएको महासंघले जनाएको छ ।
यस्तै सोमबार चाँदीको मूल्य २ हजार ४७० रुपैयाँ पुगेको छ । आइतबार चाँदीको मूल्य २ हजार ४२५ रुपैयाँ थियो ।