Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
आइतबार, चैत २९, २०८२
☰
Logo आइतबार, चैत २९, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

सप्तगण्डकी क्याम्पस र उद्योग वाणिज्य संघ चितवनबीच शैक्षिक-औद्योगिक सहकार्यको लागि सम्झौता

स्टार्स मन्टेश्वरीको १४औँ दीक्षान्त समारोहमा पूर्व मिस नेपाल माल्भिका सुब्बा आउँदै

‎बान्जाइ एजुकेसन कन्सल्टेन्सीको आयोजनामा नयाँ वर्ष २०८३ लक्षित खुल्ला नकआउट फुटसल प्रतियोगिता हुँदै

अङ्कुरम् एकेडेमीमा ‘ओपन हाउस २०८२’: विद्यार्थी र समुदायको उल्लेख्य सहभागिता

वैशाख १५ देखि नयाँ शैक्षिक सत्र सुरु गर्ने सरकारको निर्णय

सर्लाहीमा एसईई परीक्षा हलमा मोबाइलबाट चिट चोर्दै गरेका तीन परीक्षार्थी पक्राउ

मकवानपुरमा एसईईको अङ्ग्रेजी विषयको कपी जाँच सुरु

एसईई परीक्षार्थीलाई मन्त्री वादीको सुझाव–’आफ्नो क्षमतामा विश्वास राख्नुहोस्’

भोलीदेखि एसइइ परिक्षा सुरुः यसवर्ष ५ लाख भन्दा बढि विद्यार्थि सहभागी हुँदै

लोकप्रिय समाचार

  • १. हेर्नुस आज मिति २०८२ साल चैत २४ गते मंगलबार, यस्तो छ तपाईको राशिफल

  • २. आज साेमबार यी राशिहरुका लागि शुभ, हेर्नुहाेस् राशिफल

  • ३. अखिल क्रान्तिकारी वीरेन्द्र बहुमुखी क्याम्पस इकाइ बैठक सम्पन्न

  • ४. ‎बान्जाइ एजुकेसन कन्सल्टेन्सीको आयोजनामा नयाँ वर्ष २०८३ लक्षित खुल्ला नकआउट फुटसल प्रतियोगिता हुँदै

  • ५. फेवातालमा फसेका ११ जनाको सशस्त्र प्रहरीले गर्‍याे सकुशल उद्धार

  • ६. लायन्स क्लब अफ नारायणगढ दियालोको अध्यक्षमा रमेश मानन्धर

  • ७. पुनर्निर्माणपछि चितवनको भाटभटेनी स्टोर्स भोलिदेखि सञ्चालनमा आउने

  • ८. वैशाख १५ देखि नयाँ शैक्षिक सत्र सुरु गर्ने सरकारको निर्णय

  • ९. ओली र लेखकलाई रिहा गर्न सर्वोच्चको परमादेश, देखायो यस्तो कारण

  • १०. सर्लाहीमा सशस्त्र प्रहरीको कडाइ : ६०० लिटर मदिरा नष्ट, भन्सार छलीका सामानसहित अटो नियन्त्रणमा

भक्तपुर–१: उम्मेदवारहरु विकासको ‘एजेन्डा’सहित घरदैलोमा

भक्तपुर, फागुन ५-
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनको प्रचारप्रसारमा जुटेका दलका उम्मेदवारहरु घरदैलो अभियान लिएर गाउँ पसेका छन् । प्रतिनिधिसभाको निर्वाचनका लागि भक्तपुर क्षेत्र नं १ र २ मा उम्मेदवारी दिएका मुख्य दलहरुले घरदैलो अभियान सञ्चालन गरेर मतदाताका घरघरमा मत माग्न पुगेका हुन् ।

