१६ भदौ, काठमाडौं
भारतको गुवाहाटीमा सम्पन्न भएको आसाम क्रिकेटविरुद्धको टी-२० सिरिज नेपाल ‘ए’ले जितेको छ ।
सोमबार भएको अन्तिम टी-२० मा नेपाल ‘ए’ ले आसामलाई ४४ रनले हराउँदै शृंखला ३-२ ले आफ्नो पक्षमा पारेको हो ।
नेपाल ‘ए’ ले दिएको २०९ रनको लक्ष्य पछ्याएको आसामले २० ओभरमा ९ विकेट गुमाएर १६४ रन मात्र बनाउन सक्यो ।
आसामका लागि भार्गव लहकरले सर्वाधिक अविजित २९ तथा साहिल जेन र कप्तान सुमित घडिअन्करले समान २५ रन बनाए । सौरभ दिहिगाले १७ रन बनाए ।