भरतपुर भदौ ८
भरतपुर १० मा रहेको अर्किड स्कुलद्वारा आयोजित अन्तर स्कुल तीज गीत प्रतियोगितामा सन राइज स्कुल प्रथम भएको छ।
कार्यक्रममा सहभागी मध्यबाट ग्रीनल्यान्ड स्कुल दोस्रो , सेन्ट पोल चिल्ड्रेन होम तेस्रो र डन एकेडेमीले सान्त्वना स्थान प्राप्त गरेका थिए।
विद्यालयका प्रबन्ध निर्देशक आकाश पौडेलको अध्यक्षतामा आयोजित कार्यक्रममा स्कुल सह प्राचार्य पुरुषोत्तम दवाडीले सहभागीलाई स्वागत मन्तव्य गर्नु भएको थियो भने कार्यक्रमको सञ्चालन हरिराम रेग्मीले गरेका थिए ।
विद्यालय अतिरिक्त क्रियाकलाप विभाग प्रमुख एवम् कार्यक्रम संयोजक अमित भुसालका अनुसार कार्यक्रममा २२ स्कुलले सहभागिता जनाएका थिए।
त्यस्तै, अर्किड स्कुलले तीजको अवसरमा अन्तर स्कुल स्तरीय तिज प्रतियोगितात्मक कार्यक्रम गर्दै आइरहेको उनले बताए ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार