काठमाडौँ, १६ मङ्सिरः
पोखरा एभेन्जर्सले सिद्धार्थ बैँक नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सलाई २०२ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा २ विकेट गुमाएर २०१ रन बनाएको हो ।
एनपीएल दोस्रो सिजन २०० रन बनेको यो दोस्रो पटक हो । यसअघि विराटनगर किंगुसले पोखरा एभेन्जर्सविरुद्ध २२० रन बनाएको थियो ।
ओपनर रोसिङटनले लगातार दोस्रो खेलमा उत्कृष्ट ब्याटिङ गर्दै ५८ बलमा अविजित १०८ रन बनाए । यस क्रममा उनले ११ चौका र ७ छक्का प्रहार गरे ।