बिहान र अपराह्न गरी दुई चरणमा अभियानको तालिका नै बनाएर नेकपा (एमाले), नेपाली कांग्रेस, नेमकिपा, नेकपा, राप्रपा, रास्वपालगायतका दलहरुले निर्वाचनका दुवै क्षेत्रमा घरदैलो अभियान तीव्र बनाएका हुन् । विगतमा नेमकिपाको बलियो आधार क्षेत्र मानिँदै आएको भक्तपुर क्षेत्र नं १ मा चुनावी सरगर्मी बढेको छ । मुख्य प्रतिस्पर्धी दलहरुले चुनावी वातावरणलाई तताएका छन् । निर्वाचन नजिकिँदै गर्दा उम्मेदवारहरु विकासका एजेन्डा बोकेर जनतामाझ पुगिरहेका छन् ।

भक्तपुर क्षेत्र नं १ मा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव प्रेम सुवालले चौथोेपटक प्रतिनिधिसभा सदस्यमा उम्मेदवार दिइरहँदा अन्य विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी २५ जना प्रतिस्पर्धामा उभिएका छन् । भक्तपुर क्षेत्र नं १ मा २०४८ साल, २०५१ साल, २०५६ साल, २०६४ साल र २०७० सालमा अध्यक्ष नारायणमान बिजुक्छेले नेपाल मजदुर किसान पार्टीको प्रतिनिधित्व गर्दै निरन्तर प्रतिनिधिसभा सांसदमा अत्यधिक मतले निर्वाचित हँुदै आउनुभएको थियो ।

विसं २०७४ मा भिने बजुक्छेले पार्टीमा पुस्तान्तरण गर्नुपर्छ भन्दै उम्मेदवारी नदिने निर्णय गरेसँगै नेमकिपाबाट सुवालले २०७९ साल, २०७४ साल र २०७८ सालको निर्वाचनमा यही क्षेत्रबाट भारी मतान्तरणले निर्वाचित हुनुभएको थियो । यसअघि २०७९ सालको प्रतिनिधिसभाका निर्वाचनमा भक्तपुर क्षेत्र नं १ मा नेमकिपाका सुवालले ४२ हजार ७६१ मत ल्याएर निर्वाचित हुँदा उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा ९एमाले० का नवराज गेलालले ११ हजार ९६८ मत ल्याएर दोस्रो हुनुभएको थियो । तीस हजार ७९३ मतको मतान्तरले पछाडि पार्दै प्रतिनिधिसभामा निर्वाचित भएकाले यस वर्षको निर्वाचनमा पनि भक्तपुर क्षेत्र नं १ मा फराकिलो मतान्तरले नेमकिपाले पहिलो पार्टी हुने दाबी गर्दै आएको छ ।

समाजवादी व्यवस्था स्थापना, नागरिकता नीतिमा कडाइ, भ्रष्टाचारविरुद्ध कठोर कानुन र शिक्षा–स्वास्थ्यलाई पूर्ण रूपमा निःशुल्क बनाउने मुख्य एजेन्डा रहेको नेमकिपाका उम्मेदवार प्रेम सुवालले जानकारी दिनुभयो । निर्वाचनबाट मात्र समाजवाद नआउने, संसद्लाई प्रधानमन्त्री केन्द्रित संस्था नभई जनताको पीडा बुझ्ने, देशको रक्षा गर्ने र आवश्यक नीति तथा कानुन निर्माण गर्ने जनप्रतिनिधिमूलक सदन बनाउने प्रतिबद्धता लिएर जनतामाझ गएको बताउँदै उहाँले नेमकिपाले जन्मका आधारमा नागरिकता पाएका विदेशीका सन्तानलाई वंशजको नागरिकता दिने व्यवस्था खारेज गर्ने, भ्रष्टाचारीको सम्पत्ति राष्ट्रियकरण गर्ने, संसद् र राज्य संयन्त्रलाई ‘सुविधा खोज्ने संस्था’ बन्न नदिन कानुनी सुधार गर्ने घोषणा पत्रमा लिएर मतदातामाझ गएको बताउनुभयो ।

