• चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
बिहिबार, भदौ २६, २०८२
☰
बिहिबार, भदौ २६, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

कक्षा १२ को मौका परीक्षा स्थगित

जेनजीद्धारा आज चितवन बन्दको आब्हान,बिहान ११ बजेदेखि भरतपुरमा प्रदर्शन गर्ने

मेट्स इन्टरनेशनल, चितवनको १७औँ वार्षिकोत्सव भब्यताका साथ सम्पन्न

‘सामुदायिक विद्यालय राम्रो बनाऊ, हामी सकिन तयार छौँ’

गैँडाकोटमा रहेको लुम्बिनी ICT क्याम्पस परिसरमा ह्याकाथन महोत्सव, १६ कलेजका विद्यार्थीबीच प्रतिस्पर्धा

भदौ १८ गतेबाट विद्यालय बन्द गर्ने निजी विद्यालय सञ्चालकको घोषणा

चितवनमा ग्रेस इन्टरनेशनलको ‘एडुभर्स २०२५’

सकियो तीन दिने अङ्कुरम्–नमुना राष्ट्रसंघ कार्यक्रम

अर्किड स्कुलद्वारा अन्तर विद्यालय स्तरीय तीज गीत प्रतियोगिता सम्पन्न

लोकप्रिय समाचार

  • १. आज शनिबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

  • २. आज शुक्रबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

  • ३. जेनजीबाट घरमै कुटिए देउवा दम्पती

  • ४. नेपालमा फेसबुक, युट्युब लगायतका सामाजिक सञ्जाल बन्द हुन कति समय लाग्छ ?

  • ५. विद्यालय शिक्षा विधेयकप्रति संयुक्त विद्यार्थी संगठन चितवनको गम्भीर ध्यानाकर्षण

  • ६. मेट्स इन्टरनेशनल, चितवनको १७औँ वार्षिकोत्सव भब्यताका साथ सम्पन्न

  • ७. श्रीलंकामा बस दुर्घटना : हजार फिटभन्दा गहिरो खाडलमा खस्दा १५ जनाको मृत्यु

  • ८. सामाजिक सञ्जाललाई सूचीकरण हुन सरकारको पुनः आग्रह, भीपीएन प्रयोग नगर्न चेतावनी

  • ९. फेसबुकसहितका सामाजिक सन्जाल बन्द गर्ने सरकारको निर्णय

  • १०. बन्द गरिएका सामाजिक सञ्जाल सूचीकृत भए तत्काल खुल्ने

जहाज दुर्घटना : शोकमा डुब्यो धनुषाको लोहटा

– राजु विश्वकर्मा
जनकपुर, १७ जेठ
‘‘तारा एयरको फ्लाइटबाट आज हामी मुक्तिनाथ जाँदै छौँ, मुक्तिनाथ दर्शन गराएर भोलि काठमाडौँ फर्कन्छौँ, पर्सी जनकपुर आइपुग्छौँ” आफ्नो अति नै मिल्ने साथी राजन गोलेसँग फोनमा भएको कुराकानी सुनाइरहँदा धनुषाको मिथिला नगरपालिकास्थित ढल्केबरका सोमप्रसाद शर्माले आँशु थाम्न सक्नुभएन ।

पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान आइतबार दुर्घटना हँुदा मिथिला नगरपालिका–११ तुल्सीपाटो लोहटा बस्ने ४० वर्षीय राजन गोलेसहित उहाँको परिवारका सात जनाको मृत्यु भएको थियो ।

सो घटना सार्वजनिक भएसँगै परिवारजनलाई सान्त्वना दिन पुग्नुभएका सोमप्रसादले राजनसँग भएको अन्तिम कुराकानी सुनाइरहँदा उपस्थित गाउँले र परिवारको आँशुसमेत थामिएन् ‘‘घरबाट सबैजना गाडीमै काठमाडौँ पुग्नुभयो, त्यहाँबाट शनिबार एती एयरको विमानबाट पोखरा पुगेर राति होटेलमा बस्नुभयो”, राजनसँग फोनमा भएको कुराकानी सम्झिँदै राजनले भन्नुभयो, ‘‘आइतबार बिहान ९ः५५ को तारा एयरको विमानबाट जोमसोम जाने टिकट लिएका छौँ, चिया खाएर एयरपोर्टतिर जान्छौँ भने, कुराकानी लगत्तै उहाँसँग फोन काटियो ।” त्यो नै उहाँसँगको अन्तिम कुराकानी भएको शर्माले सुनाउनुभयो ।

