काठमाडाैं, माघ ३
गौशाला २६ (परिवर्तित नाम)को फोटो सार्वजनिक गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा संखुवासभाका ३२ वर्षीया केशरमान राई रहेका छन् । उनलाई साबर ब्यूरोको टोलीले संखुवासभाबाट पक्राउ गरेर काठमाडौं ल्याएको हो ।
राईले सामाजिक सञ्जाल फेसबूक र युट्युबमा जथाभाबी बोलेर गौशाला २६ को फोटो सार्वजनिक गरेका थिए ।उनलाई विद्युतीय अपराध ऐन अनुसारको कसूरमा अनुसन्धान गर्न ७ दिन म्याद थप भएको साइबर ब्यूरोका एसएसपी नविन्द अर्यालले जानकारी दिए ।
गौशाला २६ ले आफ्नो तस्बिर सामाजिक संजालमा सार्वजनिक गर्नेहरुविरुद्द गत पुस २६ गते ब्यूरोमा उजुरी दिएकी थिइन् । पीडित गौशाला २६ को भन्दै तस्वीर राख्ने अन्यको समेत खोजी भइरहेको साइबर ब्यूरोले बताएको छ ।
जिल्ला अदालत, काठमाडौंले लामिछानेलाई अघिल्लो साता बुधबार ८ वर्ष वर्ष जेल सजाय र ५ लाख रुपैयाँ क्षतिपूर्ति पीडितलाई भराउने आदेश गरेको थियो । त्यसपछि लामिछानेका समर्थकहरुले पीडित गौशाला २६ भन्दै विभिन्न तस्वीर र व्यक्तिगत विवरणहरु सार्वजनिक गराएका थिए ।