नेमकिपालाई यस निर्वाचनमा पछाडि पार्छौं भन्दै विशेषगरी नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा र राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो चुनावी प्रचारलाई तीव्र बनाएका छन् । नेकपा (एमाले)बाट यस वर्षको निर्वाचनमा सोमप्रसाद मिश्रले उम्मेदवारी दिनुभएको छ । एमालेको अघिल्लो कार्यकालको केन्द्रीय सदस्य, भक्तपुर इन्चार्जको जिम्मेवारी सम्हालिसक्नु भएका मिश्रले यसअघिको स्थानीय तहको निर्वाचनमा भने चाँगुनारायण नगरपालिकाको नगर प्रमुखका रुपमा पाँच वर्ष स्थानीय तहको प्रतिनिधित्व गरिसक्नुभएको छ ।

एमालेका मिश्र यस चुनावले जनताको मतले नेमकिपालाई पछाडि पार्दै निर्वाचनमा विजयी हासिल गर्ने बताउँदै नेमकिपाले विकासमा विभेद गरेर भक्तपुर नगरपालिकाबाहेक क्षेत्र नं १ को चाँगुनारायण नगरपालिका क्षेत्रको बासिन्दालाई बेवास्ता गरेकाले यसपटक नेमकिपाले यसअघिको वर्चस्वलाई कायम राख्न नसक्ने दाबी गर्नुहुन्छ ।

यस क्षेत्रमा नेपाली कांग्रेसबाट उम्मेदवार एवं नेपाल बार एसोसिएसन भक्तपुरका पूर्वअध्यक्ष अधिवक्ता किरण न्यौपानेले पनि चुनाव प्रचारलाई तीव्र पार्नुभएको छ । नेमकिपाले नगरबाहेक बाहिरको क्षेत्र नं १ लाई नदेखेको, नहेरेको, विकासमा विभेद गरेको भन्दै जनताले नयाँ स्वरुपमा आएको कांग्रेसलाई विश्वास गरेर विजयी बनाउने दाबी गर्नुहुन्छ ।

रास्वपाका उम्मेदवार रुकेश रञ्जित नेमकिपाको किल्ला भत्काउने दाबी गर्नुहुन्छ । चुनाव जित्नलाई भक्तपुर बाहिरको मत पनि लिने तर चुनाव जितेपछि फर्केर पनि गाउँ नजाने नेमकिपाको प्रवृत्तिले गर्दा यस पटक रास्वपाले नेमकिपाको किल्ला भत्काउने दाबी गर्नुहुन्छ ।

नेपाली कम्युनिष्ट पार्टी
(नेकपा) बाट उम्मेदवार हुनुभएका अधिवक्ता हरिराम लवजुदेखि राष्ट्रिय प्रजातन्त्र पार्टीबाट दोस्रोपटक उम्मेदवार हुनुभएका भरतबहादुर खड्काको आरोप पनि एउटै छ । नेमकिपाको एकाधिकारलाई यसपटकको नर्वाचनले परिवर्तन गर्ने र गाउँसम्म समान विकासको पुहँच पुर्याउने उहाँहरुको दाबी छ ।

भक्तपुर क्षेत्र नं १ बाट उम्मेदवारी दिएका उज्यालो पार्टी नेपालबाट रमेश बल्ल, आमजनता पाटीबाट देवेन्द्र ठाकुर, राष्ट्रिय जनमोर्चा पार्टीबाट ईश्वरीप्रसाद पैयानी, जनता समाजवादी पार्टी (जसपा) नेपालबाट श्यामसुन्दर शिल्पकार, नेकपा (संयुक्त)बाट दामोदर पाण्डे, नेकपा (माओवादी) पार्टीबाट चन्द्रमान कोजु, मितेरी पाटी नेपालबाट सावित्री न्यौपाने, नेपालका लागि नेपाली पार्टीबाट दीपक पोखरेल, श्रम संस्कृति पार्टीबाट विष्णुहरि न्हिसुतु र प्रगतिशील लोकतान्त्रिक पार्टीबाट रवि खाइजु पनि चुनाबी मैदानमा हुनुहुन्छ ।