‘‘भर्खरै सम्पन्न स्थानीय तह निर्वाचनको पूर्व सन्ध्यामा राजन गोलेले साथीभाइसँग घुम्न जाने की आमाबुबालगायत आफन्तजन ज्येष्ठलाई तीर्थ लैजाने योजना बुन्दै हुनुहुन्थ्यो” उहाँका अति मिल्ने साथीमध्येका शर्माले भन्नुभयो, ‘‘चुनाव सकिएपछि राजन पहिला आमाबुबा, मामामाईजु, काकाकाकीलाई तीर्थ घुमाएर फर्किने र पछि साथीभाइसँग श्रीमती छोराछोरीसहित भ्रमण जाने निष्कर्षमा पुग्नुभएको थियो ।”

मुस्ताङको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिर तीर्थ यात्राको मुख्य गन्तव्य बनाउनुभएका राजन गत शुक्रबार बुबा इन्द्रबहादुर गोले, आमा राममाया तामाङ, काका पुरुषोत्तम गोले, काकी तुलसादेवी तामाङ, मामा मकरबहादुर तामाङ र माइजु सुकुमाया तामाङलाई लिएर तीर्थयात्रामा निस्किनु भएको शर्माले सम्झिनुभयो ।

तर उहाँहरु पोखराबाट मुस्ताङको लागि चढेको तारा एयरको सो विमान उडेको केही समय पश्चात अर्थात् १० बजेर ७ मिनेटमा सम्पर्कविहीन भएको खबरले सनसनी फैलिएको थियो । घटना बाहिरिएसँगै राजनका घरपरिवार इष्टमित्र गाउँले शशङ्कित भएको थियो । आइतबार लामो समयसम्म विमान नभेट्दा दुर्घटना नै भएको आशङ्का थियो । तर आइतबार विमान दुर्घटना भएको र विमानमा सवार सबैको मृत्यु भएको पुष्टी भएपछि यतिबेला गाउँले शोकमा डुबेका छन् ।

विमान सम्पर्कविहीन भएको र सो विमानमा राजनको परिवारसमेत रहेका थाहा पाएलगत्तै उहाँको घरमा पुग्नुभएका मधेश सरकारका उद्योग वन पर्यटनमन्त्री सत्रुधन महतो गाउँले र परिवारको बिलौना सुनेर भावुक हुनुभयो । “हामीलाई ठूलो क्षति पुगेको छ, हामी शोकमा डुबेका छौँ” उहाँले भन्नुभयो ।

सोमबार बिहान तारा एयरको विमान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । दुर्घटननमा तीन सदस्य चालक दलसकासहित २२ जना सवार थिए । सबैको मृत्यु भएको छ । राजन गोलेसहित उहाँका परिवारका सातैजनाले सोही दुर्घटनामा आकालमै ज्यान गुमाउनुपरेको छ ।

आमाबुबासहित आफन्तको हेरचाह, गाउँको सामाजिक कार्यले कहिलेकाहीँ घर आउनेजाने गर्ने राजन गरिब उत्पीडितलाई सहयोगसहित समाज सुधारका कार्यक्रमा सक्रिय रहँदै आउनुभएको उहाँका छिमेकीहरुले बताएका छन् ।

लामो समयदेखि सामाजिक कार्यमा सक्रिय राजन गोलेका श्रीमती दीपा सुवेदी र दुई छोराछोरी काठमाडौँ बस्दै आएका छन् । समाज शास्त्रमा स्नातक गरेका राजन काठमाडौँ मकलबारी टोल सुधार समितिका सदस्य, धनुषा काठमाडौँ सम्पर्क मञ्चका सदस्य, सल्लाहकार सदस्य, आदिवासी जनजाती परिषद् सदस्य भएर काम गर्दै आउनुभएको थियो ।

सोही दुर्घटनामा मृत्यु भएका राजनका मामा मकरबहादुर तामाङ स्थानीय राष्ट्रिय प्राथमिक विद्यालय लोहटामा २५ वर्ष प्रधानाध्यापक रहेर केही वर्षअघि सेवानिवृत हुनुभएको थियो । सामुदायिक वनको विभिन्न तहमा रहेर मकरबहादुर चुरे संरक्षण अभियानमा सक्रिय हुनुहुन्थ्यो ।

