काठमाडौँ भदौ १६
राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)बाट रुपन्देही–३ का लागि चयन भएको उम्मेदवार डा.लेखजंग थापाले आज पत्रकारसँग गर्ने भनिएको अन्तरक्रिया स्थगित भएको छ ।
आइतबार उम्मेदवारमा चुनिएका थापाले आज दिउँसो २ बजे रास्वपाको केन्द्रीय कार्यालय वनस्थलीमा पत्रकारसँग भेटघाट तथा अन्तरक्रिया गर्न लागिएको सूचना प्रवक्ता मनिष झाले सञ्चार माध्यममा प्रवाह गरेका थिए । विशेष कारणवश पत्रकारसँग भेटघाट कार्यक्रम अर्को समयको लागि सारिएको झाले जानकारी गराएका छन् ।