त्यसैगरी, स्वतन्त्रतर्फका उम्मेदवारहरु सुजिता बुढाथोकी, विष्णुराम दुमरु, राजेश्वरी प्रजापति, सुदीप न्यौपाने, पुण्यराम सुवाल, राजु श्रेष्ठ, दशरथ थापा, सुरेश कोजु र बालकृष्ण खाइतु पनि सामाजिक सञ्जाल तथा विभिन्न माध्यमबाट चुनावी प्रचारमा लाग्नुभएको छ । रासस

Chitwan Aaja चितवन आज
मङ्गलबार, फागुन ०५, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
आगलागीमा घाईतेहरुलाई उपचारका लागि हेलिकोप्टरबाट नेपालगन्ज पठाइयो
नवलपुरमा दूषित पानीका कारण गैँडा मर्ने घटनाप्रति गृहमन्त्री गुरुङको ध्यानाकर्षण
“तटस्थ र निष्पक्ष भएर काम गर्ने सभामुख अर्यालको प्रतिबद्धता”

ताजा समाचार

सबै

आगलागीमा घाईतेहरुलाई उपचारका लागि हेलिकोप्टरबाट नेपालगन्ज पठाइयो

नवलपुरमा दूषित पानीका कारण गैँडा मर्ने घटनाप्रति गृहमन्त्री गुरुङको ध्यानाकर्षण

“तटस्थ र निष्पक्ष भएर काम गर्ने सभामुख अर्यालको प्रतिबद्धता”

आशा भोसलेको निधन

कमला नदीमा डुबेर एक युवकको मृत्यु

विद्यार्थी संगठन खारेज गर्न खोजे सरकारकै जरो उखेलिन्छ : विप्लव

प्रधानमन्त्रीलाई गाली गरेर कन्टेन्ट बनाएको आरोपमा युट्युबर पक्राउ

भारत जान लागेको चर्चापछि प्रधानमन्त्री बालेनलाई हर्कको सुझाव : महाकालीमा सीमा अतिक्रमण बन्द गरियोस्

अमेरिका र इरानबीच भएको २१ घण्टा लामो वार्ता ठोस सहमति बिना नै टुङ्गियो

सप्तगण्डकी क्याम्पस र उद्योग वाणिज्य संघ चितवनबीच शैक्षिक-औद्योगिक सहकार्यको लागि सम्झौता

भरतपुरको अमृतचोकमा छाला, यौन तथा कुष्ठरोग सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर

आगलागी हुँदा एक घर जलेर नष्ट

गाजामा भएको इजरायली आक्रमणमा ७ जनाको मृत्यु

ललितपुरको हेरिटेज गार्डेनमा १३ औं संस्करणको “नेपाल ट्याटु कन्भेसन”

तनहुँमा ‘होमस्टे’ सर्किट विकास गरिँदै

स्वार्थको जगमा उभिएको नयाँ शक्ति तासको महलजस्तै ढल्छ : महासचिव पोखरेल

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    हेर्नुस आज मिति २०८२ साल चैत २४ गते मंगलबार, यस्तो छ तपाईको राशिफल

  • २.
    आज साेमबार यी राशिहरुका लागि शुभ, हेर्नुहाेस् राशिफल

  • ३.
    अखिल क्रान्तिकारी वीरेन्द्र बहुमुखी क्याम्पस इकाइ बैठक सम्पन्न

  • ४.
    ‎बान्जाइ एजुकेसन कन्सल्टेन्सीको आयोजनामा नयाँ वर्ष २०८३ लक्षित खुल्ला नकआउट फुटसल प्रतियोगिता हुँदै

  • ५.
    फेवातालमा फसेका ११ जनाको सशस्त्र प्रहरीले गर्‍याे सकुशल उद्धार

  • ६.
    लायन्स क्लब अफ नारायणगढ दियालोको अध्यक्षमा रमेश मानन्धर

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.