‘‘अकल्पनीय दुर्घटनाले आत्मीय मित्र परिवारजनसहित गुमाउनु पर्दा मन थामिरहेको छैन्”, सोमप्रसादले भन्नुभयो, ‘‘आमाबुबासहित आफन्तलाई तीर्थ घुमाउने र फर्केपछि हामीसँगै पारिवारिक भ्रमण जाने राजनको सपना अधुरै रह्यो, हामीमाथि ठूलो बज्रपात भएको छ ।”

स्थानीय शोक मनाउनुबाहेक अन्य विकल्प नभएको बताउँदै दुर्घटनामा ज्यान गुमाएका गोलेको परिवारलगायतलाई विभिन्न माध्यमद्वारा श्रद्धाञ्जली व्यक्त गरिरहेका छन् । (रासस)

Chitwan Aaja चितवन आज
मङ्गलबार, जेठ १७, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुहरूको भीड
देशभरिका अस्पतालमा ३० जनाको मृत्यु र एक हजारबढी घाइते
सुशीला कार्कीलाई बालेनको समर्थन

ताजा समाचार

सबै

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुहरूको भीड

देशभरिका अस्पतालमा ३० जनाको मृत्यु र एक हजारबढी घाइते

सुशीला कार्कीलाई बालेनको समर्थन

जेनजी आन्दोलन : तीन प्रहरीको मृत्यु

तोडफोड र आगजनीपछि सिंहदरबारको अवस्था : अधिकांश मन्त्रालयका महत्त्वपूर्ण संरचनामा अपुरणीय क्षति, लुटपाट कयौं सामग्री लुटपाट

कक्षा १२ को मौका परीक्षा स्थगित

देश अहिले राजनीतिक शून्यतामा छ : नेपाली कांग्रेस

सागर ढकालले भने :- कोही नभए नेतृत्व गर्न तयार छु

मानव अधिकार आयोगले भन्यो : लोकतन्त्रको विकल्प लोकतन्त्र मात्रै हुन्छ, हिंसात्मक नबनौं

वार्ताका लागि भर्चुअल छलफलमा जेनजी

देशभर निषेधाज्ञा र कर्फ्यु, सेनाद्वारा सहयोगको अपिल

राति १० बजेबाट सुरक्षाको नेतृत्व सेनाले लिने

कैलाली कारागारका सबै कैदीबन्दी निस्किए

चितवन जेनजी प्रदर्शनकारीको कब्जामा, अधिकांश सरकारी कार्यालय ध्वस्त

संयमित रहन आन्दोलनकारीलाई डा. सुन्दुक रुइतको अपिल

धुवाँको मुस्लोले भरियो काठमाडौं

हेर्नु भयो ?

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

लियो क्लब अफ नारायणगढ दियालोद्वारा लमजुङ्गका ४० जना विद्यार्थीलाई कपडा वितरण

अन्तर्राष्ट्रिय उद्यमी मेलामा भाग लिन अङ्कुरम् एकेडेमीको टोली फ्रान्स प्रस्थान

चितवन महोत्सवमा स्काई वेलको १ करोडको गाडी बिक्री

रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

भरतपुरको न्यू होराइजन स्कुलले पायो आइएसओ (ISO) लोगो

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

ट्रेकिङबाट फर्केका शिक्षक दम्पती, चितवन दुर्घटनामा अस्ताए

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज शुक्रबार कस्तो रहनेछ तपाईंको भाग्य ? हेर्नुस् आजको राशीफल

चितवनका युवा व्यवसायी लामिछानेको ‘भाइरल गोर्खे’ जेठ ३० मा

कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    आज शनिबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

  • २.
    आज शुक्रबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

  • ३.
    जेनजीबाट घरमै कुटिए देउवा दम्पती

  • ४.
    नेपालमा फेसबुक, युट्युब लगायतका सामाजिक सञ्जाल बन्द हुन कति समय लाग्छ ?

  • ५.
    विद्यालय शिक्षा विधेयकप्रति संयुक्त विद्यार्थी संगठन चितवनको गम्भीर ध्यानाकर्षण

  • ६.
    मेट्स इन्टरनेशनल, चितवनको १७औँ वार्षिकोत्सव भब्यताका साथ सम्पन्न

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2025 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.