२५ भदौ, काठमाडौं
नयाँ सरकारको नेतृत्वका लागि जेनजी पुस्ताले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रस्ताव गरेसँगै काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले पनि यसप्रति समर्थन जनाएका छन् ।
जेनजी अभियन्ता रक्षा बमले यसबारे जानकारी दिएकी हुन् । जेनजी पुस्ताहरूको बुधबार दिनभरको भर्चुअल बैठकले कार्कीको नाम पारित गरेको थियो । उनको नाममा सर्वाधिक प्रस्ताव आएको थियो । साथै प्रधानसेनापतिसँग भेट्न गएका जेनजी टोलीले पनि कार्कीलाई नै अबको नेतृत्व दिन तयार रहेको जनाइएको छ ।
महानगरपालिका मेयर बालेन सचिवालयले पनि यसबारे राताेपाटीसँग पुष्टि गरेको छ ।