काठमाडौं, भदौ २५ –
राष्ट्रपति र नेपाली सेनाले वार्ताका लागि बोलाएपछि अहिले ३२०० भन्दा बढी जेनजीहरू भर्चुअल छलफलमा जुटेका छन् । उनीहरूबीच वार्तामा आधिकारिक रूपमा को सहभागी हुने भन्ने विषयसँगै के विषयमा वार्ता गर्ने भन्ने सम्बन्धमा छलफल भइरहेको बुझिएको छ ।
डिस्कर्डको वार्तामा संलग्न एक युवाका अनुसार संसद् विघटन हुनुपर्ने, कम्तीमा ६ महिना र बढीमा १ वर्षमा निर्वाचन हुनुपर्ने र प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुनुपर्ने लगायतका विषय समावेश गर्ने तयारी छ । प्रधानमन्त्रीको कार्यकाल ४ वा ५ वर्ष हुनुपर्ने वा एकजना व्यक्ति बढीमा दुई कार्यकाल वा ८-१० वर्ष मात्रै प्रधानमन्त्री हुन पाउने जस्ता कुराहरू समावेश छन् ।